
कैलाली – त्रिभुवन विश्वविद्यालयले ५ अध्ययन संस्थान र ४ संकायका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसबाट पढाइ पूरा गरेका ७३ हजार ७ सय ४९ विद्यार्थीलाई सोमवार दीक्षित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ४९ औं दीक्षान्त समारोहस्थलबाट १२ हजार ४ सय १५ जना दीक्षित भएका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।
गत वर्षहरूमा पनि त्रिविले ६० देखि ७० हजारको हाराहारीमा वार्षिक रूपमा विद्यार्थी दीक्षित गर्दै आएको थियो । यस पटक भने त्रिविले विश्व रेकर्ड कायम गर्ने दाबीसमेत गरेको छ । विश्वमा नै सबैभन्दा धेरै विद्यार्थी दीक्षित गर्ने विश्वविद्यालयका रूपमा दावी प्रस्तुत गर्न गिनिज बुक अफ वल्ड रेकर्डमा आवेदन दिएको जोशीले बताए।
गिनिज बुकका प्रतिनिधिले समारोहस्थलमै उपस्थित भएर मूल्याङ्कन गरेको उनले जनाए । उपकुलपति शिवलाल भुषालले ठूलो संख्यामा विद्यार्थी दीक्षित गरे पनि गुणस्तरमा कमी नआएको दाबी गरे ।