बेलडाँडीका कलौनी दाजुभाइ : साधारण परिवारको घरदेखि राष्ट्रसेवाको शिखरसम्मको अनुकरणीय यात्रा
बेलडाँडी कंचनपुर ।
सिमान्त ग्रामिण पृष्ठभूमिमा जन्मिएका तर देश सेवा गर्ने ठूलो हृदय बोकेका कलौनी दाजुभाइ आज बेलडाँडी मात्र होइन, सुदूरपश्चिमका युवाहरूका लागि प्रेरणाको अद्भुत स्रोत बनेका छन्।
साधारण मध्यम वर्गीय घर, आमाको माया, बाबुको पसिना र देशलाई आफ्नो कर्मभूमि बनाउने दृढ विश्वास—यही मूल भावनाले दाजुभाइलाई जीवनको कठिन बाटोमा पनि पछि हट्न दिएन।
दाइ– रविन्द्र कलौनी : देशको माटो र जनताको सुरक्षामा समर्पित हृदय
नेपाल प्रहरीको असईबाट सुरु भएको उनले यात्रा केवल जागिरको चाहना थिएन,
यो देश, जनता र सीमाप्रतिको अद्भुत माया थियो।
रविन्द्रले भने “देशले हामीलाई जन्म दियो, पहिचान दियो। हामीले केही फर्काउनै पर्छ।”
यही विश्वासलाई हृदयमा राख्दै
निरन्तर अनुशासन, कठिन प्रशिक्षण र आत्मविकासमा समर्पित रहेर
उनी अहिले सशस्त्र प्रहरी निरीक्षक (APF Inspector) पदको अन्तिम नतिजामा टप १० भित्र स्थान प्राप...











