कैलाली : कैलालीको सुन्दर नगरी टीकापुर हवाइमैदानको पुनः परीक्षण गरिएको छ । परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टिम आएको छ ।
पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि टीकापुरमा छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परीक्षणका लागि जहाज पठाएपछि यहाँका नागरिक खुशी भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन तथा वन वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले संघीय सरकारले सेवा निरन्तर गर्न सहयोग गरे प्रदेश सरकारले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न अनुदान दिन सक्ने बताए । टीकापुरबाट तत्कालीन अवस्थामा अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, नेपालगञ्जमा हवाइ उडान हुने गरेको थियो ।
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले संघीय सरकारले जहाजको व्यवस्था गर्नुपर्ने र यहाँका जनताको माग पूरा गर्नुपर्ने बताए । वि.सं २०४१ सालदेखि एक दशक प्रयोगमा आएर टीकापु्रकोे हवाइ यातायात बन्द भएको थियो । तत्कालीन पर्यटन मन्त्री लोकेन्द्र विष्टमगरले पनि टीकापुर हवाइमैदानमा परीक्षण उडान गरेका थिए ।

