Advertisement

सुनकुडा धारी- डोबा ग्रामीण सडक वर्षौंदेखि अलपत्र, तत्काल निर्माणको माग गर्दै पालिकालाई ज्ञापनपत्र

Advertisement

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ अन्तर्गत सुनकुडा धारी- डोबा ग्रामीण सडक वर्षौंदेखि अलपत्र अवस्थामा छ । साविक सुनकुडा गाविसको बेला २०६८ सालदेखि बजेट विनियोजन हुँदै आएको सुनकुडा धारी- डोबा ग्रामीण सडक अहिलेसम्म निर्माण कार्य सम्पन्न हुन नसकेर अलपत्र अवस्थामा रहेको हो ।

बर्षौसम्म सडक अलपत्र परेपछि स्थानीयवासीले तत्काल निर्माण कार्य अघि बढाउन माग गर्दै गाउँपालिकालाई ज्ञापन–पत्र बुझाएका छन्।
आइतबार अवरुद्ध सडक संघर्ष समितिले सडक निकासाको मागसहित गाउँपालिकाका प्रमुखलाई अवरुद्ध सडक संघर्ष समिति संयोजक लालबहादुर ढाँट सहितको टिमले ज्ञापनपत्र बुझाएको हो ।
उक्त ज्ञापनपत्रमा क्षेत्र भौगोलिक रूपमा अत्यन्तै दुर्गम रहेको र जनसंख्या धेरै भए पनि सडक, शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य सामग्रीको सहज पहुँचबाट वञ्चित हुनुपरेको उल्लेख गरिएको छ। स्थानीयका अनुसार गाउँपालिका केन्द्र, वडा कार्यालय, धार्मिक स्थल तथा विद्यालयसम्म आवतजावत गर्नसमेत समस्या भइरहेको छ।
ज्ञापन–पत्रमा २०६८ सालदेखि हालसम्म सुनकुडा धारी- डोबा ग्रामीण सडक निर्माणका लागि विभिन्न शीर्षकबाट करिब ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन भए पनि सडक अझै पूर्ण रूपमा निर्माण हुन नसकेको जनाइएको छ। पटकपटक निर्माण कार्य सुरु भए पनि बीचमै रोकिँदा स्थानीयवासीले बनाएको पैदलमार्गसमेत पुनः अवरुद्ध भएको उल्लेख छ।

उक्त सडक अन्तर्गत उडी र रैकोशी गाउँ जोडने विचमा ठूलो भिर परेको पारिमेला पखानको बिच सम्ममा २०७५ सालमा सडक निर्माण भएको थियोे । पैदल मार्ग समेत बन्द हुने गरि सडक निर्माण कार्य छोडिएपछि सो क्षेत्रका जनताहरुको जनश्रमदानबाट पैदल मार्ग निर्माण गरि आवतजावत गर्दैआएका थिए। पुनः २०८२ साल साउन महिनामा बित्थडचिर गाउँपालिकाको स्काइभेटर गएर करिब १०० मिटर जति सडक निर्माण कार्य गरेको थियोे । फेरि जनताहरुको जनश्रमदानबाट निर्माण गरेको पैदल मार्ग पनि बन्द भएको छ ।

सडक निर्माण कार्यले निरन्तरता नपाउँदा स्थानीयको दैनिकी झनै कष्टकर बनेको जनाइएको छ। सडक नहुँदा मेलापात, कृषि कार्य, उपचार र आपतकालीन सेवामा समेत गम्भीर समस्या उत्पन्न भएको स्थानीयको गुनासो छ।
ज्ञापन–पत्रमार्फत सडक निर्माण कार्य १ हप्ता भित्र सञ्चालन नभएमा वडा कार्यालयमा तालाबन्दी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी तथा चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ।
सडक निर्माण संघर्ष समितिले सम्बन्धित निकायलाई शीघ्र पहल गरी सुनकुडा धारी- डोबा ग्रामीण सडक निर्माण कार्य अविलम्ब अघि बढाउन माग गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवार...
नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज