Advertisement

बैतडीको मेलौलीका दयाल बित्थडचिरको तोल्यानमा चोरी गर्ने क्रममा स्थानीयले नियन्त्रणमा लिएपछि…

Advertisement

देउलेख- बझाङको बित्थडचिर गाउँपालिका- ४ तोल्यानमा चोरी गर्ने क्रममा एक युवकलाई स्थानीयले नियन्त्रणमा लिएका छन्। गएराति करिब साढे २ बजेको समयमा पसल तथा एक घरमा चोरी गर्न लागेका बैतडीको मेलौली नगरपालिका–७ निवासी २२ वर्षीय महेश दयाललाई स्थानीयले नियन्त्रणमा लिएका हुन्।
स्थानीयका अनुसार दयालले राति सबै सुतेको मौका पारेर तोल्यानस्थित तीनवटा पसल र एक घरमा चोरी गर्न थालेका थिए। उनले एनडी किराना तथा नास्ता पसल, एलबि किराना एण्ड मदिरा पसल, बोहरा किराना पसल र रमिला बिकको घरमा चोरी गरेको बताइएको छ।
चोरी भइरहेको थाहा पाएपछि व्यापारी राजेश बहादुर बोहराले तत्काल स्थानीयलाई जानकारी गराएका थिए। त्यसपछि दयाललाई धनबहादुर बोहराको पसलमा चोरी गर्ने क्रममा स्थानीयको रोहबरमा नियन्त्रणमा लिई प्रहरीलाई खबर गरिएको थियो।
नियन्त्रणमा परेका दयाललाई हाल प्रहरी बेस देउलेखमा राखिएको छ भने आवश्यक अनुसन्धानपछि जिल्ला पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। चोरीका क्रममा पसलका ताला, दराज र घरका घर्ला तोडफोड गरिएको पाइएको छ।
स्थानीयले चोरीमा दयालसँग अन्य व्यक्ति पनि संलग्न रहेको र उनीहरू भागेको बताएका छन्। दयालको साथबाट चोरीका नगद पैसा, गरगहना तथा मोबाइल फोन, चोरि गर्न प्रयोग हुने सामाग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज