Advertisement

युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका सशक्त आकांक्षी

Advertisement

काठमाडौं: नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्वमा उकास्ने वातावरण बनेको छ । यस्तै परिवेशमा सुदूरपश्चिम, बझाङका युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका बलियो दाबेदारका रूपमा उदाएका छन् । अनेरास्ववियुबाट राजनीतिक यात्रा प्रारम्भ गरेका सिंहले संगठन, संघर्ष र जनसम्पर्कमा गरेको दीर्घ योगदानका आधारमा आफू केन्द्रीय नेतृत्वमा अट्ने दाबी गरेका हुन् ।

नेकपा (एमाले)ले यसपटक २५१ सदस्यीय केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवालाई ठूलो संख्यामा समेट्ने नीतिगत तयारी गरेसँगै धेरै युवा आकांक्षीहरू उदाएका छन्। यिनैमध्ये संगठन बनाउन र जनताको प्रश्नमा अविचल उभिन सक्ने क्षमताका कारण एलबी चर्चाको केन्द्रमा छन् ।

स्थानीय भूगोलमै बसेर राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका सिंह निर्धा, बेसहारा तथा श्रमजीवी नागरिकका आवाजका रूपमा चिनिन्छन् । उच्च नैतिकता, संगठन–निर्माण क्षमता र नेतृत्वप्रति निष्ठाका कारण उनलाई ‘पार्टीका लागि भरोसामन्द पिल्लर’ को रूपमा समेत हेरिँदै आएको छ। व्यक्तिगत इमानदारी, सरल व्यवहार र कार्यकर्ताप्रति समर्पणले उनी जनतामा समेत लोकप्रिय छन् ।


को हुन् लोकेन्द्र बहादुर सिंह (एलबी)? – एक सुदृढ राजनीतिक यात्राको दस्तावेज

२०५७ – अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष
२०६० – नेकपा (एमाले)को संगठित सदस्यता प्राप्त
२०६१ – पुनः अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष
२०६२ – जयपृथ्वी बहुमुखी क्याम्पस, बझाङ स्ववियु सचिव
२०६२–२०६५ – अनेरास्ववियु बझाङ जिल्ला अध्यक्ष
२०६६ – सेती अञ्चल सह–संयोजक
२०६७ – त्रिभुवन विश्वविद्यालय अखिल फोर्स इन्चार्ज
२०६८ – अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य
२०७० – अनेरास्ववियु केन्द्रीय लेखा आयोग सदस्य
२०७२ – अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज
२०७६ – अनेरास्ववियु स्थायी कमिटी सदस्य
२०७८ – अनेरास्ववियु केन्द्रीय कमिटी सचिव तथा सम्पर्क विभाग प्रमुख
२०७८ – नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय सदस्य, खप्तडछान्ना गाउँपालिका उत्प्रेरक
२०७९ – जिल्ला कमिटी सचिवालय सदस्य तथा खप्तडछान्ना गाउँपालिका इन्चार्ज
२०७९ – खप्तडछान्ना गाउँपालिका अध्यक्ष पदका उम्मेदवार
२०८० – भूमि अधिकार तथा श्रमिक संगठन नेपाल, प्रदेश अध्यक्ष
२०८१ – नेकपा (एमाले) बझाङ जिल्ला सचिवका उम्मेदवार
२०८२ – भूमि अधिकार तथा श्रमिक संगठन नेपाल, केन्द्रीय कमिटी उप–महासचिव
हाल – ११औं महाधिवेशन प्रतिनिधि तथा केन्द्रीय सदस्यका उम्मेदवार


युवा नेतृत्वलाई शक्तिशाली रूपमा अगाडि ल्याउने दलको लक्ष्य र संगठन निर्माणमा एलबीको भूमिकाले महाधिवेशनमा उनको दाबी अझ बलियो भएको विश्लेषण गरिन्छ । बझाङदेखि केन्द्रसम्म सतत सक्रिय रहेका लोकेन्द्र बहादुर सिंह नयाँ पुस्ताको प्रतिनिधि मात्र नभई संगठनिक क्षमता, समर्पण र जनभावनालाई नेतृत्वमा रूपान्तरण गर्न सक्षम व्यक्तित्वको रूपमा उभिएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै ,  प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै , प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङ- बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगितामा हुनेभएको छ । बित्थडचिर गाउँपालिका वडा नं. १ को आयोजनामा आगामी...
बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज