काठमाण्डाै – सरकारले गएको असोज ११ र १२ गते आएको बाढी पहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगर्भिक अध्ययन शुरू गरेको जनाएको छ ।
राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजकाे बैठकमा गृहसचिव गोकर्णमणि दवाडीले भौगर्भिक अध्ययन भइरहेको र ३४ वटा पालिकाको जोखिमयुक्त बस्तीमा भौगर्भिक अध्ययन सम्पन्न भएको जानकारी दिनुभयो ।
प्राकृतिक विपद् जोखिम रहेका सुर्खेत, सिन्धुपाल्चोक, झापा, महोत्तरीलगायतका ४९ ठाउँमा पूर्वसूचना प्रणाली जडान गरिएको जानकारी दिँदै गृहसचिव दवाडीले विपद् पूर्वतयारी, खोज, उद्धार र राहतका लागि पालिकामा स्वयंसेवक ब्युरो गठन गरिएको र अहिलेसम्म ब्युरोमा एक लाख एक हजार दुई सय ८८ जना स्वयंसेवक दर्ता भइसकेका बताउनुभयाे ।
बैठकमा सांसदहरूले सरकारले प्रकोपको सामना गर्न बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । असोज महिनामा आएको बाढी पहिरो प्रभावितहरू अझै राहतबाट वञ्चित भएको भन्दै बैठकमा सांसदहरूले तत्काल राहत पुर्याउन सरकारलाई आग्रह गरेका छन् ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३