Advertisement

कैलालीमा नदीजन्य पदार्थको विक्रीवितरणमा स्थानीय तहहरुको मनपरी

Advertisement

नदीजन्य पदार्थ संकलन र विक्रीवितरणमा कैलालीका स्थानीय तहहरुको मनपरी देखिएको छ।

नदीजन्य पदार्थ संकलन र बिक्री–वितरणका लागि विस्तृत वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनको प्रतिलिपि जिल्ला समन्वय समिति र जिल्ला प्रशासनमा समेत बुझाउनुपर्ने हो। तर, जिल्लाका स्थानीय तहहरुले जिल्ला समन्वय समिति र जिल्ला प्रशासनमा प्रतिलिपि बुझाउने गरेका छैनन। स्थानीय तहहरुले नदी तथा खोलाको ठेक्का गर्दा सम्झौताको विषयमा जिल्ला समन्वय समिति र जिल्ला प्रशासन अनभिज्ञ हुँदा नियमनमा समस्या हुने गरेको छ।

स्थानीय तहहरूले नदी तथा खोलाको ठेक्का गर्दा सम्झौताको विषयमा जिल्ला समन्वय समिति र जिल्ला प्रशासन अनभिज्ञ हुँदा नियमनमा समस्या हुने गरेको छ। जिल्लाका स्थानीय तहहरूले ठेक्का सम्झौता गरेका नदीहरूमा दोहन हुँदा पनि कारबाही हुने गरेको छैन। कैलालीका १३ स्थानीय तहहरूमा हालसम्म २ स्थानीय तहले मात्र जिल्ला समन्वय समितिमा वातावरणीय अध्ययन प्रतिवेदनको प्रतिलिपि बुझाएका छन्।

स्थानीय तहहरू आफैमा सरकार भएको भन्दै नियमनको अधिकार रहेको जिल्ला समन्वय समिति र जिल्ला प्रशासनलाई नर्टेेने गरेको पाइएको छ। जिल्लाका स्थानीय तहहरूले नै नदी तथा खोलाको वातावरणीय अध्ययन गर्ने र आफै ठेक्का सम्झौता गर्ने भएकाले नदी तथा खोलाहरूको दोहन हुने गरेको छ। नदी तथा खोलाहरूको नियमन तथा अनुगमनको अधिकार रहेको जिल्ला समन्वय समिति र जिल्ला प्रशासन स्थानीय तहहरूले गरेको ठेक्का सम्झौताको विषयमा अनभिज्ञ हुँदा समस्या हुने गरेको छ।

जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी जोशीले भने, ‘एक/एक प्रति आयो भने, अनुगमनका लागि सहज हुने थियो। हामीले सचेत गराएका छौँ। स्थानीय तहहरूको आन्तरिक अनुगमन छैन।’ जिल्ला समन्वय समिति, कैलाली र जिल्ला प्रशासन कार्यालय, कैलालीमा नदी तथा खोलाको ठेक्का सम्झौता सम्बन्धीका कुनै पनि विवरण नदिने स्थानीय तहहरूले आफै पनि नियमन गरेका छैनन्। चुरे फेदीका नदीहरूमा सबैभन्दा बढी मापदण्ड विपरीत नदी दोहन हुँदै आएको छ। चुरे संरक्षणको काम गर्दै आएको राष्ट्रपति चुरे–मधेस संरक्षण विकास समितिसमेत मूकदर्शक हुने गरेको छ। –

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज