
धनगढी – टीकापुर नगरपालिकाले नसर्ने रोगबारे सचेतना फैलाउन स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ ।
नगरपालिकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहनबारे सचेत गराउन समुदायमा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो ।
पालिकाले १२० स्वयंसेवक महिलालाई तीन दिनको तालिम दिएर समुदायमा पठाएको छ । स्वयंसेवक महिलालाई नसर्ने रोगका प्रकार,लक्षण,बच्ने उपाय र मानसिक स्वास्थ्य समस्याबारे जानकारी दिएको छ ।
उनीहरुले समुदायमा गएर टोल भेला,गाउँघर क्लिनिक,आमा समूहको बैठक वा स्वास्थ्यका हरेक अभियानमा नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याबारे छलफल गर्न थालेका छन्।