डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–२ बगालसैनका ५७ वर्षीय तेजबहादुर विष्ट शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
विष्ट सोही वडाको पनाल खेतमा मृत अवस्थामा फेला जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।
घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विष्टको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

