Advertisement

थलारा–१, रेगममा कृषि ज्ञान केन्द्र बझाङको आयोजनामा धान दिवस तथा रोपाईं महोत्सव भव्य रूपमा मनाइयो

Advertisement

बझाङ – “धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मुल नाराका साथ आयोजना गरिएको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव–२०८२ सोमबार (असार १५ गते) जिल्ला कृषि ज्ञान केन्द्र बझाङको आयोजना र थलारा गाउँपालिकाको सहयोगमा थलारा गाउँपालिका–१, रेगममा भव्यरूपमा सम्पन्न भएको छ ।

धान दिवस र रोपाईं महोत्सव नेपालको कृषि संस्कृति र खाद्य सुरक्षा प्रति जनचेतना जगाउने एउटा महत्वपूर्ण कार्यक्रम हो । यस वर्ष पनि किसानहरू, जनप्रतिनिधि, कृषि विज्ञहरू तथा समाजका विभिन्न क्षेत्रका अगुवा तथा कृषिसम्बन्धी संघसंस्थाहरूको सहभागितामा यो कार्यक्रम अत्यन्तै उल्लासमय वातावरणमा सम्पन्न भयो ।

कार्यक्रमको प्रारम्भ कृषि ज्ञान केन्द्र बझाङका प्रमुख खेम पनेरुले सभाध्यक्षतामा गरेको उद्घाटन सत्रबाट भएको थियो । प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण विष्ट र विशिष्ट अतिथिको रूपमा थलारा गाउँपालिकाका अध्यक्ष प्रकाश रोकाया उपस्थित थिए । आज भएको कार्यक्रममा बझाङका विभिन्न स्थानबाट आएका कृषकहरू, स्थानीय सामाजिक अगुवा र कृषि प्राविधिकहरूले सक्रिय सहभागिता जनाएका थिए ।

रोपाईं कार्यक्रम परम्परागत गीत–संगीत र सांस्कृतिक प्रस्तुतिसँगै सम्पन्न भयो जसले कार्यक्रममा सहभागीहरूमा उत्साह र कृषि संस्कृतिप्रति गहिरो सम्मान झल्काएको थियो । यसले कृषकहरूबीच एकता र समर्पणको भावना बढाएको देखिन्थ्यो ।

रोपाईँ कार्यक्रमा सहभागी कृषकहरूले हर्षोल्लासका साथ परम्परागत दही–चिउरा खाएर सँगै कृषिको पर्व मनाएका थिए, जसले समुदायको सहकार्य र परम्परागत संस्कृतिको संरक्षणमा टेवा पुर्‍याएको थियो । यससँगै कृषि र संस्कृति बीचको नाता अझ प्रगाढ भएको अनुभूति गरियो ।

कार्यक्रमको अवसरमा कृषकहरूलाई विभिन्न आधुनिक कृषि औजारहरू वितरण गरिएको थियो, जसले तिनीहरूको कामलाई सहज, प्रभावकारी र उत्पादक बनाउने अपेक्षा गरिएको छ । यसले कृषकहरूलाई नयाँ प्रविधिको प्रयोगमा उत्प्रेरित गर्दै आत्मनिर्भर बनाउने दिशामा ठोस कदम सावित हुने विश्वास गरिएको छ । सभाध्यक्ष तथा कृषि ज्ञान केन्द्र बझाङका प्रमुख खेम पनेरुले आफ्नो मन्तव्यमा कृषकहरूको मेहनत र प्रतिबद्धताको प्रशंसा गर्दै भन्नुभयो,
“कृषकहरूले आफ्नो खेतमा आज जति मेहनत गर्छन्, त्यो मेहनत भोलि उस्तै फसलको रूपमा तिर्नेछ भन्ने विश्वासका साथ अगाडि बढ्नुपर्छ। सफल खेती भनेको केवल खेतबारीमा धूलो उडाएर होइन, आत्मनिर्भर बनौं र अरूलाई पनि खुवाउन सक्ने परिपक्वता हासिल गर्नु हो। हामीले भाषण गर्ने भन्दा पनि खेतबारीमा पसिना बगाएर मात्र कृषि क्षेत्रको साँचो विकास सम्भव छ ।”

उहाँले कृषिमा नवीन प्रविधि र आधुनिक उपकरणहरूको प्रयोगलाई जोड दिँदै कृषकहरूलाई थप प्रभावकारी खेती गर्ने सुझाव दिनुभयो। साथै, कृषिलाई व्यवसायका रूपमा लिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

थलारा गाउँपालिकाका अध्यक्ष प्रकाश रोकायाले ‘आफ्नो बारी, आफ्नो तरकारी’ अभियान सफलतापूर्वक सञ्चालनमा रहेको जानकारी दिँदै भन्नुभयो,
“पहिले हामीले आफ्नो बारीमा आफूले खान सक्ने तरकारी उत्पादन गर्न सकेनौं, त्यो कृषकको वास्तविक परिभाषा होइन । कृषिमा आत्मनिर्भरता हासिल गर्न र उत्पादकत्व बढाउन सबैले खेतबारीमै सक्रिय भएर काम गर्नुपर्छ। भाषणले होइन, व्यवहारले मात्र हामीले कृषिमा दीगो विकास हासिल गर्न सक्छौं ।”

उहाँले यस कार्यक्रमको सफलताको लागि सहयोग गरेको थलारा गाउँपालिकाको भूमिकाको प्रशंसा गर्दै कृषि क्षेत्रलाई अझ सशक्त बनाउने लक्ष्यमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका अन्य सहभागीले पनि कृषिमा आत्मनिर्भरता र खाद्य सुरक्षा सुनिश्चित गर्न सकिन्छ भन्नेमा पूर्ण सहमति जनाउँदै कृषकहरूको क्षमता अभिवृद्धि, कृषिको आधुनिकरण र समृद्धि तर्फ लाग्न आवश्यक रहेको कुरा बताएका थिए ।

यसरी, २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवले कृषकहरूमा उत्साह र आत्मविश्वास जगाइदिएको छ भने स्थानीय कृषि क्षेत्रमा आत्मनिर्भरता र उत्पादनमा वृद्धि गर्न थप प्रोत्साहन मिलेको छ । यस कार्यक्रमले कृषि क्षेत्रको महत्वलाई नयाँ पुस्तासम्म पुर्याउने र कृषिमा दीगो विकासका लागि आवश्यक वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज