Advertisement

हाम्रो बारेमा

कैलालीमा २ किलो ७१४ ग्राम अफिमसहित तीन जना पक्राउ

कैलालीमा २ किलो ७१४ ग्राम अफिमसहित तीन जना पक्राउ

समाचार
कैलाली, असार १६ जिल्ला प्रहरी कार्यालय कैलालीअन्तर्गत इलाका प्रहरी कार्यालय सुखड र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले ठूलो मात्रामा लागुऔषध (अफिम) बरामद गरेको छ। प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको टोलीले घोडाघोडी नगरपालिका–१, सुखडस्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेन्टबाट २ किलो ७१४ ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा हुम्ला जिल्लाको सुर्केगाड गाउँपालिका–५ का ३२ वर्षीय लोकेन्द्र बहादुर शाही, हाल सोही ठाउँका २७ वर्षीया सालु शाही र रोल्पा जिल्लाको सुनछहारी गाउँपालिका–७ की ३२ वर्षीया पुर्णिमा पुन मगर रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय सुखडमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लागुऔषध ओसारपसारमा संलग्न गिरोहमाथि थप अनुसन्धान जारी छ।...
कञ्चनपुरमा डुबान, १० परिवार विस्थापित

कञ्चनपुरमा डुबान, १० परिवार विस्थापित

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर— कञ्चनपुरमा डुबानका कारण १० परिवार विस्थापित भएका छन्। पुनर्वास नगरपालिकाबाट ७, कृष्णपुर नगरपालिकाबाट २ र भीमदत्त नगरपालिकाबाट १ परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिएका छन्। उनका अनुसार, विस्थापित सबैलाई नजिकैको विद्यालय तथा आफन्तका घरमा बस्ने व्यवस्था गरिएको छ। "घर डुबानमा परेपछि मानिससहित गाईभैंसी र बाख्रालाई सुरक्षित स्थानमा लगिएको छ," उनले भने। पुनर्वास नगरपालिका–५ को पशुपतिचोक क्षेत्रका ७ परिवारलाई उद्धार गरी छिमेकीका घरमा राखिएको छ। त्यस्तै, कृष्णपुर नगरपालिका–७ स्थित कार्की कटान क्षेत्रका २ परिवारलाई सुरक्षित घरमा सारिएको छ। भीमदत्त नगरपालिका–१९ त्रिवेणी टोलकी कलावती जोशीको ५ सदस्यीय परिवारसहित २ गाई, १ भैँसी र ५ बाख्रालाई उद्धार गरी सिद्धनाथ आधारभूत विद्यालयमा अस्थायी बसोबासको व्यवस्थ...
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि, एलपी ग्यास यथावत

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि, एलपी ग्यास यथावत

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ— नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यअनुसार आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा ४ रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ। एलपी ग्यासको मूल्य यथावत राखिएको छ। भाउ समायोजनपछि: काठमाण्डौ, पोखरा, दिपायलमा पेट्रोल १६५ रुपैयाँ, डिजेल/मट्टीतेल १४९ रुपैयाँ सुर्खेत, दाङमा पेट्रोल १६४ रुपैयाँ, डिजेल/मट्टीतेल १४८ रुपैयाँ चारआली, विराटनगर, जनकपुर, नेपालगञ्ज, वीरगञ्ज लगायतका क्षेत्रमा पेट्रोल १६२.५० रुपैयाँ, डिजेल/मट्टीतेल १४६.५० रुपैयाँ पुगेको छ। साथै, हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर ५१ अमेरिकी डलरले वृद्धि गरिएको छ।...
गएराति देशभर सामान्य वर्षा, आज केही स्थानमा भारी वर्षाको सम्भावना

गएराति देशभर सामान्य वर्षा, आज केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ— गएराति देशभर सामान्य वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजो दिउँसो कैलाली, कञ्चनपुर लगायतका केही स्थानमा भारी वर्षा भए पनि रातिको समयमा भेलबाढी आउने खालको पानी भने परेको थिएन। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मुसलधारे (भारी) वर्षा हुने सम्भावना रहेको छ। त्यसैले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव दिइएको छ। हिजो परेको वर्षाले कैलालीको धनगढी र कञ्चनपुरका पुनर्वास, कृष्णपुर तथा भीमदत्त नगरपालिकाका केही बस्तीहरू डुबानमा परेका थिए।...
यू–१६ इस्ट जोन कप : नेपाल आज भुटानसँग भिड्दै

यू–१६ इस्ट जोन कप : नेपाल आज भुटानसँग भिड्दै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ— एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ७:४५ बजेबाट सुरु हुनेछ। यसअघि खेलेका तीनै खेलमा विजयी रहँदै नेपाल समूह ‘ए’को शीर्ष स्थानमा रहन सफल भएको छ र सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। नेपालसँगै समूह ‘ए’बाट चार खेलमा छ अंकसहित सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ। समूह ‘बी’बाट आयोजक मलेशिया र हङकङले अन्तिम चारमा स्थान बनाएका छन्। नेपालले आफ्नो पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले, दोस्रो खेलमा जापानलाई ९ विकेटले र तेस्रो खेलमा इन्डोनेसियालाई ४२१ रनको विशाल अन्तरले पराजित गरेको थियो। प्रतियोगितामा १० राष्ट्र सहभागी छन्। समूह ‘ए’मा नेपाल, सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान छन् भने समूह ‘बी’मा मलेशिया, हङकङ, माल्दिभ्...
इजरायल–इरान युद्धमा इरानका ९३५ जनाको मृत्यु

इजरायल–इरान युद्धमा इरानका ९३५ जनाको मृत्यु

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा कम्तीमा ९३५ इरानी नागरिकको ज्यान गएको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। युद्धविराम लागू भएको करिब एक सातापछि उक्त विवरण सार्वजनिक गरिएको हो। सरकारी समाचार संस्था इरना का अनुसार, "सियोनवादी शासनद्वारा हाम्रो देशमाथि थालिएको १२ दिने युद्धको क्रममा हालसम्म ९३५ जना शहीदको पहिचान गरिएको छ," न्यायपरिषद्का प्रवक्ता असगर जहाङ्गीरलाई उद्धृत गर्दै जनाइएको छ। मृतकमध्ये १३२ महिला र ३८ बालबालिका रहेका छन्। इरानी अधिकारीहरूका अनुसार, जुन १३ तारिखदेखि इजरायलले इरानका सैनिक शिविर, आणविक अनुसन्धान केन्द्र र आवासीय क्षेत्रमा बम आक्रमण सुरु गरेको थियो। ती आक्रमणमा उच्चपदस्थ सैनिक अधिकृतहरू र वैज्ञानिकहरूको समेत ज्यान गएको उल्लेख छ। जवाफमा इरानले पनि मिसाइल तथा मानवरहित विमान प्रयोग गरी इजरायलका प्रमुख शहरहरूमा आक्रमण गरेको थियो। इजरायली पक्षका अनु...
नेपालमा मनसुन सक्रिय : देशभर बदली, विभिन्न स्थानमा वर्षा

नेपालमा मनसुन सक्रिय : देशभर बदली, विभिन्न स्थानमा वर्षा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, विशेषगरी पश्चिम नेपालको नजिक सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही भागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबारको पूर्वानुमान अनुसार, देशभर सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई ठाउँमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना पनि रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जना...
थलारा–१, रेगममा कृषि ज्ञान केन्द्र बझाङको आयोजनामा धान दिवस तथा रोपाईं महोत्सव भव्य रूपमा मनाइयो

थलारा–१, रेगममा कृषि ज्ञान केन्द्र बझाङको आयोजनामा धान दिवस तथा रोपाईं महोत्सव भव्य रूपमा मनाइयो

ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ – “धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मुल नाराका साथ आयोजना गरिएको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव–२०८२ सोमबार (असार १५ गते) जिल्ला कृषि ज्ञान केन्द्र बझाङको आयोजना र थलारा गाउँपालिकाको सहयोगमा थलारा गाउँपालिका–१, रेगममा भव्यरूपमा सम्पन्न भएको छ । धान दिवस र रोपाईं महोत्सव नेपालको कृषि संस्कृति र खाद्य सुरक्षा प्रति जनचेतना जगाउने एउटा महत्वपूर्ण कार्यक्रम हो । यस वर्ष पनि किसानहरू, जनप्रतिनिधि, कृषि विज्ञहरू तथा समाजका विभिन्न क्षेत्रका अगुवा तथा कृषिसम्बन्धी संघसंस्थाहरूको सहभागितामा यो कार्यक्रम अत्यन्तै उल्लासमय वातावरणमा सम्पन्न भयो । कार्यक्रमको प्रारम्भ कृषि ज्ञान केन्द्र बझाङका प्रमुख खेम पनेरुले सभाध्यक्षतामा गरेको उद्घाटन सत्रबाट भएको थियो । प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण विष्ट र विशिष्ट अतिथिको रूपमा थलारा गाउँ...
सुर्मा गाउँपालिकामा नयाँ प्रहरी भवन उद्घाटन

सुर्मा गाउँपालिकामा नयाँ प्रहरी भवन उद्घाटन

समाचार
  बझाङ जिल्लाको सुर्मा गाउँपालिका–१, दौलिचौरमा निर्माण सम्पन्न भएको नयाँ प्रहरी चौकी भवनको एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। प्रहरी सेवामा पहुँच विस्तार र जनमैत्री सुरक्षालाई थप सुदृढ गर्न नेपाल सरकार र सुर्मा गाउँपालिकाको संयुक्त आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको उद्घाटन प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले रिवन काटेर गर्नुभएको हो। गाउँपालिका अध्यक्ष खडक बोहराले कार्यक्रमको औपचारिक शुभारम्भ ब्यानर वाचन गरेर गर्नुभयो। उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा संयोजकको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष खडक बोहरा तथा विशिष्ट अतिथिका रूपमा वडा नं. १ का अध्यक्ष दिनेश बोहरा, वडा नं. २ का अध्यक्ष सुरेन्द्र बोहरा, अन्य जनप्रतिनिधि, सुरक्षाकर्मीहरू र स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा सशस्त्र प्रहरी डिएस...
आज असार १५ : दही चिउरा खाँदै खेतमा रमाउँदै राष्ट्रिय धान दिवस मनाइँदै

आज असार १५ : दही चिउरा खाँदै खेतमा रमाउँदै राष्ट्रिय धान दिवस मनाइँदै

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ – प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवसका रूपमा मनाइन्छ। आज देशभर किसानहरूले खेतमा धान रोप्दै र दही चिउरा खाँदै धान दिवस मनाइरहेका छन्। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। कामको चटारोमा थकित किसानलाई दही चिउराले ऊर्जा दिने विश्वास गरिन्छ। यस्तै शुभकार्य, बिदाइ र सगुनको रूपमा दही खुवाउने परम्परा पनि छ। वैज्ञानिक दृष्टिले पनि दही स्वास्थ्यवर्द्धक मानिन्छ। पाचनशक्ति बढाउने, रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने, र औषधिको विकल्पका रूपमा प्रयोग हुने आयुर्वेदमा उल्लेख छ। २०६२ सालदेखि सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको हो। कृषिप्रधान नेपालमा अधिकांश मानिसको मुख्य पेसा खेती भएकाले यस दिन विशेष महत्वका साथ मनाइन्छ। बझाङमा पनि धानबालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने मुल नारा सहित आज २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ म...
देशभर मनसुनी वायुको प्रभाव, सुदूरपश्चिमसहित चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, सुदूरपश्चिमसहित चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मनसुनको प्रभावसँगै देशका अधिकांश भूभागमा बादल लाग्ने, वर्षा हुने, र बाढीपहिरोको जोखिम बढ्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै भारी वर्षाको सम्भावना छ। यस्ता क्षेत्रमा नदीहरूको जल सतह बढ्न सक्ने भएकाले सतर्क रहनु आवश्यक रहेको उल्लेख गरिएको छ। आज आइतबार दिउँसो देशभर आंशिकदेखि पूर्णतया बदली रहने छ। विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी पहाडी भूभागमा पनि कतिपय स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै, ती चार प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकोले जलमग्नता, साना नदीमा आकस्मिक बाढी तथा पहिरोको जोखिम समेत र...
महाकाली नदीमा पानीको बहाव उच्च: शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवागमन रोक

महाकाली नदीमा पानीको बहाव उच्च: शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवागमन रोक

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर– लगातारको वर्षासँगै महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार शनिबार महाकाली नदीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि सावधानीस्वरूप सवारी सञ्चालनमा रोक लगाइएको हो। महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि आवागमनमा रोक लगाइन्छ,” डिएसपी बोहराले जानकारी दिए, “वर्तमान बहाव झनै उच्च भएकाले सतर्कता अपनाइएको छ।” जल तथा मौसम विज्ञान विभागले यही असार १६ गतेसम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन सबैलाई आग्रह गरेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज