
यो पितृसत्तात्मक समाजमा महिलाले पनि महान काम गर्न सक्छन् भन्ने एक गतिलो उदाहरण हुनुहुन्छ समाजसेवी सावित्री अधिकारी ।
समाजमा महिला पुरुषबीचको विभेदका बाबजुद पनि भोक, निन्द्रा र थकानलाई बिर्सिएर समाजसेवामा अहोरात्र खटिने सावित्री यही समाजमा खेल्दै, पढ्दै हुर्किनुभएकी एक नारी हुनुहुन्छ ।
सम्पन्न परिवारमा जीवनयापन गरेर पनि प्रत्येक नेपालीको सहारा बनिरहनुभएकी उहाँले विदेशमा अलपत्र परेका व्यक्ति र शवहरुलाई सम्बन्धित ठाउँसम्म पुर्याउन अहोरात्र खटिरहने गर्नुहुन्छ ।
राज्यको उच्च अहोदा, देशको कार्यकारी प्रधानमन्त्रीको सचिवालयमा बसेर थुप्रै काम गरि सक्नुभएकी उहाँलाई समाजसेवा गर्दा, अरुको दुखमा सहारा बन्न पाउँदा खुशी मिल्ने गरेको छ ।
पछिल्लो चरणमा विदेशमा बेचिएकी थुप्रै नेपाली चेलीको उद्धार गरेर नेपाल ल्याएर परिवारको जिम्मा लगाउने, इजरायलमा भएको घटनाका भएका मृत शवलाई उहाँले सम्बन्धित ठाउँमा पुर्याउने, नेपालमै भएका थुप्रै घटनाहरु आगलागि, करेन्ट, बाढी, पहिरो र भूकम्पले क्षति गरेका बेला थुप्रै गरिबहरुका लागि गाउँ बस्तीमा गएर सेवा गर्दै, मठमन्दीर बनाउने कार्य उहाँले गर्दै आउनुभएको छ ।
महिलालाई घर भित्रको काममा मात्र सिमित हुनुपर्छ भन्ने बुझाइ रहेको हाम्रो समाजमा उहाँको त्यो संघर्ष सबैका लागि प्रेरणादायी छ ।
उहाँले भन्नुभयो, “दुई छोरी अस्ट्रेलिया र एउटा छोरा नेपालमै छन् । जीवनसाथी, छोराछोरी सबैले मैले गरिरहेको काममा सहयोग र हौसला प्रदान गर्नुहुन्छ ।”
नेपालमा थुप्रै अभियान र संस्थाका नाममा सहयोग गर्नेहरु थुप्रै छन् । कयौंले स्वार्थले प्रेरित भएर सेवा गरिरहेका हुन्छन् ।तर, सावित्री अधिकारी त्यस्तो सहयोगी नारी हुन् जो नि:स्वार्थ एउटा नेपालीको घाउको मलम पट्टी बनिरहनु भएको छ ।
उहाँ भन्नुहुन्छ, “जीवनको अन्तिम समयसम्म समाजसेवा गर्ने ईच्छा छ । परिवारमा सबै व्यवस्थित भइसके, मैले गर्दै आएको काम सेवा हो । म जहाँ जस्तो सुकै ठाउँमा पुगे पनि सेवा गर्न कहिले छाड्ने छैन ।”
उद्धृत – करण साउद, राजनीतिकर्मी