हेमा श्री फाउन्डेसन र ट्राफिक प्रहरीको सहकार्यमा सचेतना कार्यक्रम सम्पन्न
Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली : हेमा श्री फाउन्डेसन नेपालको आयोजना र अस्थायी ट्राफिक प्रहरी पोस्ट चौमाला, कैलालीको समन्वयमा गौरीगंगा–२ मा रहेको मालिका माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरी सडक सुरक्षा तथा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
सडक दुर्घटनाका घटना वृद्धि भइरहेका कारण विद्यालयस्तरबाटै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमबारे जानकारी दिँदै हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले गौरीगंगा नगरपालिकाका पाँचवटा विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए।
गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले यो कार्यक्रमले विद्यार्थीहरूलाई व्यस्त सडक र राजमार्ग पार गर्दा हुने जोखिमबाट जोगिन सहयोग पुर्याउने अपेक्षा व्यक्त गरे।
कार्यक्रमका प्रशिक्षक तथा अ...












