Advertisement

डडेल्धुरा आरती हत्या प्रकरण : पोस्टमार्टम रिपोर्टले के भन्छ ?

Advertisement

धनगढी: डडेल्धुरामा मृत भेटिएकी किशोरीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ। सदरमुकाम अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका थिए। अहिले उनीमाथि थप अनुसन्धान जारी छ। प्रहरीले अहिले पोस्टमार्टम रिपोर्ट आइसकेको र थप रगत, कपाल तथा भेजाइनल स्वाव परीक्षणका लागि पठाइएको जनाएको छ। डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या भने आफूले गरेको स्वीकारेका छन्। पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल सञ्चालन गरिरहेका भण्डारीले पसलभित्रै किशोरीको शनिबार हत्या गरेको स्वीकार गरेका हुन्।

आवेशमा आएर किशोरीको घाँटी थिचेर हत्या गर्नुको कारण भने अझै नखुलेको बताइन्छ। तर स्थानीयले किशोरीको बलात्कारपछि हत्या गरिएको दावी गरेका छन्। उता प्रहरीले भने सो विषयलाई प्रष्ट भनिसकेको छैन। प्रहरीले घर्षण भएको पोस्टमार्टमले देखाएपनी बलात्कार नै नभएको जनाएको छ। जबरजस्ती करणी गर्न खोज्दा किशोरीको प्रतिकारपछि आवेशमा आएर हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ।

प्रहरीका अनुसार ती किशोरीले आफू भारत जान लागेको बताउँदै केही रकम चाहिएको भन्दै भण्डारीलाई दशैंअघि २३ गते पनि भेटेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। किशोरी आरती २५ गते दिउँसोसम्म घरमै रहेको र ४ बजे गहुँ पिस्न स्थानीय पोखरा बजारको मिलमा गएकी थिइन्। त्यसबेला उनले बजारमा चप्पल पनि किनेको पाइएको छ। भण्डारीसँग किशोरीको एक वर्ष अघिदेखि चिनजान रहेको उल्लेख गर्दै प्रनाउ श्रेष्ठले भने ‘किशोरी भण्डारीको पसलमा साँझ ५ बजेतिर पुगेको देखिन्छ, कुराकानीकै क्रममा आवेशमा हत्या भएको भनिएको छ।’

त्यसपछि भण्डारीले आरतीको शव प्लाष्टिकको बोरामा प्याक गरेर पसल बाहिर राखेका थिए। हतारमा पसल बन्द गरेर भाग्ने क्रममा उनको मोटरसाइकल पसल अगाडि नै ढलेपछि नजिकैका सुरक्षाकर्मीले उठाउन सहयोग गरे। आफ्नै पसल अगाडि शव राखेका उनी त्यसपछि डडेल्धुरा सदरमुकाम हुँदै पोखराबाट १० किलोमिटर टाढाको स्याउले बजार पुगेको अनुसन्धानबाट खुलेको छ। प्रहरी स्रोत भन्छ– पसल बाहिर शव राखेर निस्किएका उनले तीन किमी पर पुगेपछि फर्केर तुफानडाँडामा तीन घण्टा मदिरा पिएका थिए। राति ९ बजेतिर फर्केर पसल खोले। म।१ प १४५४ नम्बरको आफ्नै मोटरसाइकलमा शवको बोरा बाँधेर व्यवस्थापन गर्ने तयारीमा रहेका बेला कुकुर भुक्न थालेपछि भण्डारी अलमलमा परेपछि मोटरसाइकल नालीमा ढलेको देखिन्छ।

त्यसपछि पोखरा बजारको १० मिटर पूर्वमा शव फालेर भण्डारी भागे। तर, उनको टोपी र चप्पल भने शव फालेकै ठाउँमा छुट्न पुग्यो। शव नजिकै भेटिएको आरोपीको टोपी र चप्पलका कारण प्रहरीले भोलिपल्ट बिहान शौचालयमा लुकेको अवस्थामा भण्डारीलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज