आगलागीबाट ध्वस्त मष्टा बण्डाली मन्दिरको उम्मेदवार साउँदद्वारा निरीक्षण, पुनःनिर्माणका लागि पहल गर्ने
अछाम- फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार दिपक साउँदले आगजनीबाट पूर्णरूपमा क्षतिग्रस्त बनेको मन्दिरको स्थलगत निरीक्षण गरेका छन्। अछाम क्षेत्र नं-१ का नेकपा एमालेका उम्मेदवार साउँद घरदैलो तथा मतदातासँग भेटघाटका क्रममा मेल्लेख गाउँपालिका- ५ रोकाया गाउँ, महरबाडामा रहेको मष्टा बण्डाली मन्दिर (माणु) पुगेर क्षतिको अवस्थाबारे जानकारी लिएका हुन्।
स्थानीयका अनुसार फागुन २ गते अज्ञात व्यक्तिले आगो लगाउँदा खरले छाएको उक्त मन्दिर पूर्णरूपमा जलेर नष्ट भएको थियो। आगलागीबाट मन्दिरभित्र रहेका धार्मिक सामग्री, प्राचीन तथा पुरातात्त्विक महत्वका वस्तु र देवद्रव्यसमेत जलेर नष्ट भएको स्थानीय मीन महरले जानकारी दिए।
चुनावी आमसभा सम्बोधनका लागि मेल्लेख पुगेका साउँदले मन्दिर निरीक्षणपछि आगजनी जस्तो कार्य निन्दनीय र गलत भएको बताए। “धार्मिक आस्थामाथि प्रहार गर्ने कुनै पनि गतिविधि स्वीकार्य...











