Advertisement

दार्चुलाको अपिहिमाल गाउँपालिका राष्ट्रियस्तरमा सम्मानित, पर्यटन विकासमा उत्कृष्ट

Advertisement

धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिका पर्यटन विकासमा देशभरका स्थानीय तहमध्ये उत्कृष्ट भएको भन्दै नेपाल सरकारले राष्ट्रियस्तरमा सम्मान गरेको छ।

बिश्व पर्यटन दिवशको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रमा योगदान पुगाउने विभिन्न क्षेत्रमा रहेका ब्यक्ति तथा संघ संस्थाहरुलाई प्रोत्साहन स्वरुप सम्मानित गर्ने गरेकोमा यो बर्ष देशभरका स्थानीय तहहरुमध्ये अपिहिमाल गाँउपालिकाले उत्कृष्ट पालिकाको सम्मान पाएको हो ।

गाँउपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराले पर्यटन विकासमा उत्कृष्ट पालिकाको सम्मानपत्र मन्त्रालयमै पुगेर मन्त्रालयका सचिव हरि प्रसाद मैलानीबाट ग्रहण गरेका छन् । पर्यटन दिवसका अवसरमा गत सेप्टेम्बर २७ मा गाँउपालिका उत्कृष्ट घोषित भएपनि सहभागी हुन नसकिएकाले आज आफुले मन्त्रालयमै पुगेर सम्मानपत्र ग्रहण गरेको अध्यक्ष बोहराले बताए ।

गाउँपालिकाले पछिल्ला तीन वर्षमा पर्यटन पूर्वाधार निर्माण, पदयात्रा मार्ग, हिमाल आरोहण र कृषि पर्यटनका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ।

‘अर्ग्यानिक अपि’ अभियानमार्फत स्थानीय उत्पादनलाई बजारसँग जोड्दै जीविकोपार्जनमा टेवा दिइएको छ। त्यस्तै, नेपाल पर्यटन बोर्ड र युएनडिपीसँग सहकार्यमा मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना गरिएको छ, जसले पर्यटक सूचना प्रवाह र स्थानीय उत्पादन प्रवर्द्धनमा सहयोग पुर्‍याउनेछ।

गाउँपालिकाले पर्यटनलाई रोजगारी, शिक्षा र स्वास्थ्य विकाससँग जोड्ने नीति अवलम्बन गरेको छ। हाल स्थानीय युवा होमस्टे, होटल व्यवसाय र कन्टेन्ट निर्माणमा सक्रिय छन्।
अध्यक्ष बोहराले यो सम्मानले अपिहिमाललाई “अर्ग्यानिक र पर्यटन गाउँपालिका” को रूपमा स्थापित गर्न थप प्रेरणा मिलेको बताए।

अपिहिमाल पर्यटन सद्भावना दूत हिमालय भट्ट र काठमाडौँस्थित पर्यटन व्यवसायीहरूले पनि यस क्षेत्रको प्रवर्द्धनमा सक्रिय योगदान दिँदै आएका छन्। गाउँपालिकाले आगामी दिनमा अपिदेखि सैपाल हिमालसम्मको पर्यटन अवधारणालाई अघि बढाउने तयारी गरेको छ।

२०७८ असोज १० गते (सेप्टेम्बर २७, २०२१) अपिहिमाल आधार शिविरमा तत्कालीन पर्यटन मन्त्री रमेश धामीको उपस्थितिमा ‘पर्यटन भ्रमण वर्ष’ उद्घाटन गरेको गाउँपालिकाले दुई वर्षपछि सोही दिन राष्ट्रिय सम्मान प्राप्त गरेको हो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज