Advertisement

सुदूरपश्चिम प्रदेशका सामाजिक मन्त्री साउँदद्वारा धनगढी स्थित आसरा सुधार गृह निरिक्षीण

Advertisement


धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले धनगढी उपमहानगर पालिका वडा नं १४ फुलबारी स्थीत आसरा सुधार गृहको निरिक्षण गरेका छन् ।


शनिबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी भरत बोहरा र मन्त्री साउँदले सयुक्त रुपमा सुधार गृहको निरीक्षण गरेका हुन । सुधारगृह निरीक्षणको क्रममा मन्त्री झपट साउँदले प्रहरीले प्रशंसनिय कार्य गरेको बताए । उनले अहिले समाजमा लागु औषध सेवनकर्ता हरुबाट समस्या श्रृजना भएको भन्दै सुविधा सम्पन्न सुधार गृहले टेवा पुराउने बताए । साउँदले भने–यो काम राज्यको पनी हो, यसमा प्रदेश सरकारले तत्तकाल कस्तो सहयोग गर्न सक्छ, गर्छ, ।लागुपदार्थ सेवन बाट दुव्र्यसनमा फसेका व्यक्तिहरुको सुधारको लागि डिआईजी बोहराको सक्रियतामा उक्त सुधार गृहको निर्माण गरीएको हो ।


समाजमा लागुपदार्थ सेवन कर्ताहरुकै कारण विभिन्न अपराधिक गतिविधि हुने गरेकोले त्यसको निराकरण गर्न सुधार गृह सञ्चालनको तयारी अन्तीम चरणमा पुगेको डिआईजी बोहराले बताए ।


संघिय सरकारले बृद्धाश्रमको लागि भन्दै भवन निर्माण गरेर अलपत्र पारेपछि धनगढी उपमहानगरपालिकाको स्वामित्वमा रहेको निर्माणाधिन संरचनाको उपयोग गर्दै नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिमको व्यवस्थापनमा सो सुधारगृह सञ्चालनमा ल्याउन लागिएको हो ।


प्रहरी श्रीमती संघ सुदूरपश्चिमले धनगढी उपमहानगर पालिका संग २० बर्षको लागि भौतिक संरचना उपयोग गर्ने सम्झौता गरिसकेको छ । विभिन्न दुव्र्यसन बाट कुलतमा फसेका करिब २ सय जना राख्न सकिने क्षमता उक्त सुधार गृह संग रहेको र त्यहि हिसावले तयारी अघि बढाईएको डिआईजी बोहराले जानकारी दिए ।


पहिलो चरणमा ५० जना व्यक्तिहरुलाई राख्न लागिएको छ । उक्त सुधारगृहमा चौमासिक ६६ हजारका दरले शुल्क लाग्ने बताइएको छ । मासिक १४ हजार ५ सयका दरले प्रतिव्यक्ती शुल्क लगीने छ ।


सो सुधारगृहमा विभिन्न खालका योगा, तालिम, मनोरञ्जन, आवश्यक औषधी, विषय विज्ञ मनोमरामर्श, विशेषज्ञ मानसिक डाक्टर लगाएतको सुविधाहरु उपलब्ध गराईने छ ।
डीआईजी बोहराले सुदूरपश्चिमको कमाण्ड सम्हाले देखीनै यो प्रक्रियाका लागि संघिय सरकार र स्थानीय पालिका संग समन्वय गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज