धनगढी- कैलालीको गोदावरीमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार महाकाली राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–५ तेघरीमा आर्मी ब्यारेक गेट नजिकै बुधबार बिहान साढे ६ बजे दुर्घटना भएको हो।
दिपायलबाट धनगढीतर्फ आउँदै गरेको ना ५ ख ५२५ नम्बरको बसले करिब ८० वर्षीया अज्ञात वृद्धालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

