Advertisement

हाम्रो बारेमा

बजेटमा योजना नै नरहेको पावर टिलर प्रकरण: चौधरीमाथिको आरोप कपोकल्पित प्रमाणित हुँदै

बजेटमा योजना नै नरहेको पावर टिलर प्रकरण: चौधरीमाथिको आरोप कपोकल्पित प्रमाणित हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी: सुदूरपश्चिम प्रदेशका पूर्वकृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत लगाइएको आरोप निराधार देखिन थालेको छ । आयोगले उठाएको पावर टिलर कमिसनको विषयवस्तु बजेट तथा योजना दस्तावेजमै नदेखिएपछि आरोपको आधार झनै कमजोर देखिएको छ । प्रदेश सरकारको २०८०/८१ को स्वीकृत नीति तथा कार्यक्रम, बजेट विवरण तथा कृषि मन्त्रालय अन्तर्गतका वार्षिक योजनाहरूमा कहीँ पनि पावर टिलर खरिद र वितरणसम्बन्धी कार्यक्रम उल्लेख छैन । मन्त्रालयका आन्तरिक कागजात र बजेट शिर्षक अनुसार मन्त्रालयले उक्त वर्षमा मिहेनती किसान लक्षित मलबीउ वितरण, सीप विकास तालिम, कृषि प्राविधिक परिचालन, सिंचाइ अनुदानलगायतका कार्यक्रमहरू सञ्चालन गरेका थिए । तर पावर टिलर खरिद भने न बजेटमा समावेश गरिएको थियो, न कार्यान्वयन स्तरमा अघि बढाइएको थियो । पावर टिलर खरिद गर्ने बजेट कहिँ कतै नभएको (२०८०/८१ को मन्त्रालयको...
देशभर मनसुनी प्रभाव, आज कोशीदेखि गण्डकीसम्म ठूलो वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, आज कोशीदेखि गण्डकीसम्म ठूलो वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले मधेस प्रदेशबाहेकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति सङ्खुवासभा, सिन्धुपाल्चोक र कास्की जिल्लामा भारी वर्षा भएको हो। महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै ८६.२ मिलिमिटर वर्षा सङ्खुवासभामा मापन गरिएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको दाहालले जानकारी दिए। काठमाडौं उपत्यकामा पनि दिउँसो मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच, सिन्धुपाल्चोकको मेलम्ची नदीमा जलसतह बढ्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले त्यस्ता क्षेत्रका बा...
जाजरकोटमा भिरबाट खसेको ढुंगा लागेर दिदीबहिनीको मृत्यु

जाजरकोटमा भिरबाट खसेको ढुंगा लागेर दिदीबहिनीको मृत्यु

Breaking News 1, जाजरकोट, ताजा अपडेट, मुख्य समाचार, समाचार
सुर्खेत- जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै परिवारका दिदीबहिनीको भिरबाट खसेको ढुंगा लागेर ज्यान गएको छ। मृत्यु हुनेमा नरबहादुर बुढाका छोरीहरू १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढा रहेको कुशे–३ का वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए। भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बाख्रा हेरचाह गर्दै सुतिरहेकै बेला सोमबार राति करिब ९ बजे अचानक माथिबाट ढुंगा खसेको थियो। ढुंगा लागेर घटनास्थलमै दुवै जनाको मृत्यु भएको वडाध्यक्ष बुढाले बताए। प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ।...
बझाङकी प्रतिभा जोशीलाई चिरासैनी युवा क्लबद्वारा सम्मान

बझाङकी प्रतिभा जोशीलाई चिरासैनी युवा क्लबद्वारा सम्मान

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ– माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा बझाङ जिल्लामै सर्वाधिक अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेकी प्रतिभा जोशीलाई चिरासैनी युवा क्लबले एक विशेष समारोहका बीच सम्मान गरेको छ। चिरासैनी युवा क्लबको आयोजनामा भएको कार्यक्रममा प्रतिभा जोशीको शैक्षिक उत्कृष्टता र उनको निरन्तर परिश्रमको उच्च प्रशंसा गर्दै सम्मानपत्रसहित पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष कलक धामीले भने, "प्रतिभा जस्ता होनहार विद्यार्थीहरू हाम्रो गाउँको शान हुन्। उनीहरूको मेहनतले अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा मिल्छ। चिरासैनी युवा क्लब सधैं यस्ता प्रतिभाहरूको सम्मान र प्रोत्साहनमा अग्रसर रहनेछ।" सम्मान ग्रहण गरेपछि प्रतिभा जोशीले आफूले प्राप्त गरेको सफलताको श्रेय आफ्ना अभिभावक, शिक्षक र साथीहरूलाई दिँदै भनिन्, "यो सम्मानले मलाई अझ कडा मेहनत गर्न थप प्रेरणा दिएको छ। म भविष्यमा राष्ट्रको स...
देशभर मनसुन सक्रिय, अधिकांश भागमा वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, अधिकांश भागमा वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम नेपाल नजिक रहेकाले विभिन्न प्रदेशमा वर्षा सम्भावना देखिएको हो। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही भागमा मेघगर्जन–चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने महाशाखाको अनुमान छ। आज राति पनि यस्तै अवस्था रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। साथै, उच्च–पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ भने अन्य क...
साइपाल गाउँपालिकाका प्रवक्ता नरेन्द्र धामीद्वारा बाल आश्रमलाई २० हजार बराबरको सहयोग

