कैलाली – त्रिभुवन विश्वविद्यालयले एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्षमा भर्ना हुनका लागि आह्वान गरेको छ ।
त्रिवि शिक्षाशास्त्र संकाय डीनको कार्यालयले एक वर्षे बीएडको विकल्पमा ल्याएको सेमेप्टर प्रणालीमा आधारित अधिस्नातक तह (पीजीडी एजुकेशन) कोर्षमा भर्ना हुन आह्वान गरेको हो ।
कार्यालयले अधिस्नातक कोर्ष तीन सेमेष्टरको हुने जनाएको छ ।
डीन कार्यालयको अनुसार अधिस्नातक कार्यक्रम त्रिवि केन्द्रीय क्याम्पससहित देशभरका १३ क्याम्पसमा १४ वटा विषय पढाई हुनेछ । जुनसुकै विषय लिई स्नातक गरेका उत्तीर्ण विद्यार्थीले अधिस्नातक कार्यक्रममा भर्ना हुन पाउनेछन् ।
शैक्षिक सत्र २०८०/८१ बट शुरु हुन लागेको अधिस्नातक प्रथम सेमिस्टरमा भर्नाका लागि ६ पुसदेखि ११ माघसम्म आवेदन दिन सक्नेछन् । कार्यालयले १४ माघमा प्रवेश परीक्षा सञ्चालन हुने र २१ माघबाट कक्षा सञ्चालन हुने जनाएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३