Advertisement

बझाङ थलाराका राजेन्द्र एक वर्ष देखि ओछ्यानमै, आर्थिक अभावले उपचारमा समस्या

Advertisement


हिटडुल गर्न, आफै खान सक्दैन । व्हील चियरको सहायता पर्छ । कम्मर मुनिको भाग चल्दैन । कम्मरमा घाउ परेको छ । नसा च्यापिएको छ । उपचारका लागि धेरै अस्पताल धाउदा धाउदै । भारतमा रोजगारी गरेर कमाएको र आफन्त बाट ऋण मागेको भएजतिको सबै खर्च सकियोे ।

अहिले पनि उपचार भइरहेको छ । अब सहयोग माग्ने ठाउँ पनि कहि कतै बाँकी छैन । आफन्त ईष्टमित्र सबै बाट सानोतिनो सहयोग मागि सके । सबैसंग हारगुहार गरी सके । आफन्तहरुले पनि सक्दो सहयोग गरी सकेका छन् । अब सहयोग माग्ने ठाउँ पनि बाँकी छैन ।

सम्पती विक्री गरेर छोराको उपचार गराउने हो भने उनि संग सम्पतीको नाममा पाखो जमिन बाहेक अरु केही पनि छैन । भारतमा रोजगारी गरेर छोरा छोरी श्रीमती र आमाको स्याहार गर्दै आएका उनी संगै सम्पती के नै हुन्थ्यो र ? छोराको मुख हेर्दा हेर्दै कतिबेला भक्कानिएर रुन्छन् । छोराको छटपटाहट देख्न सक्दैनन् ।

उनलाई डाक्टरले पनि अप्रेशन गर्नु पर्छ भनेका छन् । अप्रेशन पछी छोरो आफै हिड्न सक्ने र खान सक्ने सम्म हुन्छ रे । अप्रेशन गर्ने भनेको पनि एक महिना पुग्यो । पैशा जम्मा गर्न नसकेकै कारण अप्रेशन सुरु गरेको छैन । डाक्टरले भित्रको खर्चमा आफुहरु सहयोग गर्न तयार रहेको भनेपनि अन्य खर्चका लागि औषधि किन्नका लागि वा बाह्य खर्च र केही भित्री खर्च लाग्ने डक्टरले भन्नु भयो ।

चारैतर्फ हारगुहार गरी सके , सहयोग पाईने बाटो देखेको छैन । कतिकतिबेला आफै मरौकी भन्न सम्म पुग्छु । छोराको उपचार गराउनका लागि आफ्नो शरिरका अंङ्ग समेत विक्री हुने भए विक्री गरिदिन्थे । यो चित्कार थलारा गाउँपालिका वडा नम्बर ५ का रघुनाथ पाध्याको हो ।
गत बर्ष उनका छोरा १७ बर्षिया राजेन्द्र पाध्या अचानक विरामि परे । उनले सामान्य होला ठिक भैहाल्छ भन्ने सोचेर उपचार गर्न अघि बढे । रोग झन झन बल्झीदै गयो । कम्मर भन्दा तल्लो भाग नचल्ने भयो । उनि झन आत्तिए । आफन्त ईष्टमित्र मान्ने जति सबैलाई सहयोग मागेर उपचार गर्नमा ब्यास्त रहे । अहिले पनि ब्यस्तै छन् ।

उपचारको सबै प्रकृया अघि सारेर अन्तिममा अप्रेशन गर्नु पर्ने र छोरा ठिक हुने सल्लाह डाक्टर दिएको समयमा उनि निकै खुःसि भए । तर पैशा अभावका कारण जब अप्रेशन रोकीयो । छोरा विरामी भएर थला परेको छ भने रघुनाथ छोराको उपचार गर्न नसकेको भनेर चिन्ताले थला परेका छन् । अहिले थला परेका राजेन्द्रको उपचार काभ्रेको स्पाईनल इन्जुरी पुनः स्थापना केन्द्र मा भई रहेको छ ।

अब अन्तिममा उपचार गरी निको हुने समयमा पैशा नपाएर छटपटाहट हुनु परेको छ । रोग पत्ता लागेर अप्रेशन गर्दा पैशा नभएर रोकीएको रघुनाथ पाध्याले बताए । उनले भने ‘सरकारी गैर सरकारी निकाय संग हारगुहार गरी रहेको छु । खातामा केही पैसा मात्रै जम्मा भएको छ । कहिले पुरै जम्मा होला र कहिले छोराको अप्रेशन गरौला भन्ने कुराको पर्खाईमा छु । ‘हे दैब हामि गरीब माथि दया गरी देउ ।

दैनिक रुपमा ३।४ हजार खर्च हुन्छ । धन्न अस्पतालले ठुलो सहयोग गरेको छ । नभए विरामी छोरालाई नै लिएर घर फर्कनु पर्ने थियो । एक तर्फ खानाको जोहो गर्न धौ धौ छ भने अर्को तर्फ छोराको उपचारका लागि पैशा जुटाउन । अब आफु संग विकल्प कुनै पनि नरहेकाको बताउदै उनले रुदै – भने अब कि मर्नु र कित विरामी छोरालाई घर लिएर फर्कीनुको विकल्प बाहेक म संग छैन ।कुन दैबले मेरो छोराको उपचार गरीदेलान् ? हामी गरीब माथि कुनै दैबको नजर परिदिए हुन्थ्यो । छोरा छटपटाएको हेर्न सक्दैन । जब अन्तिममा उपचार हुने र अप्रेशन हुने कुरा डाक्टरले भने तर अनि संग न पैशा छ न सम्पती । जसका कारण छोरो बेडमा छटपाउनु परेको छ भने रघुनाथले छोरालाई हेर्दै छटपटाउनु परेको छ’।
उहाँलाई आर्थीक सहयोग गर्न को लागि
कुमारी बैंक
खाता नं :1840102702400001
नाम : Raghunath Paddhya
शाखा: थलारा खोली

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज