Advertisement

बझाङका प्रमुख बजार क्षेत्रमा छैनन् सार्वजनिक शौचालय, यात्रु र स्थानीयलाई शौच गर्न समस्या

Advertisement

बझाङ- सदरमुकाम चैनपुर पछि ठूला व्यापारीक केन्द्र हुन् तमैल, झोता, देउरा, बागथला बजार । यी बजारहरूमा सरसामान किनमेल गर्ने मानिस तथा गाडीमा यात्रा गर्ने यात्रुहरूको भिडभाड हुने गरेको छ । तर विडम्बना केछ भने यी नै बजारहरूमा एउटा सार्वजनिक शौचालय समेत छैनन् । अहिले सिंगो देश नै खुल्ला दिसामुक्त घोषणा गरिसकिएको छ । मुख्य बजार क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय नहुँनु लज्जाको विषय बनेको छ । सार्वजनिक शौचालय स्वास्थ्य संरक्षण, पर्यावरणीय स्वच्छता, सामाजिक सभ्यता,लैङ्गिक समानता र पर्यटन प्रवर्द्धनका लागि अत्यावश्यक मानिन्छ ।
तर केदारस्यूँ गाउँपालिकाको मुटु समेत मानिने झोता र देउरा बजारमा सार्वजनिक शौचालय नहुँदा गाउँबाट बजार आएकाहरुलाई समस्या हुने गरेको छ । बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा गाउँबाट सरकारी कामकाज तथा किनमेल गर्न तथा सामान खरिद विक्रि गर्न आउनेहरुले शौंच गर्न खुल्ला स्थान वा कुनै होटल धाउनु बाध्यता छ ।
बजारमा शौंच लागेपछि धेरै मानिसहरु शान्त ठाउँ खोजेर विसर्जन गर्ने गरेको देउरा बजारमा सामान किनमेलका लागि पुगेकाहरूले गुनासो गरे ।

दैनिक सयौंको जमघट हुने केदारस्यूँका झोता देउरा, बागथला, बित्थडचिर गाउँपालिकाको देउलेख, जयपृथ्वी नगरपालिकाको तमैल बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा यात्रु र स्थानीयले समस्या भोग्दै आएका छन् । सवारी साधनबाट घण्टौको यात्रा गरेर यी बजार क्षेत्रमा यात्रु ओर्लिएपछि शौचालय नहुँदा निक्कै पिडा भोग्नु परेको बागथला बजारमा भेटिएका जसे बिष्टले कामना टुडेसँग बताए ।

बस स्टेन बजार क्षेत्रमा सार्वजनिक शौचालय सम्बन्धित निकायले निर्माण गरे सर्वसाधारण नागरिकहरुलाई सहज हुने बागथला बजारका व्यापारी विनोद बहादुर मल्लको भनाई छ ।  स्थानीय तहले बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माणका लागि बर्सेनि बजेट विनियोजन गर्दै आएका छन् । केदारस्यूँ गाउँपालिकामा संघीय सरकारको सशर्त अनुदान अन्तर्गत ६० लाख बजेट सार्वजनिक स्थानमा शौचालय निर्माणका लागि आयो । गाउँपालिकाले उक्त रकम मार्फत मुख्य बजार क्षेत्र बागथला, देउरा, र झोतामा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गर्‍यो । त्यसपछि वडाका जनप्रतिनिधि, र पालिकाका जनप्रतिनिधिले जग्गा उपलब्ध गराउन सो क्षेत्रका जग्गाधनीसँग अनुरोध गरे । उनीहरू अस्थायी रुपमा जग्गा दिन तयार भएपनि स्थायी रुपमा नदिने भनेको वडा नम्बर-४ का वडाध्यक्ष कल्यान मल्लले कामना टुडेसँग बताए ।
बजार क्षेत्रमा जग्गा नपाउँदा त्यसपछि बिद्यालयमा र अन्य सार्वजनिक स्थानमा शौचालय निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष मनिषा धामीले जानकारी दिइन् । उनका अनुसार गत आर्थिक वर्षको उक्त बजेटबाट केदारस्यूँ गाउँपालिका-१ को जनचेतना आधारभूत विद्यालय देउरा, वडा नम्बर-५ को रत्न माध्यमिक विद्यालय पाउटा, भवानी माध्यामिक विद्यालय बाझमा शौचालय निर्माण गरिएको थियोे । त्यस्तै वडा नम्बर-९ को नमादेव आधारभूत विद्यालय गल्लेख, र पर्यटकीय स्थल दहसैंनमा शौचालय निर्माण भएका छन् ।
बागथला बजारमा जर्मन विकास सहयोग (जिआइजेठ) संस्थाले सार्वजनिक शौचालय निर्माण गरिदिएको थियोे । उक्त सार्वजनिक शौचालय निर्माण गरिएको ३,४ वर्षसम्म प्रयोग भयो । त्यसपछि सरसफाइ तथा हेरचाहको अभावले शौचालयको भवन जीर्ण बन्दै प्रयोगविहीन भएको छ ।

यता पालिकाले बजार क्षेत्रमा जग्गा उपलब्ध भए तत्कालै शौचालय निर्माण गर्ने केदारस्यूँ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टले बताए । उनलेे भने हामीले सुरुमा त निःशुल्क जग्गा उपलब्ध गराउन भनेको हौँ, तर जग्गा पाइन्,, त्यसपछि जग्गा किनेर भएपनि शौचालय बनाउने तयारी गर्यौं, जग्गाधनीले सरकारी दररेटमा जग्गा बिक्री गर्न मानेनन् ।
जग्गाधनीले जग्गाको दरभाउ मनपरि भन्ने गरेकाले जग्गा खरिद गरेर शौचालय निर्माण गर्न नसकेको भट्टको तर्क छ । यस्तै बित्थडचिरको सुनकुडा , देउलेख, सार्वजनिक शौचालय निर्माणको प्रयास गरिएतापनि जग्गा नपाउँदा अहिलेसम्म शौचालय निर्माण गर्नसकिएको छैन । यस्तै जयपृथ्वी नगरपालिकाको तमैल बजारमा शौचालय निर्माणका लागि स्थानीयले जग्गा उपलब्ध गराउने भनियतापनि नगरपालिकाले चासो नदेखाएको पाइएको छ । यस्तै जिल्लाका अन्य बजार क्षेत्रमा पनि सार्वजनिक शौचालय छैनन् ।

सार्वजनिक शौचालयको महत्व
सार्वजनिक शौचालय समाजको स्वच्छता, स्वास्थ्य र सभ्यतासँग जोडिएको आधारभूत आवश्यकता हो। बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा खुला स्थानमा दिसा–पिसाब गर्दा विभिन्न रोग (जस्तै हैजा, झाडापखाला, टाइफाइड आदि) फैलने सम्भावना बढी हुन्छ। सार्वजनिक शौचालयले यस्तो रोग फैलिनबाट बचाउने गर्छ । यस्तै सडक, नदी, वनजंगल वा सार्वजनिक स्थल फोहोर हुन दिँदैन। यसले दुर्गन्ध कम गर्छ र वातावरण सफा राख्छ। सार्वजनिक स्थल वा यात्राको क्रममा मानिसलाई सहज सुविधा मिल्छ। यसले समाजलाई सभ्य र संस्कारित देखाउँछ। महिला, बालबालिका, वृद्ध तथा अपाङ्गता भएका व्यक्तिलाई यात्रा वा बाहिर निस्कँदा ठूलो सहजता दिन्छ। सार्वजनिक शौचालयको राम्रो व्यवस्था भएको ठाउँमा पर्यटक सन्तुष्ट हुन्छन्, जसले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउँछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज