Advertisement

हाम्रो बारेमा

आजको मौसम : सुदूरपश्चिमसहित केही क्षेत्रमा आंशिक बदली 

समाचार
धनगढी - लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी केही ठाउँको मौसम आंशिक बदली रहेको छ ।  अरु बाँकी क्षेत्रको मौसम आज सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाण्डौ उपत्यकामा हिजोभन्दा चिसोे छ । आज बिहान पाैने ९ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ ।  हिजो न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस रहेको थियो । आज काठमाण्डौको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाको अनुमान छ । यस्तै, आज पनि तराईका केही ठाउँमा बिहान पातलो हुस्सु र कुहिरो लागेकाे छ । तर घाम लागेपछि बिस्तारै हट्ने महाशाखाले जनाएको छ ।...

धनगढीमा प्रेमपत्र प्रतियोगिता हुँदै 

समाचार
धनगढी - धनगढीमा प्रेमपत्र प्रतियोगिता हुने भएको छ । फागुन २ गतेका दिन भ्यालेन्टाइन दिवसको अवसरमा प्रेमपत्र प्रतियोगिता हुने भएको हो । मङ्गलवार पत्रकार सम्मेलन गर्दै सुदूर चौतारीले प्रेमपत्र प्रतियोगिता गर्ने जानकारी गराएको हो । आयोजक सुदूर चौतारीले प्रेमपत्रमा प्रेमपात्रका रूपमा प्रेमी-प्रेमिकाका साथै जन्मदिन आमाबुबा, देश, प्रकृति सम्बद्ध विषय खोलानाला, चराचुरुङ्गी, बोटबिरुवा, डाँडाकाँडा, आफ्नो गाउँठाउँ, मौलिक संस्कृति, परम्परा आदि राख्न सकिने बताएको छ ।  प्रेमपत्र बढीमा एक हजार शब्दको हुनुपर्ने, पत्र टाइपिङ वा हस्तलिखित हुनुपर्ने बताइएको छ । प्रेमपत्र लेखेर इमेल वा ह्वाट्सप मार्फत पठाउन सकिनेछ । आयोजकका अनुसार प्रेमपत्र premchand2075@gmail.com र ह्वाट्सप नम्बर ९८४८९८३८८० मा पठाउन सकिनेछ । प्रतियोगितामा भाग लिन चाहने व्यक्तिले माघ २९ गतेभित्र आयोजकलाई इमेल वा ह्वाट्सप मार्फत ...

कैलालीका राहुलको एमबीबीएस शुल्क सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले तिरिदिने

समाचार
कैलाली - एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भएका कैलालीका राहुल नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले तिरिदिने भएको छ ।  यस विषयमा चिकित्सा शिक्षा आयोगलाई भर्नामा सहजीकरण गरिदिन मन्त्रालयले पत्र लेखेको हो ।  चिकित्सा शिक्षा आयोगले लिएको भर्ना हुन पाउने परीक्षामा सफल भएका राहुललाई युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल भैरहवामा भर्ना पाउने सूचीमा राखेको थियो ।  सो टिचिङ हस्पिटलले भर्नाको म्याद पुस २६ गतेदेखि माघ ४ गतेसम्म तोकेको थियो । उक्त टिचिङ हस्पिटलले एमबीबीएसको अध्ययनका लागि ४६ लाख लाग्ने कूल शुल्कमा १५ लाख भर्ना हुने समयमा नै बुझाउनु पर्ने भनेपछि राहुलले पैसाको जोहो गर्न नसकेर भर्ना नै छुटेको थियो । विपन्न परिवारका राहुलका परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफैँले जोहो गरेर भ...

आज प्रतिनिधिसभा बैठक बस्दै

समाचार
काठमाडौं - सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक  बुधबार बिहान ११ बजे बस्न लागेको हो ।  बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूची छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । यसैगरी, बैठकमा नेपाली कांग्रेसका नेता केशव कुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयका कार्यवाहक महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए । त्यस्तै, आजै राष्ट्रियसभा बैठक पनि बस्दैछ । बैठक बिहान ११ बजेर १ मिनेटमा बस्नेछ । आजको बैठकमा राष्ट्रियसभा नियमावली, ...

‘सिसिएस प्लस टु’ कपको उपाधी आयोजकलाई

समाचार
धनगढी - धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर विद्यालय स्तरिय फुटवल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ ।  मंगलबार धनगढी रगंशालामा भएको फाइनल खेलमा अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुललाई पराजित गर्दै आयोजक ‘सिसिएस प्लस टु’ को बी टिम प्रतियोगिताको बिजेता बनेको हो ।  होलिल्याण्ड सेकेन्ड्री स्कुल लाई पेनाल्टीमा हराउँदै आयोजक प्रतियोगिताको बिजेता बनेको हो । प्रतियोगिताको निर्धारित समयमा दुइटै टिमले गोल गर्न नसकेपछि फाइनल खेल पेनाल्टीमा गएको हो । पेनाल्टीमा आयोजक ‘सिसिएस प्लस टु’ बी ले होलिल्याण्ड सेकेन्ड्री स्कुललाई ४–३ गोल अन्तरले पराजित गर्न सफल भयो । यस संगै प्रतियोगिताको उपाधी जित्न सफल आयोजक ‘सिसिएस प्लस टु’ बी ले ६५ हजार नगद सहित ट्रफी, मेडल प्राप्त गरेको छ भने, उप बिजेतामा चित्त बुझाएको होलिल्याण्ड सेकेन्ड्री स्कुल अत्तरियाले ३५ हजार नगद सहित ट्रफी, मेडल सहित प्रमाण...

दु:खमा सहारा बनिरहनुभएकी प्रेरणादायी महिला सावित्री

समाचार
यो पितृसत्तात्मक समाजमा महिलाले पनि महान काम गर्न सक्छन् भन्ने एक गतिलो उदाहरण हुनुहुन्छ समाजसेवी सावित्री अधिकारी ।  समाजमा महिला पुरुषबीचको विभेदका बाबजुद पनि भोक, निन्द्रा र थकानलाई बिर्सिएर समाजसेवामा अहोरात्र खटिने सावित्री यही समाजमा खेल्दै, पढ्दै हुर्किनुभएकी एक नारी हुनुहुन्छ । सम्पन्न परिवारमा जीवनयापन गरेर पनि प्रत्येक नेपालीको सहारा बनिरहनुभएकी उहाँले विदेशमा अलपत्र परेका व्यक्ति र शवहरुलाई सम्बन्धित ठाउँसम्म पुर्याउन अहोरात्र खटिरहने गर्नुहुन्छ । राज्यको उच्च अहोदा, देशको कार्यकारी प्रधानमन्त्रीको सचिवालयमा बसेर थुप्रै काम गरि सक्नुभएकी उहाँलाई समाजसेवा गर्दा, अरुको दुखमा सहारा बन्न पाउँदा खुशी मिल्ने गरेको छ । पछिल्लो चरणमा विदेशमा बेचिएकी थुप्रै नेपाली चेलीको उद्धार  गरेर नेपाल ल्याएर परिवारको जिम्मा लगाउने, इजरायलमा भएको घटनाका भएका मृत शवलाई उहाँले सम्...
बझाङको खप्तडछान्नाकाे १४ औं गाउँसभामा – बिपतकाेष दान पेटीकाे उद्घाटन

बझाङको खप्तडछान्नाकाे १४ औं गाउँसभामा – बिपतकाेष दान पेटीकाे उद्घाटन

बझाङ, मुख्य समाचार
बझाङ : बझाङकाे खप्तडछान्ना गाउँपालिकामा आई पर्ने आपत विपत प्रयाेजनका लागि खर्च गर्न गाउँपालिकाले बिपत काेष दानपेटीकाकाे उद्घाटन गरिएकाे छ । माघ २३ गते गाउँपालिकाकाे १४ औं गाउँसभाकाे उद्घाटन समाराेहमा गाउँपालिकाका अध्यक्ष उत्तम कुमार राेकायाले दान पेटीकाकाे शुभारम्भ गरिएकाे हाे । खप्तडछान्ना गाउँपालिकामा हालै सरूवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर नेपालीले गाउँपालिकाकाे बिपत काेषमा कुनै रकम नभएकाे जानकारी पाए पछि नयाँ कामकाे थालनी गर्न बिपत काेष दान पेटीकाकाे सुरूवात गर्नु भएकाे गाउँपालीका स्राेतले बताएको छ । गाउँसभामा शुभारम्भ गरिएकाे दानपेटीकाकाे पालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत वडाअध्यक्षहरू,गाउँसभा सदस्य,कर्मचारीहरूले आफ्नाे गक्षअनुसारले दान पेटीकामा नगद रूपैया दान गरेका थिए ।गाउँपालिकाकाे सभाहलमा राखिने दानपेटीकामा अवकाे प्रान्त कुनै पनि सभा...
बझाङ थलाराका राजेन्द्र एक वर्ष देखि ओछ्यानमै, आर्थिक अभावले उपचारमा समस्या

बझाङ थलाराका राजेन्द्र एक वर्ष देखि ओछ्यानमै, आर्थिक अभावले उपचारमा समस्या

बझाङ, मुख्य समाचार
हिटडुल गर्न, आफै खान सक्दैन । व्हील चियरको सहायता पर्छ । कम्मर मुनिको भाग चल्दैन । कम्मरमा घाउ परेको छ । नसा च्यापिएको छ । उपचारका लागि धेरै अस्पताल धाउदा धाउदै । भारतमा रोजगारी गरेर कमाएको र आफन्त बाट ऋण मागेको भएजतिको सबै खर्च सकियोे । अहिले पनि उपचार भइरहेको छ । अब सहयोग माग्ने ठाउँ पनि कहि कतै बाँकी छैन । आफन्त ईष्टमित्र सबै बाट सानोतिनो सहयोग मागि सके । सबैसंग हारगुहार गरी सके । आफन्तहरुले पनि सक्दो सहयोग गरी सकेका छन् । अब सहयोग माग्ने ठाउँ पनि बाँकी छैन । सम्पती विक्री गरेर छोराको उपचार गराउने हो भने उनि संग सम्पतीको नाममा पाखो जमिन बाहेक अरु केही पनि छैन । भारतमा रोजगारी गरेर छोरा छोरी श्रीमती र आमाको स्याहार गर्दै आएका उनी संगै सम्पती के नै हुन्थ्यो र ? छोराको मुख हेर्दा हेर्दै कतिबेला भक्कानिएर रुन्छन् । छोराको छटपटाहट देख्न सक्दैनन् । उनलाई डाक्टरले पनि अप्रेशन गर्न...

कैलालीको लम्कीचुहाका शिक्षा अधिकृतलाई कालामोसो

समाचार
धनगढी - कैलालीको लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो दलेको छ। सोमवार अधिकृत न्यौपानेलाई क्रान्तिकारी युवा संगठन नेपालका सदस्यहरुले कालोमोसो दलेका हुन्। अधिकृृत न्यौपानेले नगरपालिकाभित्रका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापकलाई अभद्र व्यवहार गरेको, संघिय अनुदान कोटाका शिक्षकसँग कमिशन लिएको, खेलकुदका सामाग्री खरीदमा कमिशन खाएको, विदाको दिन सार्वजनीक सवारी साधनको दुरुपयोग गरेको भन्दै कालोमोसो दलेको जनाइएको छ।...
कैलाली लम्कि चुहा नगरपालिकामा कार्यरत शिक्षा अधिकृत गौरिकान्त न्यौपाने लाई जन कार्वाही !

कैलाली लम्कि चुहा नगरपालिकामा कार्यरत शिक्षा अधिकृत गौरिकान्त न्यौपाने लाई जन कार्वाही !

समाचार
कैलालीमा एक सरकारी कर्मचारीमाथि कालो मोसो छ्यापिएको छ उनी माथि नगरपालिका भित्र रहेका विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूसँग अभद्र व्यवहार गरेको, शिक्षकहरूबाट कमिसन लिएको, खेलकुद सामाग्री खरिदमा कमिसन लिएको, बिदाको दिनमा सार्वजनिक सवारी साधनको दुरुपयोग गरेको लगायतका आरोप लगाएका छन् । इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायव निरीक्षक अशोक खड्काले पछाडिबाट मोबिल छ्यापिएको भन्दै यस विषयमा थप छानबिन भइरहेको जानकारी दिए।...

कैलालीको एक विद्यालयमा ‘ग्याङ फाइट’ : तीन घाइते, ८ पक्राउ 

समाचार
धनगढी - कैलालीको एक विद्यालयमा ग्याङ फाइट हुँदा ३ विद्यार्थी घाइते भएका छन् ।  गौरीगंगा नगरपालिका – १ मा रहेको पशुपति माध्यमिक विद्यालयमा विद्यार्थी बीच ग्याङ फाइट हुँदा ३ जना घाइते भएका हुन्  । ग्याङ फाइट गर्ने ८ जनालाई इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सहायक प्रहरी निरीक्षक नेत्र कठायतले घाइते र पक्राउ परेकाहरुको नाम खुल्न बाँकी रहेको बताए । घटनाको अनुसन्धान भइरहेको उनले बताएका छन् ।...

डडेल्धुरामा आगो ताप्ने क्रममा दुई जनाको निसासिएर मृत्यु

समाचार
डडेल्धुरा - डडेल्धुरामा दुईजनाको निसासिएर मृत्यु भएको छ।  जिल्लाको अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए। राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसासिएर उनीहरुको मृत्यु भएको खुलेको उनले बताए।  बेहोस अवस्थामा फेला परेका दुवैलाई अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेको नायकले बताए। उक्त विषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक दुवै नातामा सासुबुहारी रहेको बताइएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज