Advertisement

जेनजीकाे हमला दिदै अनलाइनखबरकर्मी विष्टलाई  उपमेयरका छाेराले दिए धम्की

Advertisement

धनगढी- जेनजी आन्दोलनको बलमा बैतडीकाे दशरथ चन्द नगरपालिकाकि उपमेयर काैशिला चन्दका छाेरा विशाल चन्दले अनलाइनखबरकर्मी जनक विष्टलाई धम्की दिएका छन् ।
जेनजीकाे हमला दिदै विष्टलाई अपरिचित नम्बरबाट टेलिफाेन गरेर ज्यान मार्ने भन्दै धम्की दिएका हुन् ।
धनगढी उपमहानगरपालिका-५ तारानगरमा बस्दै आएका चन्दले प्रेस चाैतारी कैलालीका अध्यक्ष समेत रहेका विष्टलाई अपशब्द प्रयाेग गरेर धम्की दिएका हुन् ।
धनगढी उपमहानगरपालिका- १३ का नवराज कार्कीकाे माेबाईल प्रयाेग गरेर विशालसँगै धनगढीकै रिवाज शाहले समेत उनलाई धम्क्याएका छन् ।
जेनजीकाे हमला दिदै धम्की दिएपछि पत्रकार विष्टले सुरक्षा र कानुनी कारवाहीकाे माग गर्दै तिनै जनाकाे नाममा जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।
२४ भदाैकाे राति घरमा सुतिरहेको अवस्थामा टेलिफोन गर्दै उनीहरूले सुरूमा विष्टलाई प्रेस विज्ञप्ति दिनुपर्नेछ भेटाैँ भनेर कुराकानी गरेका थिए ।
उनलेे राति भइसकेकाे र भाेलिपल्ट बिहान भेट्ने भनेपछि तथानाम गालीगलाैज गर्दै थ्रेड दिएका थिए ।
विष्टलाई धम्की दिने शाहसहितका युवा धनगढीमा जेनजी आन्दोलनमा अग्र माेर्चामा देखिएका छन् ।
पत्रकार विष्टकाअनुसार धम्की दिने चन्द र शाहसँग उनकाे दाेहाेराे चिनजान छैन् ।
चिनजान नभएको अवस्थामा गत बैशाख १४ गते धनगढीकाे पाेटली फुड अगाडि अहिले धम्की दिने मध्येका चन्दले विष्टमाथि दुर्व्यवहार गरेका थिए ।
साेही दिन प्रहरीले उनलाई नियन्त्रणमा लिएर थुनेकाे थियाे । तर मदिरा सेवन गरेकाे सुरमा आफूबाट गल्ती भएकाे भन्दै माफी मागेपछि मिलापत्र गरेर छाडिएकाे थियाे ।
साेही विषयलाई लिएर जेनजी आन्दोलन भइरहेको माैकामा धम्की दिदै पत्रकार विष्टकाे घर तथा कार्यालय आगजनी गर्ने भन्दै धम्की दिइएपछि उनले कानुनी कारवाहीकाे प्रक्रिया अघि बढाएका छन् ।
कारवाही प्रक्रियामा पत्रकार महासंघ कैलाली र सुदूरपश्चिम प्रदेश समितिले उनलाई सघाइरहेकाे छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज