देउरामा पश्चिम सेती सरोकार समाजको बैठक सम्पन्न,, प्रभावित परिवारलाई न्यायोचित क्षतिपूर्ति, पुनर्वास तथा रोजगारीको अवसर सुनिश्चित गर्नुपर्नेमा जोड
बझाङको केदारस्युँ गाउँपालिका–१ देउरामा पश्चिम सेती सरोकार समाजको बैठक सम्पन्न भएको छ । सोमबार पालिकाको सभाहलमा विभिद बिषयमा छलफल गर्नका लागि आयोजना गरिएको बैंठक सम्पन्न भएको हो ।
समाजका अध्यक्ष इन्द्रबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले आयोजनाबाट प्रभावित परिवारलाई न्यायोचित क्षतिपूर्ति, पुनर्वास तथा रोजगारीको अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । साथै, आयोजनाको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै निर्माण कार्य छिटो अघि बढाउन सरकार र विकासकर्तालाई दबाब दिने निष्कर्ष लगायका विषयमा छलफल भएको थियो ।
बैठकले पश्चिम सेती सरोकार संस्था नवीकरण गर्ने, सदस्यता वितरण गर्ने र पुराना सदस्यहरूको सदस्यता नवीकरण गराउने निर्णय गरेको छ।
चार दशकदेखि अलपत्र रहेको पश्चिम सेती जलविद्युत् आयोजना हाल भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडमार्फत ८०० मेगावाट क्षमतामा अघि बढ्न थालेको छ। यसको परामर्शदाता जे...












