Advertisement

धनगढीमा अपाङ्गता युवा उद्यमशीलता मिनी महोत्सव हुने

Advertisement

धनगढी – कैलालीको धनगढीमा अपाङ्गता युवा उद्यमशीलता र स्वरोजगार मिनी महोत्सव हुने भएको छ।

मंसिर १७ र १८ गते धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा महोत्सव हुने राष्ट्रिय अपाङ्ग महासंघका सुदूरपश्चिम अध्यक्ष मानबहादुर साउँदले बताए। 

‘दिगो विकासका लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिहरूको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धत’ भन्ने मुल नाराका साथ दुई दिने मिनी महोत्सवमा अपाङ्गता भएका व्यक्तिले निर्माण गरेका विभिन्न सामग्री राखिने उनले बताए ।

महोत्सवमा विभिन्न १० वटा स्टल रहने, अपाङ्गगता भएका व्यक्तिहरूको जीवनी राखिने र विभिन्न व्यवसायी, विद्यालयका बालबालिका र सर्वसाधारणलाई महोत्सव अवलोकन गर्ने व्यवस्था मिलाइने जनाइएको छ । 

महोत्सवमा अपाङ्गगता भएका व्यक्तिको क्षमता पहिचान गर्ने, उनीहरूका लागि रोजगार प्रबर्द्धन गर्ने र अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारी दिने निजी क्षेत्रका विभिन्न संस्थालाई सम्मान गरिनेछ ।

महोत्सव आयोजनाबाट सीप भएका अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिलाउन र आफै स्वरोजगार हुन प्रेरणा मिल्ने अध्यक्ष साउँदले बताए । राष्ट्रिय अपाङ्ग महासंघ, सुदूरपश्चिम प्रदेशले ३२ औं अपाङ्गता दिवसको अवसर पारेर मिनी महोत्सव आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङ भीरबाट लड्दा एक किशोरीको मृत्यु

बझाङ भीरबाट लड्दा एक किशोरीको मृत्यु

बझाङ- बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्युु भएको छ ।जिल्लाको बुंगल नगरपालिका-२ मलेराकी १७ वर्षीया डम्मरा धामी भीरबाट लडेर मृत्यु ...
बझाङमा आज साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सवारी आवागमन बन्द

बझाङमा आज साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सवारी आवागमन बन्द

बझाङ- बझाङमा रातिकाे समयमा सवारी साधन आवागमन बन्द  गरिएकाे छ । अविरल वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशास...
कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

धनगढी- कञ्चनपुरमा च्याउ टिप्न भन्दै जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन्। भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित दशरथ टोलका त...
डोटीका प्रथम पत्रकार तथा वरिष्ठ साहित्यकार धनबहादुर मल्लको निधन

डोटीका प्रथम पत्रकार तथा वरिष्ठ साहित्यकार धनबहादुर मल्लको निधन

डोटी- डोटीका प्रथम पत्रकार, वरिष्ठ साहित्यकार, मूर्तिकार तथा पूर्व शिक्षक धनबहादुर मल्लको निधन भएको छ। दिपायल सिलगढी नगरपालिका-६, ...
बझाङको चैनपुरबाट जुवा खेल्दै गरेका ९ जना पक्राउ, ५३ हजार ९९० रुपैयाँ नगद बरामद

बझाङको चैनपुरबाट जुवा खेल्दै गरेका ९ जना पक्राउ, ५३ हजार ९९० रुपैयाँ नगद बरामद

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुरस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रह...
धादिङमा राति सवारी सञ्चालनमा रोक, बाढी–पहिरोको जोखिमपछि प्रशासनको निर्णय

धादिङमा राति सवारी सञ्चालनमा रोक, बाढी–पहिरोको जोखिमपछि प्रशासनको निर्णय

काठमाडौँ- बाढी, पहिरो तथा सडक अवरोधको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार राति अत्यावश्यक बाहेकका स...
गौरीफन्टा सीमानाकामा रुख ढल्यो, बझाङका अटोरिक्सा चालक गम्भीर घाइते

गौरीफन्टा सीमानाकामा रुख ढल्यो, बझाङका अटोरिक्सा चालक गम्भीर घाइते

धनगढी- नेपाली-भारतीय सीमानाका गौरीफन्टामा रुख ढल्दा एक नेपाली अटोरिक्सा चालक गम्भीर घाइते भएका छन्। आइतबार बिहान गौरीफन्टास्थित क्...
दार्चुलामा अति भारी वर्षाको चेतावनी, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

दार्चुलामा अति भारी वर्षाको चेतावनी, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

दार्चुला- जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २ र ३ गते सम्भावित अति भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज