Advertisement

ताजा अपडेट

थुनछेकू बहस रोकियो, रबिलाई प्रहरीको जिम्मा लगाइयो

थुनछेकू बहस रोकियो, रबिलाई प्रहरीको जिम्मा लगाइयो

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोप लागेका उनी आज अदालतमा उपस्थित भएका थिए । न्यायाधीश माधव अधिकारीको इजलासमा बयान सकिएपनि उनको थुनछेक बहसभने आज रोकिएको छ । इजलासले उनको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । रविलाई न्यायिक हिरासतमा राख्ने आदेश भएको छ । लामिछानेविरुद्ध संगठितरूपमा ठगी गरेको आरोप छ । सो प्रकरणमा रविसहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो । लामिछाने गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटी तिरेर छुटेका थिए । कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगीमा पनि उनी प्रतिवादी थिए ।...
साईपालका पूर्व अध्यक्ष राजेन्द्र धामीको राजनीतिले धलौनका विद्यार्थीले खेल खेल्न पाएनन्

साईपालका पूर्व अध्यक्ष राजेन्द्र धामीको राजनीतिले धलौनका विद्यार्थीले खेल खेल्न पाएनन्

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ, साईपाल –साईपाल गाउँपालिकामा चलिरहेको अन्तरविद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता पूर्व अध्यक्ष राजेन्द्र धामीको राजनीतिक स्वार्थका कारण विवादास्पद बनेको छ। उनले आफ्नो व्यक्तिगत असन्तुष्टिलाई प्राथमिकता दिँदै धलौन माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुदबाट बाहिरिन बाध्य पारेका छन्। धलौन र काँडा माध्यमिक विद्यालयका विद्यार्थीबीच ढुंगाले हानेर झगडा भएपछि प्रतियोगिता स्थगित गरिएको थियो। छलफलपछि दुबै विद्यालयका विद्यार्थीलाई खेलबाट निष्कासन गर्ने सहमति बनेर खेल पुनः सञ्चालन भए पनि राजेन्द्र धामीको हस्तक्षेपले त्यो सहमति टिक्न सकेन। पूर्व अध्यक्ष राजेन्द्र धामीले आफूलाई ढिला आसनग्रहण गराएको भन्दै सार्वजनिक रूपमा गुनासो गर्न थाले। खेल भइरहेको स्थानमा पुगेका धामीले खेलकुद रजिस्टर च्यात्नेदेखि विद्यार्थी, शिक्षक, र अभिभावकलाई धम्की दिनेसम्मका गतिविधि गरे। उनले “म देखाउँछु तिमीहरूलाई” भन...
साईपालका पुर्व अध्यक्ष राजेन्द्रले आसनग्रहण ढिला गराएको निहुँ विद्यार्थीलाई खेल खेल्न नदिई फर्काए

साईपालका पुर्व अध्यक्ष राजेन्द्रले आसनग्रहण ढिला गराएको निहुँ विद्यार्थीलाई खेल खेल्न नदिई फर्काए

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, सूचना प्रविधि
बझाङ, साईपाल - “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ साईपाल गाउँपालिकामा भइरहेको अन्तरविद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता एक पछिल्लो विवादका कारण नराम्ररी प्रभावित भएको छ। धलौन माध्यमिक विद्यालय र काँडा माध्यमिक विद्यालयका विद्यार्थीबीच टाउकोमा ढुंगाले हानेर चोटपटक गराउने घटनाले सुरु भएको विवादले गम्भीर रूप लिएको छ। घटनापछि प्रतियोगिता स्थगित गर्दै बसेको बैठकले दुबै विद्यालयका विद्यार्थीलाई खेलकुदबाट निष्कासन गर्ने सहमति जुटाएपछि खेल पुनः सुरु भएको थियो। तर, विवादले नयाँ मोड तब लियो जब साईपाल गाउँपालिकाका पूर्व अध्यक्ष राजेन्द्र धामीले खेलकुद क्षेत्रमा हस्तक्षेप गर्दै आफ्नो व्यक्तिगत असन्तुष्टिलाई प्राथमिकता दिए। राजेन्द्र धामीले आफूलाई ढिला आसनग्रहण गराइएको विषयलाई लिएर असन्तुष्टि जनाउँदै प्रतियोगिता सञ्चालन भइरहेको खेल मैदानमा नै हस्तक्षेप गरे। उनी...
कैलालीमा नदीजन्य पदार्थको विक्रीवितरणमा स्थानीय तहहरुको मनपरी

कैलालीमा नदीजन्य पदार्थको विक्रीवितरणमा स्थानीय तहहरुको मनपरी

Breaking News 1, कैलाली, ताजा अपडेट, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
नदीजन्य पदार्थ संकलन र विक्रीवितरणमा कैलालीका स्थानीय तहहरुको मनपरी देखिएको छ। नदीजन्य पदार्थ संकलन र बिक्री–वितरणका लागि विस्तृत वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनको प्रतिलिपि जिल्ला समन्वय समिति र जिल्ला प्रशासनमा समेत बुझाउनुपर्ने हो। तर, जिल्लाका स्थानीय तहहरुले जिल्ला समन्वय समिति र जिल्ला प्रशासनमा प्रतिलिपि बुझाउने गरेका छैनन। स्थानीय तहहरुले नदी तथा खोलाको ठेक्का गर्दा सम्झौताको विषयमा जिल्ला समन्वय समिति र जिल्ला प्रशासन अनभिज्ञ हुँदा नियमनमा समस्या हुने गरेको छ। जिल्ला अनुगमन समितिको बैठकमा स्थानीय तहहरूबाट कुनै पनि कागजपत्रहरू नआएको विषय उठेको छ। जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी विमल जोशीले जिल्लास्तरीय अनुगमन समितिले पटक–पटक कागजपत्र माग्दै आएको बताए। उनले भने, ‘नदीजन्य पदार्थको सङ्कलन तथा बिक्री–वितरणको कागजपत्र आउने गरेको छैन। सङ्घीय सरकारको मापदण्ड र...
डडेल्धुराका सिंह भ्रष्टाचारी ठहर, ६ महिना जेल, १० हजार जरिवाना

डडेल्धुराका सिंह भ्रष्टाचारी ठहर, ६ महिना जेल, १० हजार जरिवाना

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, दैनिक, सुदूरपश्चिम
धनगढी: डडेल्धुरा अस्पताल विकास समितिका पूर्वअध्यक्ष लक्ष्मण सिंह नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर भएका छन्। बिहीबार विशेष अदालतले उनलाई नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ भदौ ०८१ मा उनीमाथि मुद्दा चलाएको थियो। उनले अध्यक्ष पदमा मनोनयन गर्दा पेस गरेका शैक्षिक प्रमाणपत्रहरू नक्कली भएको दाबीसहित मुद्दा दायर भएकोमा अख्तियारको दाबी पुष्टि भएको हो। सिंहलाई ६ महिना कैद तथा १० हजार जरिवाना हुने सजाय सुनाइएको छ। विशेषका सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। उनले इन्टरमिडियट र स्नातक तहको नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको थियो। यसअघि अध्यक्षमा नियुक्त भएपछि पाटन सयुक्त क्याम्पसले सिंहले स्नातक नगरेको पुष्टि गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको उक्त क्याम्पसले आफ्नो कलेजब...
रोकाया डिजिटल प्रोडक्शन हाउस बाट सुनिल नेपाली को मुटु तड्पेको छ गित सार्बजनिक

रोकाया डिजिटल प्रोडक्शन हाउस बाट सुनिल नेपाली को मुटु तड्पेको छ गित सार्बजनिक

Breaking News 1, ताजा अपडेट, मनोरञ्जन, सुदूरपश्चिम
भारत - बेंगलोरका बिभिन्न ठाउहरु मा छायांकन गरियको मुटु तड्पेको छ बोलको गित सार्बजनिक गरियको छ। गितमा गायक सुनिल नेपाली र सुदुरपश्चिम कि चर्चित लोक देउडा गायिका संगिता बडुवालको स्वर रहेको छ । उक्त गितमा सुदुर पश्चिम का चर्चित निर्देशक तथा मोडल रमेश बिजुली बिसि ले निर्देशन तथा अभियान गरेका छन भने उनलाई अनिता रोकाया र ओम प्रकाश ले साथ दियका छन। गितमा बाल कलाकार इशानी रोकाया र एविलीना रोकाया ले पनि अभियान गरेकि छन। सुरेन्द्र रावल र बिकास रोकाया को छायांकन मा रहेको उक्त गितमा अनिता रोकाया को सम्पादन रहेको छ भने रमेश बिजुली बिसि ले निर्देशन गरेका हुन उक्त गित रोकाया डिजिटल युटयुब च्यानलमा सार्बजनिक गरिएको छ । बिगत लामो समय देखि भारतको बेंगलोर मा कर्मथलो बनाउदै गित संगितलाई माया गर्दै बिभिन्न बिधाका गितहरु छायांकन तथा सम्पादक गरि आप्नो छुट्टै पहिचान बनाउदै आयको रोकाया डिजिटल पो...
चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ । यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । जानकारी अनुसार आठ महिनाकी बालिकामा यो संक्रमण देखिएको हो । राज्यको स्वास्थ्य विभागले अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एचएमपीभी भाइरस पुष्टि भएको जानकारी दिएको छ । ती बच्चा भारत बाहिर कतै गएका थिएनन् । कर्नाटक स्वास्थ्य विभागले केन्द्र सरकारलाई यसबारे जानकारी गराएको भनेको छ । चीनमा एचपीएमभी भाइरस सुरु भएदेखि नै भारत सरकार अलर्ट मोडमा छ । महाराष्ट्रको स्वास्थ्य विभाग अलर्टमा छ । केरला र तेलंगानाका सरकारले पनि चीनमा भाइरल ज्वरो र श्वासप्रश्वासको संक्रमण ठूलो मात्रामा फैलिएको समाचारलाई नजिकबाट नियालिरहेको र अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताइरहेको छ । रुघाखोकीका बिरामीको नियमित सर्भे गर्न अधिकारीहरूलाई निर्देशन दिइएको छ । सरसफाइको नियम प...
प्रेस सेन्टर बझाङको चौथो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

प्रेस सेन्टर बझाङको चौथो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : प्रेस सेन्टर बझाङको चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै निम्न पदाधिकारीहरू निर्वाचित गरेको छ: अध्यक्ष: राजेन्द्र सिंह उपाध्यक्ष: उत्तमकुमार थापा महिला उपाध्यक्ष: अल्पना सिंह कोषाध्यक्ष: शिवजी मण्डेल सचिव: अञ्जु खड्का सह-सचिव: शेरबहादुर ओली समावेशी सहसचिव: अनुजा परियार सदस्यहरूमा: अमिर खड्का कविन्द्र बुढा अस्मिता परियार स्मृति बोहरा प्रमिला शाही नवनिर्वाचित नेतृत्वलाई बधाई तथा आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरिएको छ। प्रेस सेन्टरले यस अधिवेशनलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेको छ।    ...
बझाङका ग्रामीण सडक मृत्युमार्ग बन्दै, सरोकारवाला निकाय मौन

बझाङका ग्रामीण सडक मृत्युमार्ग बन्दै, सरोकारवाला निकाय मौन

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाका ग्रामीण सडकहरू जति विकासका लागि महत्त्वपूर्ण मानिन्छन्, त्यति नै जोखिमपूर्ण र दुर्घटनाग्रस्त क्षेत्रका रूपमा परिचित भइरहेका छन्। इन्जिनियरको परामर्शबिना निर्माण गरिएका मापदण्डविहीन सडकहरूले स्थानीयहरूको जीवनलाई मात्र होइन, विकासको अवधारणालाई पनि संकटमा पारेको छ। जिल्लाभर सडक दुर्घटनाको दर हरेक वर्ष बढ्दै गएको छ। यहि पौष १८ गते दुई जिप दुर्घटनामा चार जनाको ज्यान गएको छ। पहिलो घटनामा एउटै परिवारका तीन सदस्य र चालकले ज्यान गुमाए भने दोस्रो घटनामा सवारी चालकको मृत्यु भयो। यस्ता घटना बझाङका लागि नयाँ भने होइनन्। आर्थिक वर्ष २०८०/८१ मा १२ सवारी दुर्घटनामा ८ जनाले ज्यान गुमाए भने ११ जना घाइते भए। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा मात्र ८ दुर्घटनामा ६ जनाको मृत्यु, ४ जना घाइते, र १ जना बेपत्ता भएका छन्। यी तथ्याङ्कहरूले बझाङका सडकहरूको दुर्दशा र राज्यको उपेक्षालाई ...
एथलेटिक्सका ५३ जनालाई तालिम

एथलेटिक्सका ५३ जनालाई तालिम

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ एथलेटिक्स प्रशिक्षक पशिक्षण तथा रेफ्रि तालिम सम्पन्न भएको छ । एक कार्यक्रमका विच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष - पुष्पलाल राेकाया ज्वालाकाे अध्यक्षतामा समापन सुरु भएकाे कार्यक्रमका प्रमुख अतिथि - जिल्ला समन्वय समिति उपप्रमुख किष्ण बिष्ट रहनु भएको थियाे । यहीँ १४ गते देखि सञ्चालन भएको रेफ्रि तालिम २० गते सम्पन्न भएको हाे । तालिममा विभिन्न स्थानीय तहका र विभिन्न विद्यालयका ५३ जनाकाे सहभागीता रहेको थियाे । सात दिन सम्म सञ्चालन भएको तालिममा अन्तरास्ट्रिय स्तरका प्रशिक्षक धनिराम चाैधरी र सुदुरपश्चिम प्रदेशका एथलेटिक्स प्रशिक्षक रामचन्द्र जाेशीले प्रशिक्षण जिल्ला समन्वय समिति सभाहलमा दिनु भएको हाे । जिल्ला खेलकुद विकास समितिकाे आयाेजनामा सञ्चालित ताललिमले आगामी दिनमा स्थानीय तह र जिल्ला स्तरमा हुने खेलकु...
तेलंगाना राज्यको हैदराबाद बाट कैलाली कि १४ बर्षकी अरुणा बिष्ट सम्पर्क बिहिन – कामना टुडे

तेलंगाना राज्यको हैदराबाद बाट कैलाली कि १४ बर्षकी अरुणा बिष्ट सम्पर्क बिहिन – कामना टुडे

Breaking News 1, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
भारत - कैलाली जिल्ला घोडाघोडि नगरपालिका वाडा न :३ घर भयका हाल भारतको तेलङ्गाना राज्यको हैदराबाद मा काम गर्दै आउनु भयका पदम बहादुर बिष्ट की १४ बर्षिया छोरी अरुणा बिष्ट एकाएक सम्पर्क बिहिन भयकि छिन । आफन्तका अनुसार २९ डिसेम्बर २०२४ आइतबार बेलुकि ४ बजे देखि सम्पर्क बिहिन भयकी हुन। आफन्तहरुले हैदराबाद को बिभिन्न ठाउमा खोजि कार्य गर्दा पनि आजसम्म अत्तोपतो नलागेकाले परिवार र आफन्तले खोजिकार्यमा सहयोग गरिदिन सम्पूर्ण भारतमा रहेका नेपालीहरु लाई आग्रह गरेका छन। सुशिल बिष्ट सम्पर्क न : 7899306485 बेंगलोर रतन बिष्ट सम्पर्क न : 7095975630 हैदराबाद...
बझाङका छुट्टाछुट्टै ठाउँमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङका छुट्टाछुट्टै ठाउँमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु

Breaking News 1, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
बझाङ- गयरातिनै बझाङको मष्टा गाउँपालिकामा पनि जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नम्बरको जीप दुर्घटना हुँदा चालक मष्टाकै ४२ वर्षिय धर्म थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिनुभयो। राति ९ बजेको समयमा कोटदेवल भन्ने ठाउँमा जिप दुर्घटनामा परेको थियोे । जिपमा चालक थापा एक्लै रहेको प्रहरीले जनाएको छ । जिप सडकमा अनियन्त्रित भइ सय मिटर तल खसेको थियोे यसैबीच यसअघि तलकोट गाउँपालिकामा बोलेर जिप दुर्घटना हुँदा एकै परिवारका ३ जना सहित ४ जनाको ज्यान गएको थियोे । दुर्घटनामा एकै परिवारका तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उहाँकी ७२ वर्षीया आमा जौमती देवी धामी, र बमकी ६ वर्षीया छोरी आकृति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज