जेनजी आन्दोलनपछि सुदूरपश्चिमका नाकामा कडाइ, नागरिकता वा परिचयपत्र विना आवतजावत रोक
धनगढी- जेनजी आन्दोलनपछि गौरीफन्टा, गड्डाचौकीलगायत सुदूरपश्चिमका नाकामा आवतजावतमा कडाइ गरिएको छ। भारत–नेपाल ओहोरदोहोर गर्न अब अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको छ।
यसले दसैँ–तिहारमा घर फर्किने, किनमेल वा कामको खोजीमा भारत पस्ने नेपालीलाई सास्ती भएको छ। सरकारले यकिन तथ्यांक नजाने पनि करिब पाँच–छ लाख नेपाली भारतमा रोजगारीमा छन् भन्ने अनुमान छ।
कैलाली प्रशासनका सूचना अधिकारी शिवराज जोशीका अनुसार सरकारी कागजातबिना सीमा पार गर्न पूर्ण रोक लगाइएको छ। कागजात नबोक्नेहरूलाई नाकाबाटै फर्काइन्छ।
दसैँ नजिकिँदै गर्दा सीमामा चहलपहल बढेको छ। कोही पर्व मनाउन घर फर्किँदै छन् भने कोही भारत पस्ने तयारीमा छन्। विगतमा सहजै पार गर्न सकिने गौरीफन्टा नाकामा अहिले परिचयपत्र अनिवार्य बोकेर मात्र ओहोरदोहोर गर्न पाइन्छ।...











