Advertisement

जेन-जी आन्दोलन जनताको आँसु, भविष्यको आशा- अध्यक्ष बोहरा

Advertisement

बझाङ- केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले जेन-जी आन्दोलनलाई जनताको प्रतिनिधित्व गर्ने सभ्य र लोकतान्त्रिक आन्दोलनका रूपमा व्याख्या गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत “जेन-जीको छोटो समीक्षा” शीर्षकमा लेख सार्वजनिक गर्दै आन्दोलन बाह्य हस्तक्षेपका कारण हिंसात्मक बनेको र त्यसबाट राष्ट्रले ठूलो क्षति बेहोर्नु परेको उल्लेख गरेका छन्।

उनले , आन्दोलनमा ७२ जनाले ज्यान गुमाए भने हजारौं घाइते भए लेखेका छन् । साथै सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनलगायतका ऐतिहासिक संरचना तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको र नेताहरू र व्यापारीहरूको व्यक्तिगत सम्पत्तिमा समेत असर परेको उनले स्मरण गराए।

अध्यक्ष बोहराले भने, “कुनै पनि सभ्य आन्दोलनलाई हिंसात्मक माध्यमबाट बिगार्ने प्रयास हाम्रो समाज र राष्ट्रका लागि गम्भीर षड्यन्त्र हो। त्यसकारण यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ।”

जेन-जी आन्दोलन जन्माउन राजनीतिक नेतृत्वको कमजोरी प्रमुख कारण भएको उनको भनाइ छ। उनले केपी शर्मा ओलीको सत्तालोलुपता र दल फुटाउने प्रवृत्ति, शेरबहादुर देउवाको भागबण्डा र सम्झौता राजनीति, प्रचण्डको आत्मकेंद्रित निर्णय र युवा विचारसँग दूरीलाई असन्तोषको मूल कारक बताउँदै तीनै नेताको घुमीफिरी सत्ता सञ्चालनले जनता निराश बनेको टिप्पणी गरेका छन्।

उनले लेखमा जोड दिएका छन्, “जेन-जी आन्दोलन हाम्रो आँखाको आँसु हो, हाम्रो हृदयको आवाज हो, भविष्यको आशा हो, जनताको न्यायको खोजी हो।” तर, केही राजनीतिक दल, संगठन र व्यक्तिहरूले आन्दोलनलाई हिंसात्मक मोड दिएको भन्दै उनले दुःख व्यक्त गरेका छन्।

बोहराले आगामी दिनमा अपराधी जिम्मेवार ठहरिने र सत्य इतिहास उजागर हुने आशा व्यक्त गर्दै अन्तरिम सरकारले पारदर्शी, सभ्य र उत्तरदायी शासन पद्धति विकास गर्नुपर्नेमा जोड दिएका छन्। उनले अन्त्यमा लेखेका छन्, “पीडा हाम्रो भूत हुनेछ, आशा हाम्रो भविष्य हुनेछ। जेन-जी आन्दोलन हाम्रो आवाज र हाम्रो शक्ति हुनेछ।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

धनगढी- बझाङको बुङ्गल नगरपालिकाभित्र रहेका नेपाल टेलिकमका टावरहरूमा विद्युतीकरण गर्ने विषयमा नगरपालिकाले नेपाल टेलिकमसँग छलफल गरेको...
बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बझाङ- जिल्ला प्रशासन कार्यालयले नागरिकलाई डिजिटल राष्ट्रिय परिचयपत्र (कार्ड) घरदैलोमै पुगेर वितरण गरिरहेको छ । कार्यालयले जिल्लाको...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज