धनगढी – नेपालगन्जमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ ।
नेपालगञ्जको न्यूरोडमा आज दिउँसो लु ७६ प ३४४१ नम्बरको मोटरसाइकलले सडकमा पैदल हिँडिरहेका नेपालगञ्ज उपमहानगरपालिका –४ गणेशपुरका ७० वर्षीय गोरखबहादुर शाहीलाई ठक्कर दिँदा मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शाहीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा लगिएको र उपचारका क्रममा शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार १८ वर्षीय विशाल बमले चलाएको उक्त मोटरसाइकलले सडकमा पैदल हिँडिरहेका शाहीलाई ठक्कर दिएको जनाइएको छ ।
मोटरसाइकल र चालक बमलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३