धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले धनगढी उपमहानगर पालिका वडा नं १४ फुलबारी स्थीत आसरा सुधार गृहको निरिक्षण गरेका छन् ।
शनिबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी भरत बोहरा र मन्त्री साउँदले सयुक्त रुपमा सुधार गृहको निरीक्षण गरेका हुन । सुधारगृह निरीक्षणको क्रममा मन्त्री झपट साउँदले प्रहरीले प्रशंसनिय कार्य गरेको बताए । उनले अहिले समाजमा लागु औषध सेवनकर्ता हरुबाट समस्या श्रृजना भएको भन्दै सुविधा सम्पन्न सुधार गृहले टेवा पुराउने बताए । साउँदले भने–यो काम राज्यको पनी हो, यसमा प्रदेश सरकारले तत्तकाल कस्तो सहयोग गर्न सक्छ, गर्छ, ।लागुपदार्थ सेवन बाट दुव्र्यसनमा फसेका व्यक्तिहरुको सुधारको लागि डिआईजी बोहराको सक्रियतामा उक्त सुधार गृहको निर्माण गरीएको हो ।
समाजमा लागुपदार्थ सेवन कर्ताहरुकै कारण विभिन्न अपराधिक गतिविधि हुने गरेकोले त्यसको निराकरण गर्न सुधार गृह सञ्चालनको तयारी अन्तीम चरणमा पुगेको डिआईजी बोहराले बताए ।
संघिय सरकारले बृद्धाश्रमको लागि भन्दै भवन निर्माण गरेर अलपत्र पारेपछि धनगढी उपमहानगरपालिकाको स्वामित्वमा रहेको निर्माणाधिन संरचनाको उपयोग गर्दै नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिमको व्यवस्थापनमा सो सुधारगृह सञ्चालनमा ल्याउन लागिएको हो ।
प्रहरी श्रीमती संघ सुदूरपश्चिमले धनगढी उपमहानगर पालिका संग २० बर्षको लागि भौतिक संरचना उपयोग गर्ने सम्झौता गरिसकेको छ । विभिन्न दुव्र्यसन बाट कुलतमा फसेका करिब २ सय जना राख्न सकिने क्षमता उक्त सुधार गृह संग रहेको र त्यहि हिसावले तयारी अघि बढाईएको डिआईजी बोहराले जानकारी दिए ।
पहिलो चरणमा ५० जना व्यक्तिहरुलाई राख्न लागिएको छ । उक्त सुधारगृहमा चौमासिक ६६ हजारका दरले शुल्क लाग्ने बताइएको छ । मासिक १४ हजार ५ सयका दरले प्रतिव्यक्ती शुल्क लगीने छ ।
सो सुधारगृहमा विभिन्न खालका योगा, तालिम, मनोरञ्जन, आवश्यक औषधी, विषय विज्ञ मनोमरामर्श, विशेषज्ञ मानसिक डाक्टर लगाएतको सुविधाहरु उपलब्ध गराईने छ ।
डीआईजी बोहराले सुदूरपश्चिमको कमाण्ड सम्हाले देखीनै यो प्रक्रियाका लागि संघिय सरकार र स्थानीय पालिका संग समन्वय गरेका थिए ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३