Advertisement

सुदूरपश्चिम

एमालेमा पुष्पलाल, मनमोहन र मदनको परिवारले स्थान पाएनन् :  प्रकाश शाह

एमालेमा पुष्पलाल, मनमोहन र मदनको परिवारले स्थान पाएनन् : प्रकाश शाह

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
सत्यराज सिंह, बझाङ- नेकपा एमालेबाट अलग भई हालै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता प्रकाश शाहले एमालेमा पार्टीका संस्थापक नेताहरूका परिवारलाई स्थान नदिइएको आरोप लगाएका छन् । बुधबार बझाङको सदरमुकाम चैनपुरमा नेपाली कम्युनिष्ट पार्टीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै शाहले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीजस्ता नेताहरूको योगदानलाई एमाले नेतृत्वले उपेक्षा गरेको बताए । उनले भने, ‘एमालेमा पुष्पलाल, मनमोहन र मदन भण्डारी मात्र होइन, ५० वर्षसम्म पार्टीमा संघर्ष गरेका डा. भीम रावललाई समेत ठाउँ छैन । यो पार्टीको इतिहास र योगदानमाथि गरिएको अन्याय हो ।’ शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्य दुवैलाई निरङ्कुशताका दिशातर्फ धकेलेको आरोप लगाए । ओली नेतृत्वको सरकारमा तानाशाही प्रवृत्ति हाबी भएपछि आफूहरूलाई एमाले छाड्न ब...
बित्थडचिरमा खेल मैदान निर्माणमा भ्रष्टाचार,६ जनामाथि मुद्दा

बित्थडचिरमा खेल मैदान निर्माणमा भ्रष्टाचार,६ जनामाथि मुद्दा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा खेल मैदान निर्माण तथा सुधार कार्यका क्रममा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ। अख्तियारका अनुसार बित्थडचिर गाउँपालिका वडा नम्बर–१ स्थित बित्थड खेल मैदान निर्माण तथा सुधार कार्यमा वास्तविक काम नगरी काम सम्पन्न भएको देखाउँदै झुट्टा नापी किताब, बिल, भरपाईलगायत कागजात तयार गरिएको पाइएको छ। यसै आधारमा बढी तथा दोहोरो रकम भुक्तानी दिइएको पुष्टि भएपछि उक्त कार्यमा भ्रष्टाचार भएको निष्कर्ष निकालिएको अख्तियारले जनाएको छ। आरोप–पत्र दायर गरिएकामा बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जना प्रतिवादी रहेका छन्। अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ) बमोजिमको कसुरमा प्रतिवादीहरूबाट रु. १४ लाख ६६ हजार ५०३ र...
बझाङको केदारस्यूँ गाउँपालिकाद्वारा शैक्षिक स्तर सुधारका लागि शिक्षकलाई क्षमता विकास तालिम

बझाङको केदारस्यूँ गाउँपालिकाद्वारा शैक्षिक स्तर सुधारका लागि शिक्षकलाई क्षमता विकास तालिम

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले शैक्षिक स्तर सुधार गर्नका लागि शिक्षकहरूलाई क्षमता विकास तालिम प्रदान गरेको छ । गाउँपालिकाले कक्षा ८ र १० मा गणित, विज्ञान र अंग्रेजी विषय अध्यापन गराउने विषयगत शिक्षकलाई २ दिने क्षमता विकास तालिम प्रदान गरेको हो । शिक्षण सिकाइलाई प्रभावकारी बनाउने, विद्यार्थीको सिकाइ स्तर सुधार गर्ने तथा परीक्षा उत्तीर्ण प्रतिशत वृद्धि गर्न तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। यो तालिम शैक्षिक अभियान वर्ष अन्तर्गत सञ्चालन गरिएका थप नवीन कार्यक्रमहरूमध्ये एक रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टले जानकारी दिए । उनले शिक्षकको क्षमता विकासमार्फत गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने लक्ष्यसहित यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने बताए तालिमबाट शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि भई विद्यालय तहको शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको ...
बित्थडचिरका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको डेढ महिनामै सरुवा, छोटो समयमा नमुनात्मक काम

बित्थडचिरका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको डेढ महिनामै सरुवा, छोटो समयमा नमुनात्मक काम

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
देउलेख- बझाङको बित्थडचिर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर ज्ञवाली डेढ महिनामै सरुवा भएका छन् । ज्ञवाली कार्तिक १८ गते गाउँपालिकाको कार्यालयमा हाजिर भएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ १२ गते श्रम तथा रोजगार मन्त्रालयमा कार्यरत ज्ञवालीलाई बित्थडचिर गाउँपालिकामा खटाएको थियो । सरुवा भएसँगै ज्ञवाली अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जाने तयारीमा रहेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरुवा भएपछि गाउँपालिका केही समयका लागि प्रशासकीय नेतृत्वविहीन हुने भएको छ, जसका कारण प्रशासनिक कामकाज प्रभावित हुने देखिएको छ ।  सरुवा भएका प्रमुखको गाउँपालिकाले मंगलबार उनको कार्यको सम्मान सहित बिदाइ गर्दैछ । यता गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन माग गर्दै सम्बन्धित मन्त्रालयमा पत्राचार गर्ने तयारी गरेको जनाएको छ । छोटो समयमा नमुनात्मक काम डेढ मह...
बैतडीको मेलौलीका दयाल बित्थडचिरको तोल्यानमा चोरी गर्ने क्रममा स्थानीयले नियन्त्रणमा लिएपछि…

बैतडीको मेलौलीका दयाल बित्थडचिरको तोल्यानमा चोरी गर्ने क्रममा स्थानीयले नियन्त्रणमा लिएपछि…

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
देउलेख- बझाङको बित्थडचिर गाउँपालिका- ४ तोल्यानमा चोरी गर्ने क्रममा एक युवकलाई स्थानीयले नियन्त्रणमा लिएका छन्। गएराति करिब साढे २ बजेको समयमा पसल तथा एक घरमा चोरी गर्न लागेका बैतडीको मेलौली नगरपालिका–७ निवासी २२ वर्षीय महेश दयाललाई स्थानीयले नियन्त्रणमा लिएका हुन्। स्थानीयका अनुसार दयालले राति सबै सुतेको मौका पारेर तोल्यानस्थित तीनवटा पसल र एक घरमा चोरी गर्न थालेका थिए। उनले एनडी किराना तथा नास्ता पसल, एलबि किराना एण्ड मदिरा पसल, बोहरा किराना पसल र रमिला बिकको घरमा चोरी गरेको बताइएको छ। चोरी भइरहेको थाहा पाएपछि व्यापारी राजेश बहादुर बोहराले तत्काल स्थानीयलाई जानकारी गराएका थिए। त्यसपछि दयाललाई धनबहादुर बोहराको पसलमा चोरी गर्ने क्रममा स्थानीयको रोहबरमा नियन्त्रणमा लिई प्रहरीलाई खबर गरिएको थियो। नियन्त्रणमा परेका दयाललाई हाल प्रहरी बेस देउलेखमा राखिएको छ भने आवश्यक अनुसन्धानपछि जिल्ला पठा...
सुनकुडा धारी- डोबा ग्रामीण सडक वर्षौंदेखि अलपत्र, तत्काल निर्माणको माग गर्दै पालिकालाई ज्ञापनपत्र

सुनकुडा धारी- डोबा ग्रामीण सडक वर्षौंदेखि अलपत्र, तत्काल निर्माणको माग गर्दै पालिकालाई ज्ञापनपत्र

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ अन्तर्गत सुनकुडा धारी- डोबा ग्रामीण सडक वर्षौंदेखि अलपत्र अवस्थामा छ । साविक सुनकुडा गाविसको बेला २०६८ सालदेखि बजेट विनियोजन हुँदै आएको सुनकुडा धारी- डोबा ग्रामीण सडक अहिलेसम्म निर्माण कार्य सम्पन्न हुन नसकेर अलपत्र अवस्थामा रहेको हो । बर्षौसम्म सडक अलपत्र परेपछि स्थानीयवासीले तत्काल निर्माण कार्य अघि बढाउन माग गर्दै गाउँपालिकालाई ज्ञापन–पत्र बुझाएका छन्। आइतबार अवरुद्ध सडक संघर्ष समितिले सडक निकासाको मागसहित गाउँपालिकाका प्रमुखलाई अवरुद्ध सडक संघर्ष समिति संयोजक लालबहादुर ढाँट सहितको टिमले ज्ञापनपत्र बुझाएको हो । उक्त ज्ञापनपत्रमा क्षेत्र भौगोलिक रूपमा अत्यन्तै दुर्गम रहेको र जनसंख्या धेरै भए पनि सडक, शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य सामग्रीको सहज पहुँचबाट वञ्चित हुनुपरेको उल्लेख गरिएको छ। स्थानीयका अनुसार गाउँपालिका केन्द्र, वडा कार्यालय, धार्...
एनपीएल क्रिकेटको फाइनल खेल आज, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

