Advertisement

हाम्रो बारेमा

टीकापुरमा नसर्ने रोगबारे सचेतना फैलाउन स्वयंसेविका परिचालन

समाचार
धनगढी - टीकापुर नगरपालिकाले नसर्ने रोगबारे सचेतना फैलाउन स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ ।  नगरपालिकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहनबारे सचेत गराउन समुदायमा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो । पालिकाले १२० स्वयंसेवक महिलालाई तीन दिनको तालिम दिएर समुदायमा पठाएको छ । स्वयंसेवक महिलालाई नसर्ने रोगका प्रकार,लक्षण,बच्ने उपाय र मानसिक स्वास्थ्य समस्याबारे जानकारी दिएको छ । उनीहरुले समुदायमा गएर टोल भेला,गाउँघर क्लिनिक,आमा समूहको बैठक वा स्वास्थ्यका हरेक अभियानमा नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याबारे छलफल गर्न थालेका छन्।...

धनगढीमा आधुनिक बसपार्क निर्माणका लागि डीपीआर तयार

समाचार
धनगढी - कैलालीको धनगढीमा आधुनिक एवं सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ । यसका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको हो ।  नगर विकास कोष र धनगढी उपमहानगरपालिकाको वित्तीय लगानीमा आधुनिक बसपार्क निर्माण हुने भएको छ। धनगढी उपमहानगरपालिका–३ मा प्रस्तावित बसपार्क निर्माणका लागि हालै मात्र डीपीआर निर्माणको काम पूरा भएको उपमहानगरपालिको जनाएको छ ।...

प्रहरी हिरासतमा एकजनाको मृत्यु, अवस्था तनावग्रस्त

समाचार
कैलाली - धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएको छ । स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो । प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको बताए । त्यस क्रममा गोली लागेर एकजना घाइते भएका छन् । स्थानीय शंकर मण्डल घाइते भएका हुन् । उनको एउटा हातमा गोली लागेको हंसपुरका कार्यपालिका सदस्य राजेश सक्सेनाले जानकारी दिए ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ ।...

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर [सूचनासहित]

समाचार
कैलाली - नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ । आज एक सूचना जारी गर्दै बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरेको हो । तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।...

यस्तो छ आजको मौसम

समाचार
धनगढी - आज देशभरको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा नै रहेको छ ।  नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।  कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ।...

एक वर्षे बीएडको विकल्पमा त्रिविले ल्यायो नयाँ कोर्ष

समाचार
कैलाली - त्रिभुवन विश्वविद्यालयले एक वर्षे बीएडको विकल्पमा नयाँ  कोर्षमा भर्ना हुनका लागि आह्वान गरेको छ । त्रिवि शिक्षाशास्त्र संकाय डीनको कार्यालयले एक वर्षे बीएडको विकल्पमा ल्याएको सेमेप्टर प्रणालीमा आधारित अधिस्नातक तह (पीजीडी एजुकेशन) कोर्षमा भर्ना हुन आह्वान गरेको हो । कार्यालयले अधिस्नातक कोर्ष तीन सेमेष्टरको हुने जनाएको छ । डीन कार्यालयको अनुसार अधिस्नातक कार्यक्रम त्रिवि केन्द्रीय क्याम्पससहित देशभरका १३ क्याम्पसमा १४ वटा विषय पढाई हुनेछ । जुनसुकै विषय लिई स्नातक गरेका उत्तीर्ण विद्यार्थीले अधिस्नातक कार्यक्रममा भर्ना हुन पाउनेछन् । शैक्षिक सत्र २०८०/८१ बट शुरु हुन लागेको अधिस्नातक प्रथम सेमिस्टरमा भर्नाका लागि ६ पुसदेखि ११ माघसम्म आवेदन दिन सक्नेछन् । कार्यालयले १४ माघमा प्रवेश परीक्षा सञ्चालन हुने र २१ माघबाट कक्षा सञ्चालन हुने जनाएको छ ।...

धनगढीबाट प्रहरीका पूर्व सई पक्राउ

समाचार
धनगढी - कैलालीको धनगढीबाट नेपाल प्रहरीका पूर्व सई पक्राउ परेका छन्।  धनगढी उपमहानगरपालिका वडा नम्बर २ बाट प्रहरीका पूर्व सई मदन धामी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार धनगढीको त्रिनगरस्थित प्रहरी चौकीले धामीलाई नियन्त्रणमा लिएको हो।  उनलाई जिल्ला प्रहरी कार्यालय, कैलालीको थुनुवा कक्षमा राखिएको छ। धामीलाई अवाञ्छित क्रियाकलाप गरेको र प्रहरीकै विरुद्ध अफवाह फैलाएको भन्दै पक्राउ गरिएको हो।...

धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु

समाचार
धनगढी - कैलालीको धनगढीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।  धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा पाँच वर्षीया शान्ति भट्टको ट्याक्टरको ठक्करबाट मृत्युभएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार भगवती टोलका देवकर भट्टकी पाँच वर्षीया छोरी शान्तिलाई बिहिवार ट्याक्टरले ठक्कर दिएको हो।  हसनपुर–स्याउले सडक खण्डमा से १ त ६२०४ नम्बरको ट्याक्टरले ठक्कर दिदा बालिकाको मृत्यु भएको छ। उनको धनगढीको निर्सग अस्पतालमा मृत्यु भएको हो। बालिकाको शव सेती अस्पतालका शव गृहमा राखिएको छ। ट्याक्टर र ट्याक्टर चालक भजनी नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय रामजनम चौधरी प्रहरीको नियन्त्रणमा छन्।...

‘सुदूरपश्चिम महोत्सव २०८०’ सम्पन्न 

समाचार
धनगढी - सुदूरपश्चिम महोत्सव २०८० को आज समापन गरिएको छ।  मंसिर २२ गतेबाट कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भइरहेको महोत्सवको आज समापन गरिएको हो। बिहीबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यमा समापन कार्यक्रमको आयोजना गरिएको थियो। प्रमुख अतिथि तथा मुख्यमन्त्री शाहले प्रदेशको समग्र क्षेत्रमा सुदूरपश्चिम महोत्सवले विशेष योगदान दिदै आएको बताएका छन्। कैलाली उद्योग वाणिज्य संघ तथा सुदूरपश्चिम महोत्सवलाई प्रदेश सरकारको तर्फबाट हुन सक्ने सहयोगका लागि सरकार तयार रहेको उनले बताएका छन्। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिम महोत्सव एक पर्व जस्तै भएको र यो पर्वलाई सबै मिलेर मनाएको धन्यवाद ज्ञापन गरेका छन्। सुदूरपश्चिम महोत्सवले मन्दीमा चलिरहेको बजार केही मात्रामा फेरि चलायमान भएको उनले बताएका छन्। ...

कैलालीमा कस्तुरीको बिनासहित एक जना पक्राउ

समाचार
धनगढी - कैलालीमा संरक्षित वन्यजन्तु कस्तुरीको बिनासहित एक जनालाई पक्राउ गरिएको छ । प्रदेश प्रहरी कार्यालयको टोलीले चुरे गाउँपालिकाको सहजपुरबाट दुई थान कस्तुरीको बिनासहित सोही ठाउँ बस्ने ४५ वर्षीय दानबहादुर बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले जानकारी दिए ।...

गोदावरीमा ८ सय ५० मिटर लामो जिपलाइन सुरु

समाचार
धनगढी - कैलाली जिल्लाकोे अत्तरिया नगरपालिका गोदावरीमा जिपलाइन सेवा सुरु भएको छ ।  जिपलाइन सेवाको सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गरेका हुन् ।  उद्घाटनका क्रममा मन्त्री देउवाले जिपलाइनलाई प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।   यो जिपलाइन सुदूरपश्चिमकै पहिलो हो । जुन सुदूरपश्चिमको पहाड र तराईको बिच भागमा छ ।  जिपलाइन भएकै स्थान गोदावरीबाट सुप प्रदेशका सात वटा पहाडी जिल्ला जाने मुख्य नाका भएकोले यस्ले समग्र सुपलाई जोड्ने र यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान गर्ने जिप लाइनका सञ्चालक अरुण कुँवरले बताए ।  गोदावरी जिपलाइन एडभेन्चर प्रा.लि. ले सञ्चालन गरेको जिपलाइनको लम्बाइ ८ सय ५० मिटर छ । जिप लाइन सेवा लिनका लागि कम्पनीले प्रति व्यक्ति ७ सय लाग्ने जनाएको छ ।...

डडेल्धुराको एक विद्यालयले घाँस बेचेर शिक्षकलाई तलब दिँदै 

समाचार
महेन्द्रनगर - एउटा सरकारी विद्यालयमा कार्यरत शिक्षक विद्यालय परिसरमा रहेको मैदानको घाँस बेचेर तलब खान्छन् भन्दा पत्यार नलाग्न सक्छ ।  तर त्यो यथार्थ डडेल्धुराको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका-६ चन्दनीस्थित सिद्धनाथ माध्यमिक विद्यालयका निजी स्तरका शिक्षकले भोग्दै आएका छन् । वि.सं.२०३१ मा स्थापना भएको विद्यालयले हजारौँ विद्यार्थी उत्पादन गरेर शिक्षा, स्वास्थ्य, कर्मचारी र राजनीतिक क्षेत्रमा दक्षजनशक्ति दिएको उक्त विद्यालयको आन्तरिक स्रोत नहुँदा समस्या छ ।  निजी स्रोतका शिक्षक एवम् कर्मचारीलाई तलब खुवाउनकै लागि गाउँमा चन्दा सहयोगदेखि विद्यालयको दुई बिघा क्षेत्रफलमा हुने घाँस बिक्री गरेर आर्थिक जोहो गर्नुपरेको विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराईले बताए । “स्थानीय सामुदायिक वनले विगतमा सहयोग गर्दा विद्यालय सञ्चालनमा अलि सहयोग पुगेको थियो ।” प्रधानाध्यापक भट्टरा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज