Advertisement

हाम्रो बारेमा

टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही हुने

समाचार
धनगढी – नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ । प्राधिकरणले हिजो एक विज्ञप्ति निकालेर निर्देशनको पालना नगरे कारबाही हुने चेतावनी दिएको हो । प्राधिकरणले निर्देशनको पालना नगरे दूरसञ्चार ऐन, २०५३ अनुसार कारबाही हुने उल्लेख गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो ।...

धनगढी–२ का वडा अध्यक्षको घरमा चोरी

समाचार
धनगढी - कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धर्मराज ओझाको घरमा चोरी भएको छ। गए राति उनको घरमा जडान गरिएका दुईवटा पानी तान्ने मोटर चोरी भएको हो। वडा नम्बर २ भारतसँग जोडिएको क्षेत्र हो। खुला सिमानाका कारण चोरी हुने गरेको अध्यक्ष ओझा बताउँछन्। बिहानसम्म प्रहरी टोलीले कुनै चासो नदिएको वडाअध्यक्ष ओझाले बताए। उनले भने, ‘भतिजाले चोरी भएको प्रहरीलाई जानकारी दिँदासमेत कुनै टोली आएन। अहिले प्रहरी आएको छ। मुचुल्का तयार गरेको छ।’...

आज भाइटीका : १० बजेर ५१ मिनेटमा शुभ साइत

समाचार
धनगढी – यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटिका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टिका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि विहान १० बजेर ५१ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम्सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइल...
विश्वकप क्रिकेट : पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड खेल्दै

विश्वकप क्रिकेट : पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड खेल्दै

समाचार
इतिहास न्युजिल्यान्डको पक्षमा, भारतलाई सन् २०१९ को सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । मुम्बईको वांखेडे रंगशालामा नेपाली समयअनुसार दिउँसो सवा २ बजेदेखि खेल सुरु हुने छ । जारी विश्वकपमा अपराजित रहँदै भारतले सेमिफाइनल यात्रा तय गरेको हो । भारतले विश्वकपमा सहभागी सबै टिमलाई यस पटक समूह चरणमा पराजित गरेको छ । सन् २०१९ मा विश्वकपको सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर पनि भारतलाई छ । तर, विश्वकपसहित आईसीसीका प्रतियोगितामा भने रेकर्ड न्युजिल्यान्डको पक्षमा रहेको छ । यसै पटकको समूह चरणमा हराउनुअघि भारतले न्युजिल्यान्डलाई सन् २००३ को विश्वकपमा पराजित गरेको थियो । सौरभ गांगुलीको नेतृत्वमा रहेको भारतीय टिमले न्युजिल्यान्डलाई ७ विकेटले हराएको थियो । त्यसयता भने आईसीसीका सबप्रतियोगितामा भारत न्यु...

कञ्चनपुरबाट ३ लाख बढी नगदसहित ४२ जना जुवाडे पक्राउ

समाचार
धनगढी – कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो । सोमवार राति २ बजे विशेष सुराकीका आधारमा प्रहरीले भीमदत्त नगरपालिका–१७ बाँसखेडामा रहेकाे भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक कमल थापाले आजसम्ममा जुवा खेल्ने ४२ जनालाई पक्राउ गरी तीन लाख पाँच हजार रुपैयाँभन्दा बढी रकम बरामद गरेको जनाए । बाँसखेडाबाट २८ जनासहित जुवा खालबाट दुई लाख ५८ हजार रुपैयाँ बरामद भएकाे छ । त्यसैगरी भीमदत्त नगरपालिका–१६ मझगाउँबाट २५ हजार रुपैयाँ, तास र छ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । यस्तै बेलौरीबाट २२ हजार रुपैयाँसहित आठ जना पक्राउ परेका छन् ।...

बैतडीमा २ जना मृत फेला

समाचार
धनगढी – बैतडीमा आज मङ्गलवार दुई जना मृत फेला परेका छन् । मेलौली नगरपालिका–७ ओझागाउँका ३८ वर्षीय लोकेन्द्र ओझा र डिलाशैनी गाउँपालिका–७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐर मृत फेला परेका हुन् । सोमवार दिउँसो गाउँकोट भन्ने ठाउँमा कपडा सिलाउन जान्छु भनी हिँडेका ओझा आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । मेलौली नगरपालिका–७ मङ्गराउ भन्ने ठाउँमा सडकबाट तल ओझाको शव फेला परेको प्रहरीले जनाएको छ । ओझा अपाङ्गता भएका व्यक्ति रहेको बुझिएको छ । ओझाको मृत्युको कारण भने खुलेको छैन । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक केसीकै नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ । यस्तै सोमवार राति ८ बजे घरबाट स्थानीय बजार द्वाली जान्छु भनी हिँडेका ऐर मनेकुडाकाे बाटोबाट तल मृत अवस्थामा फेला परेका हुन् । ऐरको शव आज बिहान फेला परेको हो । घटनाका विषयमा...

सोलुखुम्बुमा उडिरहेकाे हेलिकप्टरबाट सामान खसेपछी…

समाचार
धनगढी – सोलुखुम्बुमा कैलाश एअरको उडिरहेकाे हेलिकप्टरबाट सामान खसेको छ । आज मङ्गलबार दिउँसो सोलुदूधकुण्ड नगरपालिका–१ देकुमा कैलाश एअरको हेलिकप्टरमा झुन्डाएर लगेकाे प्लाइउड खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सोलुदूधकुण्ड–१ टाक्सिन्दु हेलिप्याडबाट खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेका लागि कार्गो सामान लिएर उडेको हेलिकप्टरबाट जङ्गलमा सामान खसेको हो । हेलिकप्टरबाट खसेको प्लाइउड झन्डै छ सय ५० किलो बराबरको रहेकाे टाक्सिन्दुका वडाध्यक्ष छोङ्बा शेर्पाले जानकारी दिए । उनका अनुसार सामान खसेको ठाउँ बस्तीबाट झन्डै दुई किलोमिटर टाढा रहेको छ । जङ्गलमा खसेका कारण मानवीय क्षति हुन नपाएको वडाध्यक्ष शेर्पाले बताए । हेलिकप्टर कम्पनीहरूको लापर्बाहीका कारण बस्तीमा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।...

मोटरसाइकलको ठक्करले पैदलयात्रुको मृत्यु

समाचार
धनगढी - नेपालगन्जमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ । नेपालगञ्जको न्यूरोडमा आज दिउँसो लु ७६ प ३४४१ नम्बरको मोटरसाइकलले सडकमा पैदल हिँडिरहेका नेपालगञ्ज उपमहानगरपालिका –४ गणेशपुरका ७० वर्षीय गोरखबहादुर शाहीलाई ठक्कर दिँदा मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शाहीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा लगिएको र उपचारका क्रममा शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार १८ वर्षीय विशाल बमले चलाएको उक्त मोटरसाइकलले सडकमा पैदल हिँडिरहेका शाहीलाई ठक्कर दिएको जनाइएको छ । मोटरसाइकल र चालक बमलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।...

नेपाललगायत यी २७ देशमा पनि छ टिकटक बन्द

समाचार
धनगढी - नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो । टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । यी हुन् टिकटकमा प्रतिबन्ध लगाउने २७ देश कीर्गिस्तान : कीर्गिस्तानले ३० अगस्तदेखि बालवालिकाको कुलत र मानसिक स्वास्थ विग्रेको कारण देखाउदै प्रतिबन्ध । बेलायत : सुरक्षाका कारण देखाउदै मन्त्री, सचिव लगायत सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध लगाएको हो । अमेरिका : सुरक्षाका कारण सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध । न्यूजिल्यान्ड : GCSB को सुझावमा सुरक्षाका कारण सरकारी एप्लिकेसन प्रणालीसंग आवद्वता प्रतिबन्ध । क्यानडा : गोपनियता र सुरक्षा जोखिम देखाउदै सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध । ताइवान : राष्ट्रिय सुरक्षा जोखिम देखाउदै प्रतिब...

सुदूरपश्चिममा ६ करोड २५ लाखमा खरिद गरेका दर्जन बढी एम्बुलेन्स थन्किए

समाचार
धनगढी - सुदूरपश्चिम सरकारले खरिद गरेको एम्बुलेन्स थन्किएका छन्। प्रदेश सरकारले ६ करोड २५ लाख १२ हजारमा खरिद गरेका १६ वटा एम्बुलेन्स थन्किएका हुन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले आधुनिक र सुविधायुक्त दाबी गर्दै आएका एम्बुलेन्स चार वर्षमा सबै थन्किएका छन्। मन्त्रालयले सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताललगायत अछामका चार, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङका दुई÷दुई तथा बाजुरा र डोटीमा एक÷एक गरी १६ वटा स्वास्थ्यचौकी तथा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो। २०७६ साल कार्तिक २० गते हस्तान्तरण गरिएका ६ करोड २५ लाख १२ हजारमा मूल्यका १६ एउटा एम्बुलेन्स तीन वर्षमै थन्किएका हुन्।...

नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गरौं : बालेन

समाचार
धनगढी - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा नेपाल संवत ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिकाले पहिल्यैबाट नेपाल संवतको प्रयोग गरिरहेको र देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको धारणा राखेका हुन् । उनले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न सरकारले मुख्य भुमिका निर्वाह गर्नुपर्ने पनि बताए । उनले आगामी वर्षसम्म नेपाल संवत राष्ट्रिय रुपमा नै प्रयोग हुने विश्वास व्यक्त गरे । ‘नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्नुहुन आग्रह छ । काठमाडौं महानगरपालिकाले त पहिलादेखि नै आफ्ना कागजातहरुमा समावेश गर्दै आएको छ । प्रधानमन्त्रीज्यू पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रुपमा मनाउन आग्रह छ । अर्कोपटक आउँदा राष्ट्रिय रुपमा नै प्रयोग हुनेछ भन्ने विश्वास छ’, उनले...

आज मधुमेह दिवस मनाइँदै

समाचार
धनगढी – आज नेपाललगायत विश्वभर मधुमेह दिवस मनाइँदैछ । सन् २००६ देखि संयुक्त राष्ट्र सङ्घले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रूपमा मान्यता दिएको हो । मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिनको अवसरमा सन् १९२२ देखि यो दिवस मनाउन थालिएको हो । मधुमेह एक नसर्ने रोग हो । सामान्यतया यस रोगलाई चिनीरोग भनेर पनि चिनिन्छ । पछिल्लो समय विश्वमा नै नसर्ने रोग मृत्युको प्रमुख कारणको रूपमा देखा पर्न थालेका छन् । अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वमा ५० करोड ३७ लाख मानिस मधुमेहबाट ग्रसित छन् । यो सङ्ख्या सन् २०३० मा ६० करोड ४३ लाख र सन् २०४५ मा हरेक आठमध्ये एक जनामा मधुमेह देखा पर्ने र त्यो सङ्ख्या बढेर ७० करोड ८३ लाख पुग्ने अनुमान गरिएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज