Advertisement

बेलडाँडीका कलौनी दाजुभाइ : साधारण परिवारको घरदेखि राष्ट्रसेवाको शिखरसम्मको अनुकरणीय यात्रा

Advertisement

बेलडाँडी कंचनपुर ।

सिमान्त ग्रामिण पृष्ठभूमिमा जन्मिएका तर देश सेवा गर्ने ठूलो हृदय बोकेका कलौनी दाजुभाइ आज बेलडाँडी मात्र होइन, सुदूरपश्चिमका युवाहरूका लागि प्रेरणाको अद्भुत स्रोत बनेका छन्।

साधारण मध्यम वर्गीय घर, आमाको माया, बाबुको पसिना र देशलाई आफ्नो कर्मभूमि बनाउने दृढ विश्वास—यही मूल भावनाले दाजुभाइलाई जीवनको कठिन बाटोमा पनि पछि हट्न दिएन।

दाइ– रविन्द्र कलौनी : देशको माटो र जनताको सुरक्षामा समर्पित हृदय

नेपाल प्रहरीको असईबाट सुरु भएको उनले यात्रा केवल जागिरको चाहना थिएन,

यो देश, जनता र सीमाप्रतिको अद्भुत माया थियो।

रविन्द्रले भने “देशले हामीलाई जन्म दियो, पहिचान दियो। हामीले केही फर्काउनै पर्छ।”

यही विश्वासलाई हृदयमा राख्दै

निरन्तर अनुशासन, कठिन प्रशिक्षण र आत्मविकासमा समर्पित रहेर

उनी अहिले सशस्त्र प्रहरी निरीक्षक (APF Inspector) पदको अन्तिम नतिजामा टप १० भित्र स्थान प्राप्त गर्न सफल भएका छन्।

सफलतापछि उनले लेखेका भावपूर्ण शब्दहरू आज धेरै नेपाली युवाहरूको मन छुन्छ—

“दूधको भारा तिर्न आएको छु आमा, पल्टनमा…

बाबुले बगाएको पसिनालाई न्याय दिन

र अर्को पुस्तालाई देशप्रेमको अर्थ सिकाउन आएको छु।  “

यो केवल एक सैनिकको भावना होइन—

देशको माटोलाई प्रेम गर्ने सपूतको प्रतिज्ञा हो।

भाइ– गोविन्द कलौनी : दाइको मार्गदर्शन, अनुशासनको दीप र सफलताको क्षितिज

गोविन्दले जीवनभरी रविन्द्रलाई मात्र दाइ होइन, गुरुका रूपमा पनि हेरे।

दाइको जीवनशैली, बोलाइ, चरित्र र जिम्मेवारी बुझ्दै उनले पनि आफ्नो लक्ष्य देश र जनताको सेवामा रहेको पुष्ठि पारिदिए ।

दाइको मार्गदर्शन, घरको संस्कार र आफ्नै श्रम

यी तीन आधारमा गोविन्द अहिले नेपाल प्रहरीको १७९औँ ब्याचमा असईका रूपमा पासआउट भएका छन्। उनले पनि देशको सेवा गर्ने चाहाना भएको त दाइ बाट थप उर्जा प्राप्त भएको कुरा बताए । आफू पनि थप मिहिनेत गरेर अझै सफल बन्ने चाहाना रहेको कुरा बताए ।

पासआउट समारोहमा आमाको आँखा रसाएको,

तर त्यो आँसु पीडाको होइन

गौरव, साहस र सफलताको आँसु थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज