Advertisement

हाम्रो बारेमा

भारतमा विपक्षी दलका ७८ जना सांसद निलम्बित

समाचार
कैलाली - भारतको संसदबाट एकैदिन ७८ जना विपक्षी सांसदहरू निलम्बनमा परेका छन् ।  लोकसभाका ३३ र राज्यसभाका ४५ जना सांसदहरू निलम्बित भएका हुन् ।  संसदमा भएको सुरक्षा गल्तीका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको जवाफ मागेर विपक्षी सांसदहरूले लगातार विरोध गर्दै आएका थिए । विपक्षीको विरोधका कारण बैठकमा अवरोध हुँदै आएको थियो । सरकारको प्रस्तावमा दुवै सभाका अध्यक्षहरूले संसदमा विरोध प्रदर्शनमा उत्रिएका विपक्षी दलका सांसदहरूलाई हिजो निलम्बन गरेका हुन् । जारी संसद्को शीतकालीन सत्रभरका लागि सांसदहरूलाई निलम्बन गरिएकाे बीबीसी हिन्दीले जनाएको छ ।  संसद् भवनमा आतङ्कवादी हमला भएको २२ वर्ष पुगेकै दिन पाँच तहको सुरक्षा व्यवस्थालाई झुक्याएर दुई युवाले संसद् बैठक कक्षमै प्रदर्शन गरेका हुन् । यसअघि २००१ को डिसेम्बर  १३ मा संसद् भवनमाथि आतङ्कवादी हमला भएको थियो...

भूकम्प प्रभावितका लागि एक अर्ब निकासा

समाचार
कैलाली - भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको सरकारले एक अर्ब रुपियाँ निकासा गरेको छ ।  राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, “हिजो (आइतबार) अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो, हामीले आज (सोमबार) तत्कालै ९३ करोड रुकम पठाएका छौँ, प्रभावितका लागि सरकारको प्राथमिकता अनुसार नै हामीले रकम पठाएका हौँ ।” यसअघि कोषमा जम्मा भएको रकम पठाइएकामा अहिले भने अर्थ मन्त्रालयबाट प्राप्त रकम जिल्लामा पठाइएको पनि उनले बताए ।  कात्तिक २७ को मन्त्रीपरिषद्को निर्णयले १० अर्ब रुपियाँ पठाउने निर्णय गरेको थियो । सोही अन्तर्गत अर्थ मन्त्रालयले एक अर्ब रुपियाँ भूकम्पपीडितका लागि निकासा गरेको हो ।  प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले निकासा भएको रकम जाजरकोटमा ५४ करोड, रुकुमपश्चिममा ३४ करोड र स...

धनगढीमा मदन पुरस्कार प्राप्त कृति ऐँठनको परिचर्चा 

समाचार
धनगढी - धनगढीमा मदन पुरस्कार प्राप्त कृति ऐँठनको परिचर्चा कार्यक्रम गरिएको छ । धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा समाजकै हलमा आज सोमबार उक्त परिचर्चा कार्यक्रम गरिएको हो । कैलाली बहुमुखी क्याम्पसका सह-प्राध्यापक गणेशराज जोशी, कैलाली बहुमुखी क्याम्पसका सह-प्राध्यापक सिताराम भट्ट र ऐश्वर्य बहुमुखी क्याम्पसकी सह-प्राध्यापक तुलसी शर्माले कृतिको परिचर्चा गरेका हुन् । उपन्यास ऐँठनले मदन पुरस्कार-२०७९ प्राप्त गरेको हो । कुनै पनि युद्धमा युद्ध गर्ने दुईवटा पक्षभन्दा पनि तेस्रो पक्षले बढी दु:ख पाउने गरेको र यहिँ कुरालाई किताबमा लेख्न खोजेको उपन्यासका लेखक विवेक ओझाले बताए । सुदूरपश्चिमाञ्चल साहित्य समाजकी उपाध्यक्ष रुपा स्वारको अध्यक्षतामा सम्पन्न भएको उक्त परिचर्चा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य धर्मराज पाठकको प्रमुख आतिथ्यता रहेको थियो ।...
स्वास्थ्य बीमाका बिरामीले १० प्रतिशत आफैँ तिर्नुपर्ने !

स्वास्थ्य बीमाका बिरामीले १० प्रतिशत आफैँ तिर्नुपर्ने !

समाचार
चितवन । स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (को–पेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आउँदो माघ १ गतेदेखि बिरामीबाट १० प्रतिशत उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो । बोर्डका अध्यक्ष डा. गुणराज लोहनीका अनुसार बीमा लागू भएका सबै अस्पतालमा कोपेमेन्ट लागू गरिँदैछ । सरकारी, सामुदायिक र निजी सबैखाले अस्पतालमा यो व्यवस्था लागू हुनेछ । लोहनीले भने, ‘यसले राज्यलाई आर्थिक भार कम गर्छ । उनका अनुसार सबै स्वास्थ्य बीमाले समेट्दै गर्दा अनावश्यक प्रभावमा उपचार हुने गरेको गुनासो आइरहेको थियो ।’ बीमाको रकम बाँकी रहेको भन्दै बीमाकर्ताले आवश्यक नपर्दासमेत विभिन्न परीक्षणका लागि चिकित्सकलाई दबाब दिने गरेका छन् । कोपेमेन्ट लागू भएसँगै दबाब कम हुने अपेक्षासमेत गरिएको छ । कोपेमेन्ट लागू भएसँगै आवश्यकताअनुसार थप निजी अस्पताललाई समेत बीमामा समावेश गरिँदैछ । उहाँले भन्नुभयो, ‘थप सेवा...

धेरै विद्यार्थी दीक्षित गरेर त्रिविले विश्व रेकर्ड कायम गर्दै

समाचार
कैलाली  - त्रिभुवन विश्वविद्यालयले ५ अध्ययन संस्थान र ४ संकायका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसबाट पढाइ पूरा गरेका ७३ हजार ७ सय ४९ विद्यार्थीलाई सोमवार दीक्षित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ४९ औं दीक्षान्त समारोहस्थलबाट १२ हजार ४ सय १५ जना दीक्षित भएका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । गत वर्षहरूमा पनि त्रिविले ६० देखि ७० हजारको हाराहारीमा वार्षिक रूपमा विद्यार्थी दीक्षित गर्दै आएको थियो । यस पटक भने त्रिविले विश्व रेकर्ड कायम गर्ने दाबीसमेत गरेको छ । विश्वमा नै सबैभन्दा धेरै विद्यार्थी दीक्षित गर्ने विश्वविद्यालयका रूपमा दावी प्रस्तुत गर्न गिनिज बुक अफ वल्ड रेकर्डमा आवेदन दिएको जोशीले बताए। गिनिज बुकका प्रतिनिधिले समारोहस्थलमै उपस्थित भएर मूल्याङ्कन गरेको उनले जनाए । उपकुलपति शिवलाल भुषालले ठूलो संख्यामा विद्यार्थी दीक्षित गरे पनि गुणस्तरमा कमी नआए...

डाक्टर केसीद्वारा अनसन अन्त्य

समाचार
धनगढी - स्वास्थ्य, शिक्षा क्षेत्रको समग्र सुधार र सबैको समान पहुँचको मागसहित धनगढीमा सत्याग्रह थालेका डा. गोविन्द केसीले आज अनसन तोडेका छन् । धनगढी उपमहानगरपालिका–७ देवहरियाकी रेनुका चौधरी र धनगढी उपमहानगरपालिका –१ की अञ्जली नेपालीको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन् ।  डा. केसीले गएको शुक्रबारबाट तीन दिनका लागि अनसन थालेका थिए  अनसन तोड्दै उनले सुदूरपश्चिमका जनताको सहज स्वास्थ्योपचारका लागि आफूले अनसन बसेको बताए । सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको पढाइ र दक्ष जनशक्ति उत्पादनका लागि आफूले यो लडाइ लडिरहेको स्पष्ट पार्दै उनले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना हुनुमा आफ्नो कुनै आपत्ति नरहेको स्पष्ट पारे ।  “मैले यहाँकै जनताको सुलभ रूपमा स्वास्थ्योपचारका लागि अनसन बसेको हो । यसमा मेरो आफ्नो कुनै स्वार्थ छैन” केसीले भने,...

अछामको मंगलसेनमा जिप दुर्घटना

समाचार
धनगढी - अछाममा जिप दुर्घटना भएको छ।  मंगलसेन नगरपालिकामा जिप दुर्घटना भएको हो। जिल्लाको तुर्माखादा गाउँपालिकाबाट मंगलसेन आउदै गरेकाे से १ ज ७७५ नम्बरको जिप दुर्घटना भएको अछाम प्रहरीले जनाएको छ। अछाम जिल्ला अस्पताल सडक खण्डमा दुर्घटना भएको प्रहरीले बताएको छ।  जिपमा सवारहरुको अवस्था सामान्य रहेको बताइएको छ। ...

बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

समाचार
धनगढी - बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जयपृथ्वी नगरपालिका–११ की ३२ वर्षीया सुनिता थापाको आज (सोमबार) हेलिकोप्टरबाट उद्धार गरिएको हो । आइतबारदेखि उनलाई सुत्केरीव्यथा लागेर अत्याधिक रक्तश्राप भएपछि आज बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत लगिएको बझाङ प्रहरी प्रमुख भरत शाहले बताए । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पताल लगिएको वडाध्यक्ष सर्जनबहादुर थापाले बताए ।...

सुदूरपश्चिम विश्वविद्यालयमा खुल्यो रोजगारी

समाचार
धनगढी - सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले रोजगारी खुलाएको छ।  सेवा आयोगले सोमवार एक सूचना जारी गर्दै विभिन्न पदमा ६४ का लागि दरखास्त आह्वान गरेको हो। स्थायी समायोजनका लागि आयोगले ७ प्राध्यापक, २३ सह–प्राध्यापकमा, २२ उपप्राध्यापक र १२ जना प्रशासनतर्फ कर्मचारी मागेको छ। पुस २ देखि माघ ७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ।  दोब्बर दस्तुर तिरेर माघ १४ गतेसम्म आवेदन दिन सकिने छ।...

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

समाचार
धनगढी - कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।  दोधारा चाँदनी नगरपालिका-१ स्थित महाकाली नदीमा निर्माणाधिन पक्की पुलबाट २.४२ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित बेदकोट नगरपालिका-१० का ३० वर्षीय धनिराम कामी आइतवार पक्राउ परेका हुन्। आइतवार लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई भारतबाट नेपाल तर्फ आउदा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जनाएको छ। चेकजाँच गर्दा उनले प्रयोग गरेको मोटरसाईकलको हेडलाईटको भाईजरमा लुकाइ राखेको अबस्थामा लागूऔषध फेला पारी भारतिय नम्बर प्लेटको मोटरसाईकल एक थानसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।...
धनगढीमा म्याजिक र मोटरसाइकल एकआपसमा ठोक्किदा ७ जना घाइते

धनगढीमा म्याजिक र मोटरसाइकल एकआपसमा ठोक्किदा ७ जना घाइते

समाचार
धनगढीः कैलालीको धनगढीमा म्याजिक र मोटरसाइकल एकआपसमा ठोक्किदा ७ जना घाइते भएका छन्। मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत चटकपुरमा भएको सवारी दुर्घटनामा परेर ७ जना घाइते भएका हुन्। आज (आइतबार) दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ का ५१ वर्षीय चन्द्र सेढाइ घाइते भएका छन्। त्यस्तै म्याजिकमा सवार गौरीगंगा नगरपालिका–१ का १९ वर्षीय विशेष परियार, ५० वर्षीय अर्जुन तिम्सीना, ५० वर्षीय हरुजंग तिम्सीना, ३५ वर्षीय जसु भट्ट घाइते भएको प्रहरीले बताएको छ। त्यस्तै धनगढी उपमहानगरपालिका–१३ का ३५ वर्षीय विष्णु चन्द, बझाङको मष्टा गाउँपालिका–४ का ४८ वर्षीय अम्मरराज उपाध्याय पनि घाइते भएका छन्। घाइतेहरुको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। म्याजिक चालक गोदावरी नगरपालिका–६ का प्रेमबहादुर दमाइलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढीबाट अत्तरिया जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१...

डडेल्धुरामा आगलागीबाट दुई करोड ८६ लाखको क्षति

समाचार
धनगढी  -  डडेल्धुरामा शनिबार राति भएको आगलागीबाट झण्डै दुई करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । अमरगढी नगरपालिका–५ बागबजारमा रहेको शुलभ फेन्सीमा तार सर्ट भइ सुरु भएको आगलागीबाट दुई करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको हो । बागबजारको शुलभ फेन्सीको अन्दाजी १ करोड २० लाख, कैलपाल मेडिकलको अन्दाजी ८० लाख र शिशिर फेन्सीका ८० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए । उनका अनुसार घरधनी महेशप्रसाद भट्टको अन्दाजी ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । शनिबार राति पौने ९ बजेतिर आगलागी भएको थियोे । अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले करिब एक घन्टा पछि आगो नियन्त्रणमा लिएका थिए ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज