
धनगढी – सुदूरपश्चिम महोत्सव २०८० को आज समापन गरिएको छ।
मंसिर २२ गतेबाट कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भइरहेको महोत्सवको आज समापन गरिएको हो।
बिहीबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यमा समापन कार्यक्रमको आयोजना गरिएको थियो। प्रमुख अतिथि तथा मुख्यमन्त्री शाहले प्रदेशको समग्र क्षेत्रमा सुदूरपश्चिम महोत्सवले विशेष योगदान दिदै आएको बताएका छन्।
कैलाली उद्योग वाणिज्य संघ तथा सुदूरपश्चिम महोत्सवलाई प्रदेश सरकारको तर्फबाट हुन सक्ने सहयोगका लागि सरकार तयार रहेको उनले बताएका छन्।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिम महोत्सव एक पर्व जस्तै भएको र यो पर्वलाई सबै मिलेर मनाएको धन्यवाद ज्ञापन गरेका छन्। सुदूरपश्चिम महोत्सवले मन्दीमा चलिरहेको बजार केही मात्रामा फेरि चलायमान भएको उनले बताएका छन्।