
धनगढी – धनगढीमा मदन पुरस्कार प्राप्त कृति ऐँठनको परिचर्चा कार्यक्रम गरिएको छ ।
धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा समाजकै हलमा आज सोमबार उक्त परिचर्चा कार्यक्रम गरिएको हो ।
कैलाली बहुमुखी क्याम्पसका सह-प्राध्यापक गणेशराज जोशी, कैलाली बहुमुखी क्याम्पसका सह-प्राध्यापक सिताराम भट्ट र ऐश्वर्य बहुमुखी क्याम्पसकी सह-प्राध्यापक तुलसी शर्माले कृतिको परिचर्चा गरेका हुन् ।
उपन्यास ऐँठनले मदन पुरस्कार-२०७९ प्राप्त गरेको हो ।
कुनै पनि युद्धमा युद्ध गर्ने दुईवटा पक्षभन्दा पनि तेस्रो पक्षले बढी दु:ख पाउने गरेको र यहिँ कुरालाई किताबमा लेख्न खोजेको उपन्यासका लेखक विवेक ओझाले बताए ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजकी उपाध्यक्ष रुपा स्वारको अध्यक्षतामा सम्पन्न भएको उक्त परिचर्चा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य धर्मराज पाठकको प्रमुख आतिथ्यता रहेको थियो ।
