Advertisement

एकीकृत समाजवादीमा असन्तुष्टि : हामी फुट होइन, एकता चाहन्छौं- अध्यक्ष बोहरा

Advertisement

बझाङ- नेकपा (एकीकृत समाजवादी) भित्र देखिएको असन्तुष्टि र सम्भावित फुटबारे बझाङको केदारस्युँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले गम्भीर प्रतिक्रिया व्यक्त गरेका छन्।

फेसबुकमार्फत विचार व्यक्त गर्दै उनले नेपाली कम्युनिस्ट आन्दोलन केवल विचारको इतिहास नभई “रगत, आँसु, जेल, बन्दूक, भूमिगत जीवन र हजारौं बलिदानको इतिहास” भएको उल्लेख गरेका छन्।

उनका अनुसार हाल देखिएको विवाद केवल एउटा दलको संकट होइन, सम्पूर्ण वाम आन्दोलनकै भविष्यसँग जोडिएको चिन्ताको विषय हो। बोहराले पार्टी नेतृत्वबीच गहिरो सहमति, समन्वय र आत्मसमिक्षा हुनुपर्ने आवश्यकता औंल्याए।

“माओवादीसँग एकता गर्ने कि एमाले फर्कने भन्ने नाममा तल्लो तहका कार्यकर्ताबीच कटाक्ष र दोषारोपण हुनु दुर्भाग्यपूर्ण हो,” उनले लेखेका छन्, “यस्तो प्रवृत्तिले हामीजस्ता इमानदार कार्यकर्ता र कम्युनिस्ट आन्दोलनप्रति समर्पित युवाको मनोबल कमजोर पार्दैछ।”

बोहराले आफू र सहकर्मी कार्यकर्ताहरूले पद वा शक्ति नभई विचार, चरित्र र भविष्य सुरक्षित गर्ने नेतृत्व खोजिरहेको स्पष्ट पारेका छन्।

उनले अगाडि लेखेका छन्, “हामी फुट होइन, एकीकृत र अनुशासित कम्युनिस्ट आन्दोलन चाहन्छौं। हामी अझै पनि समाजवादको यात्रामा अडिग छौं, संघर्षको बाटोमा थाकेका छैनौं, निराश छैनौं, हार मानेका छैनौं।”

उनको भनाइअनुसार, कार्यकर्ताहरू अझै पनि वाम एकता र समाजवादी आन्दोलनको भविष्यप्रति विश्वास राख्दै संगठित, सचेत र अडिग रूपमा उभिएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज