Advertisement

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

Advertisement

धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवारीबाट राजीनामा दिएका छन्।
बिहीबार सार्वजनिक गरेको लामो राजीनामा पत्रमार्फत थापाले पार्टीको वैचारिक दिशा, कार्यनीति तथा निर्णय प्रक्रियाप्रति असहमति जनाउँदै राजीनामा दिएको जानकारी दिएका हुन्। उनले पछिल्लो समय पार्टीका केन्द्रीय समितिका बैठकबाट पारित कार्यनीति तथा निर्णयहरूमा देखिएको अस्पष्टता, वैचारिक विचलन र आत्मरतिमा आधारित निर्णय प्रक्रियाले आफूलाई गम्भीर रूपमा चिन्तित बनाएको उल्लेख गरेका छन्।
थापाले पार्टीभित्र विभिन्न जिम्मेवारी निर्वाह गर्दै जिल्ला पार्टी सचिवालय सदस्य, विभिन्न मोर्चाका तीन जिल्लाको इन्चार्ज, केन्द्रीय सचिवालय सदस्य तथा अखिल (समाजवादी) राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्यसम्मको भूमिका निभाएका थिए।
राजीनामा पत्रमा उनले आफू पार्टीबाट अलग भए पनि न्याय, समानता, स्वतन्त्रता र मानव मुक्तिको आदर्शबाट भने अलग नभएको बताएका छन्। “आज म पार्टी छोड्दै छु, तर क्रान्तिको सपना छोडेको छैन,” उनले पत्रमा उल्लेख गरेका छन्।
थापाले आजकै मितिदेखि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) तथा मातहतका सबै संगठनात्मक जिम्मेवारी, सदस्यता र पदबाट राजीनामा दिएको र आफू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको जानकारी गराएका छन्।
उनले संघर्षका सहयात्रीहरूप्रति सम्मान व्यक्त गर्दै विचार र बाटो फरक भए पनि न्यायपूर्ण समाज निर्माणको साझा सपना कायम रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। राजीनामा पत्रको अन्त्यमा उनले “कहिलेकाहीँ एउटा यात्रा समाप्त गर्नु पराजय होइन, सत्यप्रति इमानदार रहन गरिएको साहसी निर्णय हो” भन्दै आफ्नो निर्णयलाई अन्तरआत्माको आवाजका रूपमा प्रस्तुत गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

वडाध्यक्ष  खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

वडाध्यक्ष खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका– ६ का वडाध्यक्ष हरिश खड्काले राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी वहादुर सिंहको स्मृति भवन...
सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकाले मंगलबार एकदिन शोक विदा दिएको छ। गत सनिवार केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ स...
गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-५ जाफ्रीमा रहेको गौरी माध्यमिक विद्यालयले जीप दुर्घटनाका घाइतेको उपचारका लागि आर्थिक सहयोग गरेको...

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

बझाङ- बझाङमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले केदारस्युँ गाउँपालिका-७ सुँगरेमा भएको जीप दुर्घटना प्रति दु:ख व्यक्त गर्...
थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

बझाङ- बझाङको थलारा गाउँपालिका-२ मा अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । आईतवार थलारा-२ रानीगाडमा आएको बाढी पहिरोल...
बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-६, बिसौना बजारमा न्यू कृष्ण सुनचाँदी गहना पसल सञ्चालनमा आएको छ। विगत लामो समयदेखि झोता बजारमा...
आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज