Advertisement

सुदूरपश्चिम

दुर्गाथलिमा असहाय र जेहेन्दार विद्यार्थीलाई युवा नेता कमल सीद्वारा शैक्षिक सामग्री वितरण

दुर्गाथलिमा असहाय र जेहेन्दार विद्यार्थीलाई युवा नेता कमल सीद्वारा शैक्षिक सामग्री वितरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार
बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-२ मा रहेको चौधारी माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । अखिल समाजवादी युवा नेता कमल सी ले विद्यालयमा अध्यनरत असहाय, टुहुरा, विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो । शिक्षामा समान पहुँच र अवसर सुनिश्चित गर्न असहाय टुहुरा १७ र जेहन्दार अनुशासित नियमित विद्यालय आउने ८ जना विद्यार्थीलाई कापी, कलम, मोडेल सेटलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको कमलले बताए । उनलेे शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै शिक्षालाई वैज्ञानिक र व्यवहारिक बनाउनु समयको आवश्यकता भएको बताए। उनले भने, “हाम्रो शिक्षा प्रणाली अझै पनि विदेशी अभ्यासमा सीमित छ,, अब मौलिक र हाम्रो माटो सुहाउने शिक्षा प्रणाली लागू गर्नुपर्छ, जसले युवालाई देशमै अवसर देखाओस्।” उनका अनुसार हालको शिक्षा प्रणालीले विद्यार्थी र युवामा पलाय...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

Breaking News 1, ताजा अपडेट, बझाङ, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको सिगास गाउँपालिका–३ धमकट्टेमा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धमकट्टेबाट सिन्याखेततर्फ जाँदै गरेको सुपप्र ०२–००१ त १३८१ नम्बरको ट्याक्टर सोही वडाको गडीघाढी भन्ने स्थानमा करिब १ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परि ट्याक्टरका साहु ७५ वर्षीय हरुवा साउँदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दुर्घटनामा उनका नाति अन्दाजी २० वर्षीय महेश साउँद घाइते भएका छन्। घाइते साउँदको अवस्था गम्भीर रहेको र उपचारका लागि लैजाने तयारी भइरहेको स्थानीय खेमसिंह धामीले बताए। इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक इन्द्रराज भट्टको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिए। प्रारम्भिक अनुसन्धानअनुसार ट्याक्टर ओरालोमा ब्रेक फेल भएर अनियन्त्रित भई करिब ४०...
बझाङमा सार्वजनिक प्रदर्शन, र्‍याली र सभा गर्न अनिवार्य अनुमति लिनुपर्ने

बझाङमा सार्वजनिक प्रदर्शन, र्‍याली र सभा गर्न अनिवार्य अनुमति लिनुपर्ने

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्ला प्रशासन कार्यालय बझाङले जिल्लाभित्र सार्वजनिक प्रदर्शन, र्‍याली तथा सभा–समारोह जस्ता गतिविधि गर्नुअघि अनिवार्य रुपमा अनुमति लिनुपर्ने जनाएको छ। जिल्ला प्रशासन कार्यालयले आज आइतबार सार्वजनिक सूचना जारी गर्दै नागरिकले संविधानले प्रदत्त स्वतन्त्रताको अधिकार अन्तर्गत शान्तिपूर्ण बैठक, सभा वा र्‍याली गर्न पाउने भए पनि त्यसका लागि अग्रिम अनुमति लिनुपर्ने जनाएको हो। गृह मन्त्रालयको पत्रअनुसार शान्ति सुरक्षाको अवस्था र जिल्लाको वस्तुस्थितिलाई ध्यानमा राखी प्रशासनले यस्ता कार्यक्रम सञ्‍चालन गर्न स्वीकृति प्रदान गर्ने जनाएको छ। स्वीकृति नलिएर कार्यक्रम सञ्चालन गर्न पाइने छैन भनेर कार्यालयले स्पष्ट पारेको छ। कार्यालयका अनुसार सार्वजनिक प्रदर्शन, र्‍याली सभाजस्ता कार्यक्रम सञ्चालन गर्न इच्छुकले पहिला निवेदन दिनुपर्नेछ। निवेदन स्वीकृत भएपछि मात्र कार्यक्रम सञ्चालन गर्न सकिनेछ। साथै, कार...
एकीकृत समाजवादीमा असन्तुष्टि : हामी फुट होइन, एकता चाहन्छौं- अध्यक्ष बोहरा

एकीकृत समाजवादीमा असन्तुष्टि : हामी फुट होइन, एकता चाहन्छौं- अध्यक्ष बोहरा

Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- नेकपा (एकीकृत समाजवादी) भित्र देखिएको असन्तुष्टि र सम्भावित फुटबारे बझाङको केदारस्युँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले गम्भीर प्रतिक्रिया व्यक्त गरेका छन्। फेसबुकमार्फत विचार व्यक्त गर्दै उनले नेपाली कम्युनिस्ट आन्दोलन केवल विचारको इतिहास नभई “रगत, आँसु, जेल, बन्दूक, भूमिगत जीवन र हजारौं बलिदानको इतिहास” भएको उल्लेख गरेका छन्। उनका अनुसार हाल देखिएको विवाद केवल एउटा दलको संकट होइन, सम्पूर्ण वाम आन्दोलनकै भविष्यसँग जोडिएको चिन्ताको विषय हो। बोहराले पार्टी नेतृत्वबीच गहिरो सहमति, समन्वय र आत्मसमिक्षा हुनुपर्ने आवश्यकता औंल्याए। “माओवादीसँग एकता गर्ने कि एमाले फर्कने भन्ने नाममा तल्लो तहका कार्यकर्ताबीच कटाक्ष र दोषारोपण हुनु दुर्भाग्यपूर्ण हो,” उनले लेखेका छन्, “यस्तो प्रवृत्तिले हामीजस्ता इमानदार कार्यकर्ता र कम्युनिस्ट आन्दोलनप्रति समर्पित युवाको मनोबल कमजोर पार्दैछ।” ...
डडेल्धुरामा एक पुरुष मृत फेला

डडेल्धुरामा एक पुरुष मृत फेला

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–२ बगालसैनका ५७ वर्षीय तेजबहादुर विष्ट शनिबार मृत अवस्थामा फेला परेका हुन् । विष्ट सोही वडाको पनाल खेतमा मृत अवस्थामा फेला जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए । घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विष्टको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।...
कञ्चनपुरमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु

कञ्चनपुरमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाणीमा आज बिहान १० बजेर १५ मिनेटमा महाकाली यातायातको ना ७ ख ६१८२ नम्बरको बस दुर्घटना हुँदा कृष्णपुर १ बण्डका ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार दुर्घटनामा घाइते भएका बलबहादुरलाई उपचारका लागि वाणी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको उनले जानकारी दिए। बसमा सवार अन्य चार जना सकुशल रहेका छन्। सो बसका चालक वेदकोट नगरपालिका–३ दैजीका ४६ वर्षीय रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस काठमाडौँबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको बताइएको छ।...
दार्चुलाको अपिहिमाल गाउँपालिका राष्ट्रियस्तरमा सम्मानित, पर्यटन विकासमा उत्कृष्ट

दार्चुलाको अपिहिमाल गाउँपालिका राष्ट्रियस्तरमा सम्मानित, पर्यटन विकासमा उत्कृष्ट

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिका पर्यटन विकासमा देशभरका स्थानीय तहमध्ये उत्कृष्ट भएको भन्दै नेपाल सरकारले राष्ट्रियस्तरमा सम्मान गरेको छ। बिश्व पर्यटन दिवशको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रमा योगदान पुगाउने विभिन्न क्षेत्रमा रहेका ब्यक्ति तथा संघ संस्थाहरुलाई प्रोत्साहन स्वरुप सम्मानित गर्ने गरेकोमा यो बर्ष देशभरका स्थानीय तहहरुमध्ये अपिहिमाल गाँउपालिकाले उत्कृष्ट पालिकाको सम्मान पाएको हो । गाँउपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराले पर्यटन विकासमा उत्कृष्ट पालिकाको सम्मानपत्र मन्त्रालयमै पुगेर मन्त्रालयका सचिव हरि प्रसाद मैलानीबाट ग्रहण गरेका छन् । पर्यटन दिवसका अवसरमा गत सेप्टेम्बर २७ मा गाँउपालिका उत्कृष्ट घोषित भएपनि सहभागी हुन नसकिएकाले आज आफुले मन्त्रालयमै पुगेर सम्मानपत्र ग्रहण गरेको अध्यक्ष बोहराले बताए । गाउँपालिकाले पछिल्ला तीन वर्ष...
बैतडीको पुर्चौंडीमा आज सार्वजनिक बिदा

बैतडीको पुर्चौंडीमा आज सार्वजनिक बिदा

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको पुर्चौंडी नगरपालिकाले आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको वडा नं १ स्थित प्रसिद्ध राताशीला त्रिवेणी धाममा लाग्ने गिरेगडा कफलखाना जात्राको अवसरमा स्थानीय सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर नेपालीका अनुसार आज नगरपालिकाभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय र शिक्षण संस्थामा सार्वजनिक बिदा छ । गिरेगडा कफलखाना जात्रा हरेक वर्ष कार्तिक शुक्ल दशमीका दिन सुरु भई कार्तिक शुक्ल एकादशी (हरिबोधनी एकादशी) का दिन सम्पन्न हुने गर्दछ । यस वर्ष जात्रा आजदेखि सुरु भई भोलि हरिबोधनी एकादशीका दिन समापन हुने वडा नं १ का अध्यक्ष गणेशबहादुर गडालले जानकारी दिए । जात्रामा विभिन्न ठाउँका दर्शनार्थी पुग्ने गर्छन् । विशेषगरी यस जात्रामा ‘गीर खेल्ने’ परम्परागत चलन रहिआएको छ ।...
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङको सातौँ स्थापना दिवस मनाइयो

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङको सातौँ स्थापना दिवस मनाइयो

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, सूचना प्रविधि
बझाङ: सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म बझाङको सातौँ स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ । वार्षिकोत्सवको अवसरमा आन्तरिक खेलकुद प्रतियोगिता, विपद् उद्धार प्रदर्शन, रक्तदान अभियान, सरसफाइ तथा सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिनुका साथै उत्कृष्ट कार्य सम्पादन गर्ने सशस्त्र प्रहरीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रमका क्रममा सेवा निवृत्त सशस्त्र प्रहरीहरूलाई पनि सम्मान गरिएको थियो भने नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंह, कार्यक्रम सञ्चालक सबिता खड्का, पत्रकार तर्फ साइपाल एफएमकी समाचार प्रमुख तरुणा जोशी र कामना टेलिभिजन बझाङका प्रमुख उत्तम कुमार थापालाई विशेष सम्मान प्रदान गरिएको थियो । त्यस्तै, शिक्षक प्रकाश खड्का लगायत समाजसेवीहरूलाई समेत सम्मान गरिएको थियो । गुल्म परिसरमा आयोजित औपचारिक समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक तथा सहायक वाहिन...
डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर  

डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर  

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम रोयल्सले आधिकारिक एपरेल (पोशाक) पार्टनरको रुपमा डीआरसँग सम्झौता गरेको छ । आइतबार नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र चर्चित नेपाली कपडा ब्रान्ड डीआरजेका मालिक डिल्ली राज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । सम्झौताअनुसार डीआरजेले सुदूरपश्चिम रोयल्सका लागि जर्सी उपलब्ध गराउने छ। सुदूरपश्चिम रोयल्सका सीईओ खड्काले डीआरजेले उच्च गुणस्तरका खेल पोशाक उपलब्ध गराउने र यसले खेलाडीको प्रदर्शन र आत्मविश्वासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । डीआरजे पछिल्लो समय निकै लोकप्रिय र चर्चित नेपाली कपडा ब्रान्ड हो । खेलाडीहरू र टिम दुवैका लागि उत्कृष्ट र गुणस्तरका खेल पोसाक चाहिन्छ, सीइओ खड्काले भने,‘त्यसैले हामीले डीआरजेसँग सहकार्य गरेका छौं । यसले सुदूरपश्चिमको पोशाकमा उच्च स्तरको गुणस्तर झल्काउने छ ।’ डीआरजेक...
बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। शिवनाथबाट आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा गएराति दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी मेलौली नगरपालिका–२ की २३ वर्षीया तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले जानकारी दिए। घाइतेहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।...
नौरा आधारभूत प्राथमिक स्वास्थ्य केन्द्रको सामाजिक परीक्षण सम्पन्न

नौरा आधारभूत प्राथमिक स्वास्थ्य केन्द्रको सामाजिक परीक्षण सम्पन्न

बझाङ
बझाङको जयपृथ्वी नगरपालिका–६,  नौरा आधारभूत प्राथमिक स्वास्थ्य केन्द्रको सामाजिक परीक्षण (Social Audit) सम्पन्न भएको छ । आज एक विशेष कार्यक्रमका बीच वडा नं. ६ का अध्यक्ष नरेन्द्र बहादुर सिंहको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा करिब ५८ जना सहभागी भएका थिए । सहभागीहरूले स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र प्रभावकारी सेवा प्रवाहका लागि विभिन्न सुझाव र सल्लाह दिएका थिए । सामाजिक परीक्षणका क्रममा स्वास्थ्य केन्द्रलाई अझ प्रभावकारी बनाउनका लागि आगामी कार्ययोजना समेत तयार गरिएको छ । उक्त सामाजिक परीक्षण कार्यक्रम UNFPA र पिसबिन नेपालको आर्थिक सहयोगमा सम्पन्न भएको हो भने कार्यक्रमको सहजीकरण रमेश केसीले गर्नुभएको थियो ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज