Advertisement

कैलाली

कैलालीमा नदीजन्य पदार्थको विक्रीवितरणमा स्थानीय तहहरुको मनपरी

कैलालीमा नदीजन्य पदार्थको विक्रीवितरणमा स्थानीय तहहरुको मनपरी

Breaking News 1, कैलाली, ताजा अपडेट, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
नदीजन्य पदार्थ संकलन र विक्रीवितरणमा कैलालीका स्थानीय तहहरुको मनपरी देखिएको छ। नदीजन्य पदार्थ संकलन र बिक्री–वितरणका लागि विस्तृत वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनको प्रतिलिपि जिल्ला समन्वय समिति र जिल्ला प्रशासनमा समेत बुझाउनुपर्ने हो। तर, जिल्लाका स्थानीय तहहरुले जिल्ला समन्वय समिति र जिल्ला प्रशासनमा प्रतिलिपि बुझाउने गरेका छैनन। स्थानीय तहहरुले नदी तथा खोलाको ठेक्का गर्दा सम्झौताको विषयमा जिल्ला समन्वय समिति र जिल्ला प्रशासन अनभिज्ञ हुँदा नियमनमा समस्या हुने गरेको छ। जिल्ला अनुगमन समितिको बैठकमा स्थानीय तहहरूबाट कुनै पनि कागजपत्रहरू नआएको विषय उठेको छ। जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी विमल जोशीले जिल्लास्तरीय अनुगमन समितिले पटक–पटक कागजपत्र माग्दै आएको बताए। उनले भने, ‘नदीजन्य पदार्थको सङ्कलन तथा बिक्री–वितरणको कागजपत्र आउने गरेको छैन। सङ्घीय सरकारको मापदण्ड र...
सुदूरपश्चिममा प्रदेश निजामती सेवा नियमावली पारित

सुदूरपश्चिममा प्रदेश निजामती सेवा नियमावली पारित

Breaking News 1, Breaking News 2, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले तयार गरेको प्रदेश निजामती सेवा नियमावली पारित भएको छ। मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले निजामती सेवा नियमावली पारित गरेको हो। प्रदेश निजामती सेवा नियमावली नबन्दा प्रदेश लोक सेवा आयोगले कर्मचारी छनोटका लागि विज्ञापन गर्न सकेको थिएन। नियमावली पारित भएसँगै विभिन्न तहको कर्मचारीको विज्ञापन, सरुवा र बढुवाको बाटो खुलेको छ।...
गोदावरीमा ३५ जना बालबालिकालाई न्यानो लुगा वितरण

गोदावरीमा ३५ जना बालबालिकालाई न्यानो लुगा वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली, गोदावरी – युवा समाजसेवी तथा हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष हेमन्त बाजेको सहकार्य र महिला नेतृ रिता शाहीको पहलमा गोदावरी नगरपालिका–२, दामदरेस्थित बाह्रदेउ आधारभूत विद्यालयका ३५ जना बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ। आर्थिक अवस्था अत्यन्त कमजोर भएका, विद्यालय जान नसक्ने, एकल घरपरिवारका छोराछोरी, जेहेन्दार तथा अनाथ बालबालिकालाई न्यानो लुगा र टोपी वितरण गरिएको हो। कार्यक्रममा मालिका माध्यमिक विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरू, विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य रतिभान धामी, बाह्रदेउ आधारभूत विद्यालयका व्यवस्थापन समितिका सदस्य गौमती धामी, समाजसेवी तथा समन्वयकर्ता हेमन्त बाजे, पहलकर्ता रिता शाही, सुरज खडका, विद्यालयका प्रअ हर्क धामी, शिक्षक-शिक्षिका, अभिभावक, तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। समाजसेवी हेमन्त बाजेले चिसोबाट प्रभाव...
नेपाल पत्रकार महासंघ कैलाली शाखाको नयाँ कार्यसमिति चयन, श्रवण देउवाको नेतृत्व

नेपाल पत्रकार महासंघ कैलाली शाखाको नयाँ कार्यसमिति चयन, श्रवण देउवाको नेतृत्व

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली: नेपाल पत्रकार महासंघ कैलाली शाखाको नयाँ कार्यसमिति चयन गरिएको छ। गत दिन सम्पन्न निर्वाचनबाट श्रवण देउवाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। यस निर्वाचनले पत्रकारहरूको हकहित, पेशागत सशक्तिकरण, र क्षेत्रीय पत्रकारिताको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। निर्वाचनबाट निम्न पदाधिकारी र सदस्यहरू निर्वाचित भएका छन्: कार्यसमिति पदाधिकारीहरू अध्यक्ष: श्रवण देउवा उपाध्यक्ष: बिराज रोस्यारा उपाध्यक्ष (महिला): भावना जोशी सचिव: तेजराज भट्ट सहसचिव: शंकर बोहरा सहसचिव (समावेशी): निराजन परियार कोषाध्यक्ष: सुनिल आउजी कार्यसमिति सदस्यहरू बालकृष्ण ओझा कैलाश जोशी दिनेशबहादुर बिष्ट गगन अयडी बिरेन्द्र शाह लोकुसिंह ठकुरी रतनलाल चौधरी अनिता चौधरी विवेक नागरी चन्द्रप्रसाद खनाल सुधराम दहित टेकसिंह धामी जगत जैगडी ...
समाजसेवी हेमन्त राज जोशीको पहलमा सिबिन नेपालद्वारा शैक्षिक सामाग्री वितरण

समाजसेवी हेमन्त राज जोशीको पहलमा सिबिन नेपालद्वारा शैक्षिक सामाग्री वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली : कैलालीको गौरीगंगा नगरपालिका-२ स्थित मालिका माध्यमिक विद्यालय चौमालामा अध्ययनरत १५ जना बालबालिकाहरूलाई युवा समाजसेवी हेमन्त राज जोशी (बाजे) को पहलमा शैक्षिक सामाग्री वितरण गरिएको छ। आर्थिक अवस्था अत्यन्तै कमजोर भएका, विद्यालय जान नसक्ने, एकल परिवारका, जेहेन्दार र अनाथ बालबालिकाहरूलाई विद्यालय पोशाक, झोला, र स्टेसनरी सामाग्री प्रदान गरिएको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज दियाकोटी, अमर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर कुँवर, समाजसेवी हेमन्त राज जोशी, मनोविमर्शकर्ता भगवती राई, विद्यालयका प्रधानाध्यापक रतन प्रसाद जैसी, शिक्षक-शिक्षिका, र विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सिबिन नेपालका कार्यालय प्रमुख हरिलाल चौधरीले न्यून आय भएका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गर्नाले उनीहरूको अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे...
औषधिको विवेकपूर्ण प्रयोगबारे सन्देशमूलक सामग्री सहित निःशुल्क शैक्षिक सामग्री वितरण

औषधिको विवेकपूर्ण प्रयोगबारे सन्देशमूलक सामग्री सहित निःशुल्क शैक्षिक सामग्री वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कैलाली : औषधिको विवेकपूर्ण प्रयोगबारे सन्देशमूलक सामग्री सहित निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । धनगढीका सरकारी विद्यालयमा आज औषधिको विवेकपूर्ण प्रयोगबारे सन्देशमूलक सामग्री सहित निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको हाे । सरकारी विद्यालयका करिव १० हजार बढी विद्यार्थीहरुलाई एक शन्देसमुलक कार्यक्रमका विच प्रयाेग बारे जानकारी गराउनु भएको दिर्घराज जाेशीले बताउनु भयाे । कार्यक्रममा निःशुल्क शैक्षिक सामग्री प्रदान गर्ने अभियान अन्तर्गतको आज पहिलो दिन ,सामाजिक उत्तरदायित्वको विनम्र प्रयास अन्तर्गत सात सय बढी जनालाई प्रदान गरिएको जनाएको हाे । सन्देशमुलक सचेतना अभियान सँगै शैक्षिक सामाग्री प्राप्त गर्ने विद्यालयमा राष्ट्रिय माध्यमिक विद्यालय, वेली, धनगढी का २०० विद्यार्थी र सिद्धनाथ माध्यमिक विद्यालय, धनगढी का ५०० विद्यार्थी रहेका छन । विभिन्न विद्यालय सन्देशमुलक सहित जनचेतना...
कैलालीबाट जुवा र कौडा खेल्ने २८ जना पक्राउ

कैलालीबाट जुवा र कौडा खेल्ने २८ जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीबाट जुवा र कौडा खेल्ने २८ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका- ७ गौरीचोकबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)  कबिन्द्रसिंह बोहोराले स्थानीय सुरेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमवार बिहान उनीहरूलाई पक्राउ गरिएको बताए। उनीहरूको साथबाट ८८ हजार दुई सय नगद र दुई गड्डी तास बरामद गरिएको बोहोराले बताए। यस्तै, कौडा खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरिएको छ। गौरीगंगा नगरपालिका–१ को गोप्कामा भैरव चन्दले सञ्चालन गरेको रोयल फेमली रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेका २० जनालाई पक्राउ गरिएको डीएसपी बोहोराले बताए। उनीहरूको साथबाट ६ थान कौडा, ७९ हजार ९११ रूपैयाँ नगद र १८ वटा मोबाइल बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
करिब दुई दशक बढी देखि बन्द भएको एर्पोटमा आज हवाई उडान परिक्षण

करिब दुई दशक बढी देखि बन्द भएको एर्पोटमा आज हवाई उडान परिक्षण

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली : कैलालीको सुन्दर नगरी टीकापुर हवाइमैदानको पुनः परीक्षण गरिएको छ । परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टिम आएको छ । पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि टीकापुरमा छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परीक्षणका लागि जहाज पठाएपछि यहाँका नागरिक खुशी भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन तथा वन वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले संघीय सरकारले सेवा निरन्तर गर्न सहयोग गरे प्रदेश सरकारले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न अनुदान दिन सक्ने बताए । टीकापुरबाट तत्कालीन अवस्थामा अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, नेपालगञ्जमा हवाइ उडान हुने गरेको थियो । टीकापुर नगरपालिकाका प्रमुख रामलाल...
कैलालीको घोडाघोडिमा सामुदायिक वन अतिक्रमण गरि लगाईएको धान काटियो

कैलालीको घोडाघोडिमा सामुदायिक वन अतिक्रमण गरि लगाईएको धान काटियो

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका–३ बग्लैयास्थित मद्रेनिया सामुदायिक वन अतिक्रमण गरी लगाइएको धानबाली काटिएको छ । अतिक्रमण गरी लगाइएको धानबाली सामुदायिक वनले काटेको वनका अध्यक्ष हरिराम डगौराले जानकारी दिए । सामुदायिक वनको तीन हेक्टर जमिन अतिक्रमण गरी धान बाली लगाइएको थियो । अतिक्रमण नगर्न पटक पटक आग्रह गर्दा पनि नमानेपछि लगाइएको धान बाली नै काट्नु परेको उनको भनाइ छ । अध्यक्ष डगौँराका अनुसार उक्त धान बेचेको रकम सामुदायिक वनको कोषमा राखिने छ । धान बाली काट्न सामुदायिक वनका पदाधिकारी, उपभोक्ता र डिभिजन वन कार्यलय पहलमानपुरको सशस्त्र वन रक्षक टोलीले सहयोग गरेको थियो । सो वन २०७८ सालदेखि अतिक्रमणको चपेटामा पर्दै आएको थियो । सामुदायिक वनले चालेको कदम उपयुक्त भएको डिभिजन वन कार्यालय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले बताए ।...
कैलालीमा बन्चरो प्रहार गरि श्रीमतीको हत्या

कैलालीमा बन्चरो प्रहार गरि श्रीमतीको हत्या

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : कैलालीमा एक पुरुषले बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन। जिल्लाको चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले ४७ वर्षीया हिरादेवी चुनाराको बन्चरो प्रहार गरेर हत्या गरेका हुन। बिहिवार राति १ बजे डम्बरले श्रीमती हिरादेवीको बन्चरो प्रहार गरेर हत्या गरेका प्रहरीले बताएको छ। उनलाई इलाका प्रहरी कार्यालय, मालाखेतीको थुनुवा कक्षमा राखिएको छ। हरिादेवीको शव पोस्टमार्टमका लागि धनगढीको सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी हरेको बताएको छ।...
धनगढीमा जुवाको खालबाट ६ जना पक्राउ

धनगढीमा जुवाको खालबाट ६ जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, सुदूरपश्चिम
धनगढी: धनगढीमा झन्डै दुई लाख रुपैयाँ नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ को श्रीलंका टापुमा जुवा खेलिरहेको अवस्थामा सोमबार साँझ ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बैतडीको सुनर्या गाउँपालिका–२ बस्ने ३५ वर्षीय करन बिष्ट, पाटन नगरपालिका–४ बस्ने ३५ वर्षीय सुरेन्द्र बिष्ट, धनगढी उपमहानगरपालिका–२ बस्ने ३९ वर्षीय सुरेश बुढाऐर, धनगढी–१ बस्ने ३४ वर्षीय पुष्प बिष्ट, ३८ वर्षीय ज्ञानबहादुर रोकाया र गोदावरी नगरपालिका–१ बस्ने पदम साउँद रहेका छन्। वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले उनीहरुलाई एक लाख ८९ हजार ९२० रुपैयाँ नगदसहित पक्राउ गरेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए। उनीहरुमध्ये ऐर भगौडा आर्मी (फौजी) हुन् भने साउद शिक्षक हुन्।...
“शिक्षक छत्र बहादुर कठायत” द्रारा खैराला युवा क्लबलाई खेलकुद सामग्री सहयोग “

“शिक्षक छत्र बहादुर कठायत” द्रारा खैराला युवा क्लबलाई खेलकुद सामग्री सहयोग “

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, खेलकुद, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
चुरे गाउँपालिका - २ खैराला स्थायी निवासी तथा हाल उदयपुर जिल्लामा कार्यरत शिक्षक श्री_छत्र_बहादुर_कठायत सरले मिति २०८१/०६/२० गरेका दिन आफ्नो परिवारको तर्फबाट स्व: पिता श्री_लाल_बहादुर_कठायतको सम्झनामा हाम्रो यस खैराला_युवा_क्लबलाई भलिबल, नेट र पम्प सहयोग गरी यस क्षेत्रको खेलकुद विकासमा सहयोग पुर्याउनु भएको छ। उहाँले संस्थाका अध्यक्ष सुरेन्द्र साउद ज्युलाइ हस्तान्तरण गर्नु भएको छ। उहाँ भन्नू हुन्छ क्लब र स्थानीय संघ संस्थालाई सहयोग गर्नु हामी सबैको दायित्व हो। खेल र खेलाडी रास्ट्रका पहिचान र गहना हुन ग्रामीण भेगमा विषेश त भलिबल प्रति खेलाडीको क्रेज बढेको र भूगोलको हिसाबले पनि थोरै जमिनमा पनि खेल खल्न सकिने उहाँले बताउनु भयो साथै क्लबका अध्यक्ष सुरेन्द्र साउदले उहाँलाई संस्थाको धन्यवाद दिनु का साथै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गरेको बताउनु भयो।अध्यक्ष साउद भन्नू हुन्छ क्लब र संस्था सब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज