Advertisement
Thursday, May 22

बझाङ थलाराका राजेन्द्र एक वर्ष देखि ओछ्यानमै, आर्थिक अभावले उपचारमा समस्या

Advertisement


हिटडुल गर्न, आफै खान सक्दैन । व्हील चियरको सहायता पर्छ । कम्मर मुनिको भाग चल्दैन । कम्मरमा घाउ परेको छ । नसा च्यापिएको छ । उपचारका लागि धेरै अस्पताल धाउदा धाउदै । भारतमा रोजगारी गरेर कमाएको र आफन्त बाट ऋण मागेको भएजतिको सबै खर्च सकियोे ।

अहिले पनि उपचार भइरहेको छ । अब सहयोग माग्ने ठाउँ पनि कहि कतै बाँकी छैन । आफन्त ईष्टमित्र सबै बाट सानोतिनो सहयोग मागि सके । सबैसंग हारगुहार गरी सके । आफन्तहरुले पनि सक्दो सहयोग गरी सकेका छन् । अब सहयोग माग्ने ठाउँ पनि बाँकी छैन ।

सम्पती विक्री गरेर छोराको उपचार गराउने हो भने उनि संग सम्पतीको नाममा पाखो जमिन बाहेक अरु केही पनि छैन । भारतमा रोजगारी गरेर छोरा छोरी श्रीमती र आमाको स्याहार गर्दै आएका उनी संगै सम्पती के नै हुन्थ्यो र ? छोराको मुख हेर्दा हेर्दै कतिबेला भक्कानिएर रुन्छन् । छोराको छटपटाहट देख्न सक्दैनन् ।

उनलाई डाक्टरले पनि अप्रेशन गर्नु पर्छ भनेका छन् । अप्रेशन पछी छोरो आफै हिड्न सक्ने र खान सक्ने सम्म हुन्छ रे । अप्रेशन गर्ने भनेको पनि एक महिना पुग्यो । पैशा जम्मा गर्न नसकेकै कारण अप्रेशन सुरु गरेको छैन । डाक्टरले भित्रको खर्चमा आफुहरु सहयोग गर्न तयार रहेको भनेपनि अन्य खर्चका लागि औषधि किन्नका लागि वा बाह्य खर्च र केही भित्री खर्च लाग्ने डक्टरले भन्नु भयो ।

चारैतर्फ हारगुहार गरी सके , सहयोग पाईने बाटो देखेको छैन । कतिकतिबेला आफै मरौकी भन्न सम्म पुग्छु । छोराको उपचार गराउनका लागि आफ्नो शरिरका अंङ्ग समेत विक्री हुने भए विक्री गरिदिन्थे । यो चित्कार थलारा गाउँपालिका वडा नम्बर ५ का रघुनाथ पाध्याको हो ।
गत बर्ष उनका छोरा १७ बर्षिया राजेन्द्र पाध्या अचानक विरामि परे । उनले सामान्य होला ठिक भैहाल्छ भन्ने सोचेर उपचार गर्न अघि बढे । रोग झन झन बल्झीदै गयो । कम्मर भन्दा तल्लो भाग नचल्ने भयो । उनि झन आत्तिए । आफन्त ईष्टमित्र मान्ने जति सबैलाई सहयोग मागेर उपचार गर्नमा ब्यास्त रहे । अहिले पनि ब्यस्तै छन् ।

उपचारको सबै प्रकृया अघि सारेर अन्तिममा अप्रेशन गर्नु पर्ने र छोरा ठिक हुने सल्लाह डाक्टर दिएको समयमा उनि निकै खुःसि भए । तर पैशा अभावका कारण जब अप्रेशन रोकीयो । छोरा विरामी भएर थला परेको छ भने रघुनाथ छोराको उपचार गर्न नसकेको भनेर चिन्ताले थला परेका छन् । अहिले थला परेका राजेन्द्रको उपचार काभ्रेको स्पाईनल इन्जुरी पुनः स्थापना केन्द्र मा भई रहेको छ ।

अब अन्तिममा उपचार गरी निको हुने समयमा पैशा नपाएर छटपटाहट हुनु परेको छ । रोग पत्ता लागेर अप्रेशन गर्दा पैशा नभएर रोकीएको रघुनाथ पाध्याले बताए । उनले भने ‘सरकारी गैर सरकारी निकाय संग हारगुहार गरी रहेको छु । खातामा केही पैसा मात्रै जम्मा भएको छ । कहिले पुरै जम्मा होला र कहिले छोराको अप्रेशन गरौला भन्ने कुराको पर्खाईमा छु । ‘हे दैब हामि गरीब माथि दया गरी देउ ।

दैनिक रुपमा ३।४ हजार खर्च हुन्छ । धन्न अस्पतालले ठुलो सहयोग गरेको छ । नभए विरामी छोरालाई नै लिएर घर फर्कनु पर्ने थियो । एक तर्फ खानाको जोहो गर्न धौ धौ छ भने अर्को तर्फ छोराको उपचारका लागि पैशा जुटाउन । अब आफु संग विकल्प कुनै पनि नरहेकाको बताउदै उनले रुदै – भने अब कि मर्नु र कित विरामी छोरालाई घर लिएर फर्कीनुको विकल्प बाहेक म संग छैन ।कुन दैबले मेरो छोराको उपचार गरीदेलान् ? हामी गरीब माथि कुनै दैबको नजर परिदिए हुन्थ्यो । छोरा छटपटाएको हेर्न सक्दैन । जब अन्तिममा उपचार हुने र अप्रेशन हुने कुरा डाक्टरले भने तर अनि संग न पैशा छ न सम्पती । जसका कारण छोरो बेडमा छटपाउनु परेको छ भने रघुनाथले छोरालाई हेर्दै छटपटाउनु परेको छ’।
उहाँलाई आर्थीक सहयोग गर्न को लागि
कुमारी बैंक
खाता नं :1840102702400001
नाम : Raghunath Paddhya
शाखा: थलारा खोली

कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

बझाङ: जलवायु परिवर्तन र प्लास्टिक प्रदूषण न्यूनीकरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज बझाङका प्रमुख जिल्ला अधिकारी श्री क...
४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख रुपैयाँ बजेट हिनामिना भएको छ। नभएको काम भएको देखाएर सडक आयोजनाको बजेट हिनामिना गरेको आरोपमा त्यसमा संल...
बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ जिल्लाको तलकोट गाउँपालिकामा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र सेवा फाउण्डेसनको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना...
राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा सहभागी गराउने पूर्वपञ्च नेता नवराज सुवेदी नेत...
कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका सहदेव कुमाल २५ बैशाखमा धनगढीबाट बेपत्ता भएपछि तय भइसकेको विवाह एकाएक रद्द भयो । ...
आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट न...
आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथ...
बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

कैलालीमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । मंगल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज