देशभर मनसुनी प्रभाव: केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
धनगढी- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई क्षेत्रमा सक्रिय भएकाले अधिकांश स्थानमा बादल लागेका छन्।
कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आकाश बदली रहनेछ। कोशी र मधेस प्रदेशका केही स्थानहरूमा तथा अन्य धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भने भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि देशभर आकाश बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा अन्य थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...










