सहकर्मीलाई धम्क्याउने धौलागिरि अस्पतालका डाक्टरले मागे माफी
बागलुङ —अस्पतालमा कार्यरत सहकर्मी चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई धम्क्याउने धौलागिरि अस्पतालका मेडिकल अधिकृत नन्दनप्रसाद शाहले सार्वजनिक माफी मागेका छन् ।
पीडितले सेवा ठप्प पारेर प्रशासनमा सुरक्षा माग्न पुगेपछि शाहले आगामी दिनमा त्यस्तो कार्य नगर्ने लिखित प्रतिबद्धता जनाएका हुन् । अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाइ शाहले केही दिनअघि निधारमा गोलीको टिका लगाइदिने धम्की दिएका थिए ।
उक्त धम्की दिएपछि काम गर्न असहज भएको भन्दै सुरक्षा मागेर प्रशासनमा पुगेका चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले सुरक्षाको प्रत्याभूति दिने भन्दै आश्वास्त पारेका थिए । प्रशासनमै भएको सर्वपक्षीय बैठकमा शाहले लिखित माफी मागेका हुन् ।
अत्यावश्यक सेवा भएकोले चिकित्सक र स्वास्थ्यकर्मीले पनि आन्दोलन छाडेर काममा फर्केका छन् । प्रजिअ सुवेदी सहित अस्पताल व्यवस्थापन समितिका अध...












