Advertisement

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङको सातौँ स्थापना दिवस मनाइयो

Advertisement

बझाङ: सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म बझाङको सातौँ स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ ।
वार्षिकोत्सवको अवसरमा आन्तरिक खेलकुद प्रतियोगिता, विपद् उद्धार प्रदर्शन, रक्तदान अभियान, सरसफाइ तथा सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिनुका साथै उत्कृष्ट कार्य सम्पादन गर्ने सशस्त्र प्रहरीहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका क्रममा सेवा निवृत्त सशस्त्र प्रहरीहरूलाई पनि सम्मान गरिएको थियो भने नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंह, कार्यक्रम सञ्चालक सबिता खड्का, पत्रकार तर्फ साइपाल एफएमकी समाचार प्रमुख तरुणा जोशी र कामना टेलिभिजन बझाङका प्रमुख उत्तम कुमार थापालाई विशेष सम्मान प्रदान गरिएको थियो ।
त्यस्तै, शिक्षक प्रकाश खड्का लगायत समाजसेवीहरूलाई समेत सम्मान गरिएको थियो ।

गुल्म परिसरमा आयोजित औपचारिक समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक तथा सहायक वाहिनीपति वीरेन्द्र बहादुर ऐर रहनु भएको थियो ।
कार्यक्रममा दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापा विशिष्ट अतिथि रहनु भएको थियो भने प्रमुख जिल्ला अधिकारी कैलास ठकुरी, विभिन्न सुरक्षा निकायका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

बक्ताहरूले सशस्त्र प्रहरी बलले देशभर शान्ति–सुरक्षा कायम गर्न, विपद् व्यवस्थापनमा अग्रणी भूमिका खेल्न र जनताको सेवा–सुरक्षामा निष्ठापूर्वक लागिरहेको प्रशंसा गरेका थिए ।

स्थापना दिवसको पूर्वसन्ध्यामा गुल्मले सुर्मा देवी मन्दिर र भवानी मन्दिरको सरसफाइ, रक्तदान कार्यक्रम, र विभिन्न विद्यालयमा सचेतना मूलक कार्यक्रमहरू सम्पन्न गरेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म बझाङका डीएसपी दुर्गा प्रसाद भट्टका अनुसार गुल्मले दैवी प्रकोप, विपद् उद्धार, सुरक्षासम्बन्धी सचेतना र समाजसेवामा उल्लेखनीय योगदान दिइरहेको छ।
उनका अनुसार, सशस्त्र प्रहरी बल सदैव “सेवा, सुरक्षा र समर्पण”को भावनासहित जनताको सहयोगमा खटिएको छ ।

२०७६ साल कार्तिक १३ गते स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म बझाङले सुरुवाती चरणमा कृषि ज्ञान केन्द्र बझाङको अस्थायी भवनबाट सेवा सुरु गरेको थियो ।
हाल भने गुल्मले २०८० साल भदौ १० गतेदेखि जयपृथ्वी नगरपालिका–६, नौरा स्थित आफ्नै स्थायी भवनबाट सेवा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज