
धनगढी – सुदूरपश्चिम सरकारले खरिद गरेको एम्बुलेन्स थन्किएका छन्।
प्रदेश सरकारले ६ करोड २५ लाख १२ हजारमा खरिद गरेका १६ वटा एम्बुलेन्स थन्किएका हुन्।
प्रदेशको सामाजिक विकास मन्त्रालयले आधुनिक र सुविधायुक्त दाबी गर्दै आएका एम्बुलेन्स चार वर्षमा सबै थन्किएका छन्।
मन्त्रालयले सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताललगायत अछामका चार, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङका दुई÷दुई तथा बाजुरा र डोटीमा एक÷एक गरी १६ वटा स्वास्थ्यचौकी तथा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो।
२०७६ साल कार्तिक २० गते हस्तान्तरण गरिएका ६ करोड २५ लाख १२ हजारमा मूल्यका १६ एउटा एम्बुलेन्स तीन वर्षमै थन्किएका हुन्।