साइपाल गाउँपालिकाका प्रवक्ता नरेन्द्र धामीद्वारा बाल आश्रमलाई २० हजार बराबरको सहयोग

ताजा अपडेट, बझाङ, समाचार
बझाङको साइपाल गाउँपालिका–१ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नरेन्द्र धामीले दुर्गाथलीस्थित मदन भण्डारी बाल आश्रमलाई नगद तथा सामग्रीसहित करिब २० हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् । प्रवक्ता धामीले आश्रममा आश्रित विपन्न तथा असहाय बालबालिकाको हेरचाह, शिक्षा र दैनिक आवश्यकतामा टेवा पुगोस् भन्ने उद्देश्यले रु १४,००० नगद र बाँकी रकम बराबरको खाद्यान्न तथा अन्य सामग्रीहरू हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा दुर्गाथली गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्षहरू र अन्य जनप्रतिनिधिहरू पनि उपस्थित थिए । अध्यक्ष तथा प्रवक्ता धामीले समाजका असाहाय बालबालिकाप्रति सबैको उत्तरदायित्व रहेको उल्लेख गर्दै, यस्ता संस्थाहरूप्रति उनीहरू पनि सिक्नुपर्ने र सक्रिय रूपमा सहयोग गर्नुपर्ने सन्देश दिएका छन् । बालबालिकाको भविष्य निर्माणमा यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण छ,” धामीले भने, हामी...
मेनका माविकी छात्रा माझीको एसईईमा उत्कृष्ट प्रदर्शन,तुर्माखाँदमा प्रथम  र अछाम जिल्लामा ४ औं स्थान प्राप्त

मेनका माविकी छात्रा माझीको एसईईमा उत्कृष्ट प्रदर्शन,तुर्माखाँदमा प्रथम र अछाम जिल्लामा ४ औं स्थान प्राप्त

Breaking News 1, अछाम, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
अछाम- २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मेनका माध्यमिक विद्यालय, तुल्लाकी छात्रा रेशम कुमारी माझीले उत्कृष्ट प्रदर्शन गर्दै तुर्माखाँद गाउँपालिकामा प्रथम  तथा अछाम जिल्लामा ४"औं  स्थान हासिल गर्न सफल भएकी छन्। उनले कुल ३.८२ जीपीए प्राप्त गरेकी हुन्। रेशम कुमारी माजी गाउँपालिकाभित्र A+ ल्याउने चुनिँदा छात्रामध्ये एक हुन्। उनको यस उत्कृष्ट नतिजाले विद्यालय मात्र होइन, सम्पूर्ण तुर्माखाँद गाउँपालिकाको शैक्षिक गौरव बढाएको छ। विद्यालयका प्रधानाध्यापक दान बहादुर माझीले रेशमको परिश्रम, समर्पण र अनुशासनलाई प्रशंसा गर्दै यस सफलताले अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।...
जन्मदिनको अवसरमा बिरामीलाई फलफूल वितरण

जन्मदिनको अवसरमा बिरामीलाई फलफूल वितरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इञ्चार्ज आकास खातीले आफ्नो जन्मदिनको अवसरमा जिल्ला अस्पताल बझाङमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेका छन्। मंगलबार जिल्ला अस्पताल पुगेका खातीले करिब २५–३० जना बिरामीलाई भेटेर फलफूल वितरण गरेका हुन्। उनले भने, "मानव सेवा नै धर्म हो, मानिसको धर्म नै मानवता हो। जन्मदिनलाई भोजभतेरमा खर्च नगरी समाजसेवामूलक कार्यमा लगाउनुपर्छ भन्ने सन्देश दिन चाहेको हुँ।"...
एक महिनामा ६७४ विपद्का घटना, ३१ जनाको ज्यान गयो

एक महिनामा ६७४ विपद्का घटना, ३१ जनाको ज्यान गयो

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौँ– नेपालमा यस वर्षको मनसुन प्रवेश गरेको एक महिनामै ६ सय ७४ वटा विपद्का घटना भएका छन्। अघिल्लो महिना जेठ १५ गते राति पूर्वी भूभागबाट मनसुन प्रवेश गरेको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार १६ गतेसम्मको एक महिनाको अवधिमा भएका ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने १ सय १२ जना घाइते भएका छन्। प्राधिकरणको तथ्याङ्कअनुसार, पहिरोका ८७ वटा घटनामा २५ वटा घर आंशिक रूपमा र ११ वटा घर पूर्ण रूपमा क्षति भएका छन्। त्यस्तै, एउटा पुलमा पनि क्षति पुगेको छ। बाढीका ६४ घटनामा १२३ परिवार प्रभावित भएका छन् भने चट्याङले ८२ वटा घटना निम्त्याएको प्राधिकरणले जनाएको छ।...
अत्यधिक गर्मी प्राकृतिक प्रकोपजत्तिकै गम्भीर हुन सक्ने संयुक्त राष्ट्रसंघको चेतावनी

अत्यधिक गर्मी प्राकृतिक प्रकोपजत्तिकै गम्भीर हुन सक्ने संयुक्त राष्ट्रसंघको चेतावनी

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट
संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु सम्बन्धी निकायले हाल देखिएको अत्यधिक गर्मीको अवस्था अझै तीव्र हुन सक्ने चेतावनी दिएको छ। यस्तो तापीय लहर (हीट वेभ) बाट जोगिन र सामना गर्न विश्व समुदायलाई तयार रहन सुझाव दिइएको छ। विश्व मौसम सङ्गठन (WMO) का प्रवक्ता क्लेर नलिसका अनुसार, उत्तर गोलार्द्धमा जुलाई महिनातिर सामान्यतया गर्मी बढ्ने गर्दछ। तर यसपटक गर्मीयामको सुरुमै तीव्र तापक्रम देखिनु असाधारण भएको उहाँले बताउनुभयो। उहाँका अनुसार अत्यधिक गर्मी एक "शान्त तर घातक" प्रकोप हो, जसले आँधीबेहरी वा भीषण वर्षाजस्ता अन्य प्राकृतिक विपद्कै जस्तो मानवीय क्षति पुर्‍याउन सक्छ। पश्चिम युरोपमा उच्च दबाब र अफ्रिकाबाट तातो हावा पश्चिमी युरोप हाल उच्च वायुमण्डलीय दबाबको प्रभावमा परेको छ। यसले उत्तर अफ्रिकाबाट आएको तातो हावालाई क्षेत्रमै थुनेको अवस्था सिर्जना भएको छ, जसले मानव स्वास्थ्य र दैनिक ...
देशभर मनसुनी प्रभाव, सुदूरपश्चिम सहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, सुदूरपश्चिम सहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले यसको प्रभाव देशभर देखिएको हो। यसै कारण सुदूरपश्चिम प्रदेशका पहाडी भूभागसहित अन्य प्रदेशहरूमा सामान्य बदलीको अवस्था छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भूभाग...
डुवानमा परेको धनगडी

डुवानमा परेको धनगडी

कैलाली, ताजा अपडेट, मनोरञ्जन, विचार, सुदूरपश्चिम
दिपेन्द्र धामी, धनगढी- सुदूरपश्चिमकाे प्रमुख सहर धनगढी अहिले केवल सहर मात्रै होइन, एउटा यथार्थदर्शी कथा बन्न पुगेको छ। दुःख, डुवान र गर्मी सही नसक्नु छ। यहाँको जनजीवन गर्मी र वर्षा लागेसँगै डुवानको चपेटामा पर्दै आएको छ। याे सहरमा वर्षा सुरु हुने बित्तिकै बस्ती डुब्न थालेका छन। मानिसहरूकाे दैनिकि जीवनको सट्टा दैनिक पीडामा फस्न बाध्य हुन्छन्। यस पटकको वर्षा झनै भयावह बन्यो। एकछिनको झरीले सडक डुबायो,घरका जग डुवायाे, गर्मीको याे समयमा पनि पसिनाले भिजेर जीउ सुक्न नपाउँदै, बर्खाको भेलमा जिन्दगी डुबेर बाँच्नै मुस्किल छ भन्दा कुनै फरक प्रदैन । यो धन्गढीको मात्र कथा होइन, यो सिंगो नेपाल देशको कथा हो, जहाँ एक घण्टा झरी पर्‍यो भने जीवन नै अस्तव्यस्त हुन्छ। गर्मीको चर्को मौसममा, धुलो र घामले मानिसको शरीर जलाउँछ। तातो सडकमा हिँड्दा पैतालामा छाला पोलेजस्तो हुन्छ। अनि बर्खा आयो कि खोला र नालाबाट बग...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज