Advertisement

हाम्रो बारेमा

लाइन्स क्लब अफ धनगढी आरम्भको अध्यक्षमा आयान नविन धामी चयन

लाइन्स क्लब अफ धनगढी आरम्भको अध्यक्षमा आयान नविन धामी चयन

समाचार
धनगढी । लाइन्स क्लब अफ धनगढी आरम्भको वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। आइतबार धनगढीस्थित लोटस क्याफेको सभा हलमा सम्पन्न साधारण सभाले लायन आयान नविन धामीलाई अध्यक्षमा चयन गरेको हो। साधारण सभाबाट अध्यक्षसहित विभिन्न पदाधिकारीहरू चयन गरिएको क्लबले जनाएको छ। नवगठित कार्यसमितिअनुसार प्रथम उपाध्यक्षमा लायन दीपक राज जोशी, द्वितीय उपाध्यक्षमा लायन केवल राज जोशी, तृतीय उपाध्यक्षमा लायन तर्कराज भट्ट, सचिवमा लायन दीपक जोशी तथा कोषाध्यक्षमा लायन हेमन्त पन्त चयन भएका छन्। क्लबका निवर्तमान अध्यक्ष चेतन चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा Lions International District 325N का District Senior Executive Chief (GMT Coordinator) PMJF जनक राज जोशी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। नवनिर्वाचित अध्यक्ष धामीले आफ्नो कार्यकालमा क्लबको सामाजिक उत्तरदायित्वलाई थप प्...
रास्वपाको सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा हेमराज जोशीलाई अघि सार्ने माग

रास्वपाको सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा हेमराज जोशीलाई अघि सार्ने माग

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश सहमहामन्त्री पदमा सामाजिक अभियन्ता हेमराज जोशीलाई नेतृत्वमा ल्याउनुपर्ने माग कार्यकर्ता तथा शुभेच्छुकहरूबीच बलियो बन्दै गएको छ। कैलालीको एक साधारण परिवारमा जन्मिएका जोशी लामो समयदेखि सामाजिक न्याय, सुशासन र नागरिक अधिकारको पक्षमा सक्रिय रूपमा आवाज उठाउँदै आएका छन्। सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका उनी अन्याय, विभेद र भ्रष्टाचारविरुद्ध सडकदेखि सामाजिक अभियानसम्म अग्रसर हुँदै आएका व्यक्तिका रूपमा परिचित छन्। विगत एक दशकभन्दा बढी समयदेखि विभिन्न सामाजिक मुद्दामा संघर्ष गर्दै आएका जोशीले विशेषगरी कोरोना महामारीका बेला समस्यामा परेका नागरिकलाई खाद्यान्न तथा राहत सामग्री वितरणमा सक्रिय भूमिका निर्वाह गरेका थिए। विपन्न तथा असहाय नागरिकको सहयोगमा निरन्तर खटिने उनको कार्यशैलीले समाजमा सकारात्मक छवि निर्माण गरेको छ। उ...
रास्वपा सुदूरपश्चिम अधिवेशन, गणेश बहादुर बोहरा पुनः सह-महामन्त्रीमा उम्मेदवार

रास्वपा सुदूरपश्चिम अधिवेशन, गणेश बहादुर बोहरा पुनः सह-महामन्त्रीमा उम्मेदवार

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश अधिवेशनमा गणेश बहादुर बोहराले सह–महामन्त्री पदमा पुनः उम्मेदवारी घोषणा गरेका छन्। कुनै राजनीतिक पृष्ठभूमिबाट नआएका बोहरा पार्टी स्थापनाकालदेखि नै सुदूरपश्चिम प्रदेशका संस्थापक सदस्यका रूपमा सक्रिय रहँदै आएका छन्। प्रदेशका नौवटै जिल्लामा संगठन विस्तार तथा सुदृढीकरणका लागि उनले महत्वपूर्ण भूमिका खेलेको पार्टी वृत्तमा चर्चा छ। सुदूरपश्चिममा करिब ८–१० जनाबाट सुरु भएको संगठनलाई आज करिब ५० हजार सदस्य तथा समर्थकसम्म विस्तार गर्न योगदान पुर्‍याउने नेतृत्वमध्ये बोहरालाई पनि एक मानिन्छ। संगठन निर्माणमा निरन्तर खटिएका उनी कम बोल्ने, इमान्दार, जिम्मेवार र मेहनती नेताका रूपमा परिचित छन्। पेशाले कृषक तथा यातायात व्यवसायी रहेका बोहरा व्यवहारिक अनुभव, संगठनप्रतिको निष्ठा र कार्यशैलीका कारण कार्यकर्तामाझ लोकप्रिय मानिन्छन्। संगठनलाई अझ सशक्...
च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी– कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालिका–४ निवासी ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउद रहेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराका अनुसार नदीमा आएको बाढीले बगाएका दुवै महिलाको शव गोदावरी नदीस्थित आर्यघाट नजिक फेला परेको हो। शुक्रवार बिहान नदी किनारमा शव फेला परेको उनले जानकारी दिए। प्रहरीका अनुसार दुवै महिला शुक्रवार बिहान च्याउ टिप्न जंगलतर्फ गएका थिए। सोही क्रममा नदीमा एक्कासी आएको बाढीले उनीहरूलाई बगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- अछामको मेल्लेख गाउँपालिकाको राजनीतिक वृत्तमा तरंग पैदा हुने गरी नेपाली कम्युनिष्ट पार्टी का पुराना नेता लोकबहादुर बोहरा ‘अविरल’ले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। २०५६ सालदेखि ‘मृत्यु वा मुक्ति’को नारा बोकेर जनयुद्धमा सक्रिय रहेका बोहराले २७ वर्ष लामो राजनीतिक यात्रालाई विश्राम दिने निर्णय सार्वजनिक गरेपछि अछामको राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी र प्रतिक्रियाहरू सुरु भएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै बोहराले बाँकी जीवन समाज, देश र सत्यको मार्गमा समर्पित गर्ने उल्लेख गरेका छन्। उनले पार्टी नेतृत्वप्रति कृतज्ञता व्यक्त गरे पनि पार्टीभित्र देखिएका अन्तरविरोध वा आफ्नो निर्णयका कारणबारे खुलाउन चाहेनन्। माओवादी आन्दोलनका कठिन दिनदेखि पार्टी संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका बोहराको बहिर्गमनलाई धेरैले अछामको माओवादी राजनीतिका...
आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको चुरे गाउँपालिका- २ देशना सलानीका लालबहादुर सार्कीको परिवारलाई आगलागीबाट भएको क्षतिपछि सङ्कलित सहयोग रकम हस्तान्तरण गरिएको छ। गत जेठ २ गते अचानक भएको आगलागीबाट सार्कीको घरमा रहेको खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री पूर्ण रूपमा नष्ट हुँदा परिवार ठूलो समस्यामा परेको थियो। आर्थिक तथा सामाजिक अवस्था कमजोर रहेको पीडित परिवारलाई सहयोग जुटाउन सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिएको थियो। सहयोग अभियानमा मनोज साउद, ललित दियाकोटी, यादव बोहरा, राम सार्की, बम सार्की, सेरबहादुर सार्की तथा भीमबहादुर सार्कीको सक्रियतामा विभिन्न सहयोगी मनहरूबाट रु ३२ हजार ६३५ सङ्कलन गरिएको थियो। सङ्कलित रकम बुधबार वडा सदस्य नरबहादुर साउँदको अध्यक्षतामा आयोजित कार्यक्रममा पीडित परिवारलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा उपस्थित वक्ताहरूले विपद्को समयमा मानवीय सहयोग र सामाजिक एकता महत्वपूर्ण ह...
पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
चुल्ठिमा रिबनको डोरी, मुन्टा लाउन्या काटा, आउँदा जादा डिठ पणन्छे साइका सुत्न्या कोठा.. यस्तै गीतबाट हजारौँ स्रोता-दर्शकको मन जितेकी चर्चित देउडा गायिका निरुता खत्री पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायक (Chief Jury) मा चयन भएकी छन्। अछामको ढकारी गाउँपालिका–२ मा जन्मिएकी निरुता खत्रीको यात्रा सामान्य कलाकारको मात्र होइन, संघर्षलाई सफलतामा रूपान्तरण गर्ने प्रेरणादायी कथा पनि हो। विद्यालय जीवनमै उनी खेलकुदमा अब्बल थिइन्। कक्षा ६ देखि १२ सम्म राष्ट्रपतिको रनिङ शिल्ड तथा क्षेत्रीयस्तरका भलिबल प्रतियोगितामा सहभागिता जनाएकी उनले दौड, कबड्डी, सटपुट, भाला फ्याँक लगायतका विभिन्न खेलमा पनि आफ्नो क्षमता देखाएकी थिइन्। खेलप्रति गहिरो लगाव भए पनि समयसँगै उनको जीवनले नयाँ मोड लियो। एसएलसीपछि आधारभूत पत्रकारिता तालिम लिएर उनी रेडियो क्षेत्रमा प्रवेश गरिन्। रेडियो आरजेका रूपमा सोसाइटी एफ...
औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

समाचार
  नेपालगञ्ज, । औषधिको समुचित प्रयोग, गुणस्तरीय फार्मेसी सेवा प्रवाह तथा औषधि व्यवस्थापनका समसामयिक चुनौतीबारे सरोकारवालाबीच नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। औषधि व्यवस्था विभाग, नेपालगञ्ज शाखा कार्यालयको आयोजनामा सोमबार   नेपालगञ्जमा आयोजित कार्यक्रममा औषधिको सुरक्षित तथा जिम्मेवार प्रयोग, औषधि सेवा विस्तार, जनशक्ति व्यवस्थापन, नियमनको प्रभावकारिता तथा ग्रामीण क्षेत्रमा औषधिको पहुँचलगायत विषयमा व्यापक छलफल गरिएको थियो। कार्यक्रमको अध्यक्षता औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखा कार्यालयकी प्रमुख निनु श्रेष्ठले गर्नुभएको थियो भने बाँकेका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङ प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी सशस्त्र प्रहरी बलका एसपी, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) तथा नेपाल औषधि व्यवसायी संघ, नेपाल फार्मास्युटिकल एसोसिएसन, नेपाल आयुर्वेदिक संघ, ने...
आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अछामको रामारोसन गाउँपालिका-५ की बालिका कल्पना बुढाको परिवारलाई संकलित रु ४ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। विद्यालयमा झोला वितरण कार्यक्रमका क्रममा आमाको मृत्यु भएपछि एक वर्षका भाइलाई बोकेर विद्यालय जाने कल्पनाको मार्मिक कथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवरले तयार पारेको भिडियो व्यापक रूपमा भाइरल भएपछि देश तथा विदेशबाट सहयोग जुट्न थालेको थियो। कल्पनाको पारिवारिक अवस्था सार्वजनिक भएसँगै विभिन्न व्यक्तिहरूले मानवीय सहयोगस्वरूप आर्थिक रकम उपलब्ध गराएका थिए। अभियानमार्फत संकलित रु ४ लाख ५० हजार रकम आज एक कार्यक्रमका बीच परिवारलाई हस्तान्तरण गरिएको हो। सहयोग संकलनदेखि रकम हस्तान्तरणसम्म सक्रिय भूमिका निर्वाह गरेकी लक्ष्मी बोगटी कुँवरप्रति स्थानीयवासी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले धन्यवाद व्यक्त गरेका छन्। स्थानीयका अनु...
चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

समाचार
  धनगढी, असार ८ – कैलालीको चुरे गाउँपालिका लाई आर्थिक वर्ष २०८२/०८३ का लागि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ। आवश्यक सबै मापदण्ड तथा प्रक्रिया पूरा गरेपछि गाउँपालिकाले पूर्णखोप सुनिश्चितताको अवस्था हासिल गरेको हो। गाउँपालिकाको नियमित कार्यक्रमअन्तर्गत ० देखि ५९ महिनासम्मका बालबालिकाको घरधुरी सर्वेक्षण गर्दा कुल १ हजार ४५२ जना बालबालिका पहिचान गरिएको थियो। सर्वेक्षणअनुसार १५ महिनामुनिका ३८८ जना बालबालिकाले नियमित खोप सेवा प्राप्त गरिरहेका छन् भने १६ देखि ५९ महिनासम्मका १ हजार ६४ जना बालबालिकाले १५ महिनाभित्र प्राप्त गर्नुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक बिक्रम बहादुर बोहरा ले जानकारी दिए। पूर्णखोप सुनिश्चितता निर्देशिकाअनुसार आवश्यक सबै मापदण्ड पूरा गरेपछि गाउँपालिकाले यो उपलब्धि हासिल गरेको हो। ग...
समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

Breaking News 1, कैलाली, ताजा अपडेट, ब्यापार, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङका युवा समाजसेवी तथा राजनीतिक व्यक्तित्व युवराज भण्डारी व्यवसायिक क्षेत्रमा प्रवेश गरेका छन्। लामो समयदेखि समाजसेवा र राजनीतिमा सक्रिय भण्डारीले शनिबारदेखि कैलालीको धनगढीस्थित बसपार्क रोडमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालनमा ल्याएका हुन्। ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको होटलमा स्वादिष्ट खाना तथा नास्तासँगै अर्गानिक परिकारको विशेष व्यवस्था गरिएको छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कोदो र मकैको रोटीलगायतका परिकार उपलब्ध गराइने होटल सञ्चालक भण्डारीले जानकारी दिए। होटलमा बसोबासका लागि AC, Non-AC तथा Deluxe AC कोठा उपलब्ध छन्। साथै विभिन्न सभा, गोष्ठी तथा कार्यक्रमका लागि मिटिङ हल को सुविधा समेत रहेको छ। स्वदेशी तथा विदेशी पेय पदार्थको व्यवस्था गरिनुका साथै ग्राहकको आवश्यकता र चाहनाअनुसार सेवा प्रदान गर्ने लक्ष्य रहेको सञ्चालक भण्...
बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति
धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवारीबाट राजीनामा दिएका छन्। बिहीबार सार्वजनिक गरेको लामो राजीनामा पत्रमार्फत थापाले पार्टीको वैचारिक दिशा, कार्यनीति तथा निर्णय प्रक्रियाप्रति असहमति जनाउँदै राजीनामा दिएको जानकारी दिएका हुन्। उनले पछिल्लो समय पार्टीका केन्द्रीय समितिका बैठकबाट पारित कार्यनीति तथा निर्णयहरूमा देखिएको अस्पष्टता, वैचारिक विचलन र आत्मरतिमा आधारित निर्णय प्रक्रियाले आफूलाई गम्भीर रूपमा चिन्तित बनाएको उल्लेख गरेका छन्। थापाले पार्टीभित्र विभिन्न जिम्मेवारी निर्वाह गर्दै जिल्ला पार्टी सचिवालय सदस्य, विभिन्न मोर्चाका तीन जिल्लाको इन्चार्ज, केन्द्रीय सचिवालय सदस्य तथा अखिल (समाजवादी) राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्यसम्मको भूमिका निभाएका थिए। राजीनामा पत्रमा उनले आफू पार्टीबाट अलग भए ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज