नेपाल खेलकुद महासङ्घ बझाङको अध्यक्षमा पुनः दौल्याल
बझाङ– नेपाल खेलकुद महासङ्घ जिल्ला कमिटी बझाङको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले नरेन्द्र दौल्याललाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्विरोध चयन गरेको हो।
उपाध्यक्षमा सुनिल बोहरा र आरती भण्डारी, सचिवमा प्रदीप खड्का (पुनः चयन), उप–सचिवमा सुनिल धामी र करनकान्त जोशी तथा कोषाध्यक्षमा दीपक विष्ट निर्वाचित भए। सदस्यमा १५ जना चयन भएका छन्।
कार्यक्रममा प्रदेश अध्यक्ष प्रकाश चन्दले बधाई दिँदै बझाङलाई खेलकुदमा उदाहरणीय बनाउने अपेक्षा राखे। नेकपा एमाले बझाङ अध्यक्ष दिलबहादुर भण्डारीले पनि सफल कार्यकालको शुभकामना व्यक्त गरे।
अधिवेशनमा खेलकुद क्षेत्रका अगुवा, संघ–संस्थाका प्रतिनिधि, पत्रकार र युवाहरूको उपस्थिति थियो।...