एनपीएल क्रिकेटको फाइनल खेल आज, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले खेल्दैछन् । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरू हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम र पहिलो पटक उपाधि नजिकै पुगेको लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । आज उपाधि जित्ने टोली नयाँ विजेता बन्नेछ । लुम्बिनीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल कप्तान र सुदूरपश्चिममा राष्ट्रिय टोलीकै उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् । पहिलो क्वालिफायरमा गएको मङ्गलवार विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम दोस्रो संस्करणको उपाधि नजिक पुगेको हो । लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराएको थियो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । गएको वर्ष फाइनलम...
अन्धकार र सञ्चार संकटमा केदारस्युँ-८ बासी, सेवा विस्तारको मागसहित ज्ञापनपत्र

अन्धकार र सञ्चार संकटमा केदारस्युँ-८ बासी, सेवा विस्तारको मागसहित ज्ञापनपत्र

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, सूचना प्रविधि
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका-८ का स्थानीयले विभिन्न माग राख्दै वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । स्थानीयबासीले वडामा विद्युत् र फोन टावरको समस्या लगायतका माग राख्दै शुक्रबार वडाध्यक्ष सुरेश बहादुर जेठारासमक्ष ज्ञापनपत्र बुझाएका हुन् । विद्युत तथा सूचना–प्रविधि पहुँच अभावले दैनिक जीवनमा गम्भीर समस्या परिरहेको हुँदा आफूहरूले सरकारसमक्ष ज्ञापनपत्र पेस गरेको स्थानीय अगुवा जगदीश बोहराले जानकारी दिए । बोहराका अनुसार वडामा विद्युत नहुँदा अन्धकारमा बस्नुपर्ने, २१औँ शताब्दीमा पनि उज्यालोका लागि झर्रो र टुकीको भर पर्नुपर्ने अवस्थाले जनजीवन नै ठप्प बनाएको छ। फोन सेवा नहुँदा डाँडाकाँडा धाउनुपर्ने बाध्यता अझै कायम छ। त्यस्तै नेट चलाउनका लागि फोर जि सेवा नहुँदा वडा कार्यालय, वा झोता बजार झाउनुपर्ने विषम परिस्थिति सिर्जना भएको स्थानीय स्थानीयले बताए । जनताको स्थानीय सरकार घरनजिकको सरका...
बझाङ काँग्रेसबाट उम्मेदवार सिफारिस: सत्यराज भण्डारी शक्तिशाली देखिदै 

बझाङ काँग्रेसबाट उम्मेदवार सिफारिस: सत्यराज भण्डारी शक्तिशाली देखिदै 

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: आगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनले बझाङमा राजनीतिक तापक्रम निकै बढाएको छ । यसैबीच नेपाली काँग्रेस बझाङले लामो छलफल, परामर्श र सर्वसम्मत सहमतिबाट तय गरेको उम्मेदवार सिफारिससूची केन्द्रमा पठाइसकेको छ । विभिन्न पुस्ताका नेताहरूलाई समेटिएको उक्त सूचीमा अनुभवी, निरन्तर जनतामा समर्पित, स्वच्छ र विश्वासिलो छविका नेता सत्यराज भण्डारी विशेषरूपमा अगाडि देखिएका छन् । नेपाली काँग्रेस बझाङको राजनीतिक इतिहासमा सत्यराज भण्डारीको नाम अलगै पहिचानका साथ उच्चारण गरिन्छ । करिब पाँच दशकभन्दा बढी समय पार्टीलाई समर्पण गरेका भण्डारी तीन तीन पटक बझाङ जिल्ला सभापति भएर नेतृत्वको पहिचान स्थापित गरिसकेका छन् । २०४९, २०५६ र २०६२ सालको त्यो नेतृत्वकालमा उनले जिल्लाभर काँग्रेसको संगठनलाई मजबुत बनाउनुका साथै स्थानीय तहसम्म जनसञ्जालमा विस्तार ल्याएका थि...
युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका सशक्त आकांक्षी

युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका सशक्त आकांक्षी

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौं: नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्वमा उकास्ने वातावरण बनेको छ । यस्तै परिवेशमा सुदूरपश्चिम, बझाङका युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका बलियो दाबेदारका रूपमा उदाएका छन् । अनेरास्ववियुबाट राजनीतिक यात्रा प्रारम्भ गरेका सिंहले संगठन, संघर्ष र जनसम्पर्कमा गरेको दीर्घ योगदानका आधारमा आफू केन्द्रीय नेतृत्वमा अट्ने दाबी गरेका हुन् । नेकपा (एमाले)ले यसपटक २५१ सदस्यीय केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवालाई ठूलो संख्यामा समेट्ने नीतिगत तयारी गरेसँगै धेरै युवा आकांक्षीहरू उदाएका छन्। यिनैमध्ये संगठन बनाउन र जनताको प्रश्नमा अविचल उभिन सक्ने क्षमताका कारण एलबी चर्चाको केन्द्रमा छन् । स्थानीय भूगोलमै बसेर राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका सिंह निर्धा, बेसहारा तथा श्रमजीवी नागरिकका आवाजका रूपमा चिनिन्छन् । उच्च न...
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउदको परिवारलाइ मृत्यु दाबि रकम भुक्तानि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मसुरिया उपशाखाले एक बीमित परिवारलाई मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ। कम्पनीको टोलीले बीमित परिवारको घरमै पुगेर सम्मानपूर्वक एक कार्यक्रमका बीच दाबी रकम हस्तान्तरण गरेको हो। बीमा सुरक्षाले कठिन समयमा परिवारलाई आर्थिक सहारा उपलब्ध गराउने उद्देश्यअनुरूप, आवश्यक कागजात तथा प्रक्रिया पूरा भएपछि कम्पनीले दाबी रकम छिटो, सहज र पारदर्शी रूपमा उपलब्ध गराएको मसुरिया उपशाखाले जानकारी दिएको छ। स्व. हर्क बहादुर साउद गाउले/छिमेकीको दाहसंस्कारका लागि जाँदै गर्दा ट्र्याक्टर दुर्घटनामा परि असामयिक निधन भएको थियो। उनले २०८२/०५/०५ मा मसुरिया उपशाखामार्फत रु. २ लाखको जीवन बीमा लिएका थिए र प्रथम बीमा शुल्क रु. ११,११०/- भुक्तानी गरेका थिए। कम्पनीले बिमा तथा अन्य लागू हुने लाभअनुसार...
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
हिमालयन लाइफ इन्स्योरेस कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबी भुक्तानी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मसुरिया उपशाखाले एक बीमित परिवारलाई मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ। कम्पनीको टोलीले बीमित परिवारको घरमै पुगेर सम्मानपूर्वक एक कार्यक्रमका बीच दाबी रकम हस्तान्तरण गरेको हो। बीमा सुरक्षाले कठिन समयमा परिवारलाई आर्थिक सहारा उपलब्ध गराउने उद्देश्यअनुरूप, आवश्यक कागजात तथा प्रक्रिया पूरा भएपछि कम्पनीले दाबी रकम छिटो, सहज र पारदर्शी रूपमा उपलब्ध गराएको मसुरिया उपशाखाले जानकारी दिएको छ। स्व. हर्क बहादुर साउद गाउले/छिमेकीको दाहसंस्कारका लागि जाँदै गर्दा ट्र्याक्टर दुर्घटनामा परि असामयिक निधन भएको थियो। उनले २०८२/०५/०५ मा मसुरिया उपशाखामार्फत रु. २ लाखको जीवन बीमा लिएका थिए र प्रथम बीमा शुल्क रु. ११,११०/- भुक्तानी गरेका थिए। कम्पनीले बिमा तथा अन्य लागू हुने लाभअनुसार निम्न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज