Advertisement

सुदूरपश्चिम

उत्तराखण्डको पञ्चायत निर्वाचनका कारण नेपाल–भारत सीमा नाका बन्द हुने

उत्तराखण्डको पञ्चायत निर्वाचनका कारण नेपाल–भारत सीमा नाका बन्द हुने

Breaking News 1, ताजा अपडेट, दार्चुला, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- भारतको उत्तराखण्ड प्रदेशमा हुन लागेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लाका नेपाल–भारत सीमाका नाका बन्द हुने भएका छन्। भारतको उत्तराखण्ड प्रदेशमा यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) पञ्चायत निर्वाचनको मिति तय भएको छ। उक्त निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गराउनका लागि नेपालतर्फका सीमावर्ती नाका अस्थायी रूपमा बन्द गर्ने निर्णय भएको हो। प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार दार्चुलास्थित पुलघाट नाका जुलाई २१ (साउन ५) को बेलुकादेखि जुलाई २४ (साउन ८) को बिहानसम्म बन्द हुनेछ। यस्तै, बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहनेछ। निर्वाचनको सुरक्षा चासोलाई दृष्टिगत गर्दै सीमा बन्द गरिएको जनाइएको छ। यद्यपि, अत्यावश्यक वा आकस्मिक परिस्थितिमा दुवै देशको आपसी सहमतिमा नाका खोल्न सकिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी पौड...
आगलागीबाट पूर्ण रूपमा नष्ट भएको हुनैनाथ गार्मेन्ट उद्योगको केदारस्यूँ गाउँपालिकाको टोलीद्वारा स्थलगत निरीक्षण

आगलागीबाट पूर्ण रूपमा नष्ट भएको हुनैनाथ गार्मेन्ट उद्योगको केदारस्यूँ गाउँपालिकाको टोलीद्वारा स्थलगत निरीक्षण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- केदारस्यूँ गाउँपालिका–४ बागथला बुङ्गल रोड डडियामा रहेको हुनैनाथ गार्मेन्ट उद्योगमा गएराति भीषण आगलागी हुँदा उद्योग पूर्ण रूपमा नष्ट भयो । आगलागी राति १२:४५ बजे सुरु भएको थियो। आगलागीबाट करिब १ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। घटनाको खबर प्राप्त हुनासाथ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराको नेतृत्वमा रहेको टोलीले आज बिहानै स्थलगत निरीक्षण गरेको छ। निरीक्षण टोलीमा उपाध्यक्ष मनिषा धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्ट, प्रशासकीय अधिकृत धनराज जोशी,शिक्षा शाखाका हिम्मत भण्डारी लगायत सहभागी थिए। जिल्लामै नमुना उद्योगका रूपमा विकास भइरहेको हुनैनाथ गार्मेन्ट उद्योगमा ९ जना स्थायी कामदार कार्यरत थिए, जसमा ४ जना कर्मचारी र बाँकी ५ जना उद्योग सञ्चालकका परिवार सदस्य रहेका छन्। २०७२ सालदेखि सञ्चालनमा आएको उद्योगले सबै खाले आवश्यक पोशाक उत्पादन गर्दै आएको थियो...
अभियान्ता तमोलीद्वारा सरकारलाई चेतावनी — प्रभा सेवा पुनः सुरु गर

अभियान्ता तमोलीद्वारा सरकारलाई चेतावनी — प्रभा सेवा पुनः सुरु गर

Breaking News 1, Breaking News 2, Breaking News 3, डडेल्धुरा, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा — डडेल्धुरा अस्पतालबाट हालै हटाइएको प्रभा सेवा बिन्दु पुनः सञ्चालन गर्नुपर्ने माग तीव्र रूपमा उठिरहेको छ। यो सेवा केन्द्र स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका अत्यावश्यक सेवाहरू प्रदान गर्ने महत्त्वपूर्ण संरचना हो जसले डडेल्धुरासहित सुदूरपश्चिमका हजारौं सेवाग्राहीलाई राहत दिएको थियो। सेवा बन्द भएपछि विशेषतः ग्रामीण क्षेत्र, विपन्न वर्ग तथा महिला, वृद्ध र दीर्घरोगीहरू प्रत्यक्ष मारमा परेका छन्। “यस्ता सेवाहरू हटाइनुले नागरिकमाथि दोहोरो अन्याय हो,” नागरिकहरू भन्छन्। अमरगढी नगरपालिका–१ निवासी युवा अभियानता सुरत तमोली भन्छन् — "डडेल्धुराको जनतालाई सेवा चाहिएको हो, सास्ती होइन। प्रभा सेवा बिन्दु तुरुन्त सञ्चालन गर! नत्र आन्दोलन अवश्य हुन्छ।" उहाँको भनाइमा यो समस्या कुनै कार्यालयको लापरवाही मात्र होइन, सरकारको बेवास्ताको परिणाम पनि हो। सरकार स्वास्थ्य बीमा कार्यक्रमलाई ‘नाग...
देशभर सक्रिय मनसुनी प्रणाली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर सक्रिय मनसुनी प्रणाली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सामान्यभन्दा केही उत्तरमा रहेको छ। यसको प्रभावस्वरूप देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने केही स्थानहरूमा वर्षा भइरहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा, साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ। दिउँसोको अवस्था: आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स...
बझाङमा एक गार्मेन्ट उद्योगमा राति भीषण आगलागी, उद्योग पूर्ण रूपमा नष्ट

बझाङमा एक गार्मेन्ट उद्योगमा राति भीषण आगलागी, उद्योग पूर्ण रूपमा नष्ट

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङमा एक गार्मेन्ट उद्योगमा आगलागी भएको छ । केदारस्युँ गाउँपालिका–४ स्थित बागथला बजारमा स्थानीय पुष्पराज भट्टद्वारा सञ्चालित होनैनाथ गार्मेन्ट उद्योगमा गएराति करिब १२:४५ बजे विद्युत सर्ट भई आगलागी भएको हो । अस्थायी प्रहरी पोष्ट बागथलाका अनुसार जस्तापाताले छाइएको एकतले तीन कोठे उक्त कच्ची संरचना पूर्ण रूपमा जलेर नष्ट भएको छ । घटनाको जानकारी राति १:३० बजे प्राप्त हुनासाथ प्रहरी निरीक्षक हरक सिंह फरालको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। स्थानीयवासीको सहयोगमा राति करिब २ बजे आगो नियन्त्रणमा ल्याइएको थियो। उद्योगभित्र रहेका सबै सामग्री जलेर नष्ट भए पनि कुनै मानवीय वा चौपाया क्षति भने नभएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। यद्यपि, आगलागीबाट भएको भौतिक तथा आर्थिक क्षतिको विस्तृत विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ।...
केदारस्यूँ गाउँपालिकाको वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

केदारस्यूँ गाउँपालिकाको वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ— बझाङको केदारस्यूँ गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा गाउँपालिकाबाट वर्षभरि सञ्चालन गरिएका कार्यक्रम, परियोजना र सेवा प्रवाहसम्बन्धी कार्यहरुको समिक्षा गर्दै ती काम कति प्रभावकारी र दिगो भए भन्नेबारे अन्तरक्रिया गरिएको थियो। साथै, आगामी वर्षमा विकास र सेवा प्रवाह कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे पनि छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टले पालिकाबाट प्रदान हुने सेवाहरूलाई गुणस्तरीय बनाउने उपाय र आगामी कार्यदिशाबारे सुझाव प्रस्तुत गरे। गाउँपालिका उपाध्यक्ष मनिषा धामीले सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउने खालका सुझाव राख्नु भयो । त्यसैगरी, गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले विगतमा भएका कमीकमजोरी सुधार गर्दै जनमुखी विकास र सेवा प्रवाहलाई चुस्त दुरुस्त बन...
धनगढीको एनडब्लुए कलेजद्वारा निःशुल्क छात्रवृत्ति तयारी कक्षा सञ्चालन हुने

धनगढीको एनडब्लुए कलेजद्वारा निःशुल्क छात्रवृत्ति तयारी कक्षा सञ्चालन हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी: पोखरा विश्वविद्यालय अन्तर्गतका बिबिए, बिएचएम, बिबिए (फाइनान्स) कार्यक्रमहरूमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि धनगढीस्थित नेपाल वेस्टर्न एकेडेमीले निःशुल्क छात्रवृत्ति प्रवेश तयारी कक्षा सञ्चालन गर्ने घोषणा गरेको छ । शिक्षा क्षेत्रमा धेरै अनुभव संगाल्दै आएको एनडब्लुए कलेजले आगामी श्रावण ७ गते बिहान ८:३० बजेदेखि तयारी कक्षा प्रारम्भ गर्ने जनाएको छ। उक्त तयारी कक्षा विशेषगरी हालसालै प्रवीणता तह परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गरिएको हो । कलेजका निर्देशक शैलेस सिंहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “हामी निःशुल्क छात्रवृत्तिका कक्षाहरू सञ्चालन गर्न गइरहेका छौं । यसमा आफ्ना नानी–बाबुहरूलाई समावेश गर्दै, पोखरा विश्वविद्यालयबाट प्रदान गरिने छात्रवृत्तिको अवसरलाई सदुपयोग गर्न अनुरोध गर्दछौं।” विद्यार्थीहरूलाई गुणस्तरीय तयारी गराई पोखरा विश्वविद्यालय अन्तर्गतको...
दार्चुलामा तुइनबाट खसेर एक युवक बेपत्ता

दार्चुलामा तुइनबाट खसेर एक युवक बेपत्ता

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- जिल्लाको व्याँस गाउँपालिका–२ दुम्लिङमा तुइनबाट खसेर एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा २८ वर्षीय नारायण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए। उनका अनुसार आज मध्यान्ह १२ बजे बुढाथोकी दुम्लिङबाट भारतीय बजारतर्फ जाँदै गर्दा तुइन अचानक चुडिएर महाकाली नदीमा खसेका हुन्। बेपत्ता बुढाथोकीको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन गरिएको छ। दुम्लिङमा झोलुङ्गे पुलको अभावका कारण स्थानीयवासी जोखिम मोलेर तुइन प्रयोग गर्न बाध्य छन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।...
आफ्नै माटोमा युवाको प्रेरणादायी यात्रा : स्ववियु सभापति सूर्य जोशीको टिमले धनगढीमा सुरु गर्यो व्यवसायिक तरकारी खेती

आफ्नै माटोमा युवाको प्रेरणादायी यात्रा : स्ववियु सभापति सूर्य जोशीको टिमले धनगढीमा सुरु गर्यो व्यवसायिक तरकारी खेती

समाचार, सुदूरपश्चिम
कैलाली । विदेश जान युवाहरूले होडबाजी गरिरहेका बेला केही युवाहरूले भने आफ्नै माटोमा केही गरेर देखाउने मनोभावनासहित प्रेरणादायी काम गरेका छन् ।  बझाङदीप क्याम्पस झोताका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति सूर्य जोशी नेतृत्वको युवा टिमले धनगढी उपमहानगरपालिका–१२, फुलबारीमा व्यवसायिक लहरे तरकारी खेती सुरु गरेका छन् । उनको टिममा कृषि क्षेत्रमा रुचि राख्ने तथा बाली विज्ञान विषय अध्ययनरत होनहार युवा सुदीप बोहरा र हरिश बोहरा छन् । तीनै जना युवाहरूले लगभग २० कट्ठा जग्गा भाडामा लिएर आधुनिक शैलीमा व्यवसायिक तरिकाले तरकारी खेती थालेका हुन् । वास्तविक उत्पादन र आत्मनिर्भरताको यात्रामा होमिएका यी युवाहरूले गोलभेँडा, काँक्रो, घिरौंला, बोडी, सिमी लगायतका लहरे तरकारीहरू लगाइरहेका छन् । नियमित सिंचाइ, जैविक मल र रोग–नियन्त्रण प्रणालीको प्रयोग गर्दै उनीहरूले वैज्ञानिक तरिकाबाट खेती गरिरहेका छन् । ...
पालिकाको स्वागत बोर्ड तोडफोड

पालिकाको स्वागत बोर्ड तोडफोड

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सिमा क्षेत्रमा राखेको स्वागत बोर्ड तोडफोड गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको सिमा क्षेत्र मौरीबगर र भाँडे बजारको बीच भागमा राखिएको स्वागत बोर्ड तोडफोड गरिएको हो । पालिकाले केही वर्षअघि मात्रै जयपृथ्वी राजमार्ग अन्तर्गत सिमा क्षेत्रमा छबिसपाथिभेरा गाउँपालिकामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौं र छबिसपाथिभेरामा गाउँपालिकाका भ्रमण गर्नुभएकोमा धन्यवाद भन्ने बोर्ड टासेको थियोे । तर उक्त बोर्ड अहिले तोडफोड गरिएको पाइएको छ । स्थानीयले उक्त बोर्डलाई तोडफोड गरेको हुनसक्ने अनुमान गरिएको छ । स्वागत बोर्ड तोडफोड गरिएको महिनौं बितिसक्दा पनि अहिलेसम्म मर्मत सम्भार भने गरिएको छैन ।...
बाजुराको विरेखोला झरना आन्तरिक पर्यटकको आकर्षण

बाजुराको विरेखोला झरना आन्तरिक पर्यटकको आकर्षण

Breaking News 2, ताजा अपडेट, पर्यटन, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बाजुरा- जिल्लाको बडीमालिका नगरपालिका–६ र ८ को सीमास्थित रापका क्षेत्रको विरेखोला झरना पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा चिनिँदै गएको छ। जिल्ला सदरमुकाम मार्तडीबाट झण्डै ६ किलोमिटर दूरीमा रहेको झरना साफे–मार्तडी सडकखण्डको छेउमै भएकाले सजिलै पुग्न सकिन्छ। अछामबाट करिब ५० किलोमिटर टाढा पर्ने यो झरना विशेषगरी असारदेखि कात्तिक महिनासम्म स्थानीयदेखि अन्य जिल्लाका पर्यटकसम्मको रोजाइमा पर्ने गरेको स्थानीय रुपक थापाले बताए। बडीमालिका नगरपालिकाले विरेखोला झरनालाई आन्तरिक पर्यटनको प्राथमिक गन्तव्यका रूपमा सूचीकरण गरिसकेको छ। नगरप्रमुख अमर खड्काका अनुसार झरनालाई अझ व्यवस्थित र आकर्षक बनाउन योजना अघि बढाइएको छ। करिब २०० मिटर लामो झरनामा एक सिजनमा १ लाखभन्दा बढी पर्यटक पुग्ने अनुमान छ। बाजुरासहित अछाम र बझाङबाट पनि पर्यटकको उल्लेख्य उपस्थिति रहने गरेको छ। झरनाको विकाससँगै स...
शुक्लाफाँटामा जङ्गली हात्तीको बथान, बस्तीमा त्रास

शुक्लाफाँटामा जङ्गली हात्तीको बथान, बस्तीमा त्रास

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान देखापरेपछि बस्तीमा त्रास फैलिएको छ। वर्षात् सुरु भएसँगै भारतीय दुधुवा नेसनल पार्कबाट हात्ती चुरे क्षेत्रमा आइपुगेका हुन्। यसपटक अन्य वर्षको तुलनामा चाँडै हात्ती आएको बताइएको छ। सामुदायिक वनहरूमा हात्ती देखापर्न थालेपछि घाँस, दाउरा तथा सोतरका लागि वनमा जान उपभोक्तालाई रोकिएको छ। वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीका अनुसार हात्तीको बथान बाँसघारीमा देखिएको छ र उपभोक्तालाई वन क्षेत्रमा नजान अनुरोध गरिएको छ। बैजनाथ सामुदायिक वन अध्यक्ष बहादुरसिंह महराका अनुसार मानव बस्तीमा हात्ती पसेर क्षति पुर्याउने सम्भावना उच्च छ। त्यसैले स्थानीयलाई साँझबिहान वन क्षेत्रमा जान रोकिएको छ भने दिउँसो सतर्कता अपनाउन सुझाव दिइएको छ। हाल चुरे क्षेत्रमा १०–१५ हात्ती रहेको अनुमान छ। विगत तीन वर्षदेखि हात्तीले...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज