सुदूरको कला संस्कृत झल्काउँदै धनगढी
धनगढी - धनगढीस्थित पार्क क्षेत्रको पर्खाल कला संस्कृतिले सुसज्जित हुन थालेको छ ।
सार्वजनिक पर्खालमा वाल पेन्टिङ गरेर धनगढी उपमहानगरपालिकाले सौन्दर्यीकरण गर्न थालेको हो ।
राजनीतिक नारा लेख्न प्रयोग भएका पर्खालमा कला, संस्कृति झल्किने र पर्यटकीय स्थल चिनाउने चित्र कोरिन थालिएको छ ।
धनगढीपार्क क्षेत्रका पर्खाल विगतमा पर्चा, पम्प्लेटले भरिभाउ हुन्थ्यो । अब भने त्यसमा थारू समुदायको सखिया नाच, पहाडी समुदायको भुवा नाच, रानाथारू समुदायको मौलिकता झल्काउने चित्र बनाइएको छ ।
यसै गरी सुदूरपश्चिमका पर्यटकीय क्षेत्रसहित प्रसिद्ध धार्मिक स्थलको चित्र पनि पर्खालमा उतारिएको छ । धनगढीको सौन्दर्य बढाउने उद्देश्यका साथ पर्खालमा कला, संस्कृति झल्किने र पर्यटकीय स्थलको उजागर गर्ने खालका चित्र बनाउने कार्य भइरहेको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए ।
पर्खालमा ब...


